-
 
 
 

माननीय सूचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महाराले
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस १७ मे, २००७ को
उपलक्ष्यमा दिनुभएको सन्देश

विश्व दूरसञ्चार संघ (ITU) को आहृवानमा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरुमा आज मनाउन लागिएको दूरसञ्चार तथा विश्व सूचना समाज दिवसको उपलक्ष्यमा विश्व सूचना समाजका सिद्धान्त र अवधारणाहरु पूरा गर्ने सन्दर्भमा सूचना तथा सञ्चारको विकास र विस्तार गरी यसलाई आमउपयोगी बनाउन प्रयत्नरत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालमा सूचना तथा सञ्चार सेवालाई सस्तो, भरपर्दो र सर्वसुलभ बनाई यसको उपयोगिताबारे आमजनतामा सचेतना वृद्धि गर्न, विद्युतीय सुशासनको थालनीका लागि आवश्यक व्यवस्था गर्ने दिशामा सम्बद्ध सबै पक्षको ध्यान जानु आवश्यक ठान्दछु । नेपाल सरकारले हालसम्म पनि दूरसञ्चार सेवा नपुगेका कतिपय गाउँहरुमा आगामी आर्थिक वर्षभत्र दूरसञ्चार सेवा पुर्याउने कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । आमनागरिकको सूचना पाउने हक सुनिश्चित गर्न सरकारले सूचनाको हक सम्बन्धी विधेयक व्यवस्थापिका संसदमा प्रस्तुत गरिसकेको छ । आजको दिनले सूचना र सञ्चारको क्षेत्रमा विद्यमान दूरी कम गर्न सबैलाई प्रेरणा दिने छ भन्ने विश्वास लिएको छु ।

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI