-
 
 
 
Cabinet Decision >>

मितिः २०६४।३।१०

नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल आषाढ १० गते बसेको बैठकले गरेका निर्णयहरू

१ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ को उपधारा (२) को प्रयोजनका लागि संवत् २०६४ साल मंसिर ६ गते रोज ५ का दिन संविधान सभा सदस्यको निर्वाचनका लागि मिति तोक्ने ।

२ नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५४क. बमोजिम निर्वाचन क्षेत्र निर्धारण आयोगबाट प्राप्त प्रतिवेदन सम्बन्धमा देहायबमोजिम गर्ने-
(क) संविधानको धारा १५४क. बमोजिम मिति २०६३।१२।६ मा नेपाल सरकारद्वारा गठित संविधान सभा सदस्य निर्वाचन क्षेत्र निर्धारण आयोगले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष बुझाएको प्रतिवेदनमा निर्वाचन क्षेत्र संख्या थप गर्न प्रस्ताव गरिएका २५ जिल्लाको हकमा पुनरावलोकन हुन आवश्यक देखिएकोले संविधानको धारा १५४क. को उपधारा (१०ख) को प्रयोजनका लागि पुनरावलोकन गर्न सो आयोगलाई अनुरोध गर्ने ।
(ख) आयोगले खण्ड (क) बमोजिमको कार्यसम्पादन गर्दा आवश्यकता अनुसार स्थलगत भ्रमण गर्न सक्ने ।
(ग) आयोगको कार्य अवधि आयोगले कार्य प्रारम्भ गरेको मितिले बढीमा २१ दिनको हुने ।

(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI