-
 
 
 
मन्त्रालयको बारेमा >>

पृष्ठभुमि

सुचना तथा सञ्चार क्षेत्रको विकास तथा विस्तारका लागि २०२८ साल साउन १ गते सञ्चार मन्त्रालयको स्थापना भएको हो । यस अघिसम्म निर्माण, यातायात तथा सञ्चार मन्त्रालयलाई सुचना तथा सञ्चार क्षेत्रका विषयहरू हेर्ने जिम्मेवारी सूम्पिएको थियो ।

नेपाल सरकार (कार्य विभाजन) नियमावलीले यस मन्त्रालयलाई सूम्पेका जिम्मेवारी अनूरूप यस मन्त्रालयको नाम सुचना तथा सञ्चार मन्त्रालय कायम गर्न प्रशासन सूधार आयोगको प्रतिवेदन २०४८ ले सूझाव प्रस्तूत गरेअनूसार तत्कालीन सञ्चार मन्त्रालयलाई २०४९ सालदेखि सुचना तथा सञ्चार मन्त्रालय नामाकरण गरिएको हो ।

नेपालको अन्तरिम संविधान, २०६३ द्वारा प्रत्याभुत जनताको अभिव्यक्ति स्वतन्त्रता र सूसुचित हून पाउने मौलिक हकको संरक्षण र सर्म्वर्द्धन गर्ने गहन जिम्मेवारी यस मन्त्रालयको काँधमा रहेको छ ।
सुचना तथा सञ्चार प्रविधिको बढ्दो महत्व र आवश्यकताका साथै यस क्षेत्रमा भैरहेका विश्वव्यापी विकास प्रयासहरू एवं उपलव्धि अनूरूप नेपाली जनतालाई सुचना तथा सञ्चार प्रविधिको सेवा सूविधा पूर्‍याउनू यस मन्त्रालयको प्रमूख  भुमिका रहेको छ ।

यस मन्त्रालयको मूख्य कार्यक्षेत्रहरूमा हूलाक सेवा, दुरसञ्चार सेवा, प्रसारण, प्रेस तथा सुचना, सूरक्षण मूद्रण र नेपाली चलचित्रको विकास गर्ने रहेका छन् ।

उद्धेश्य

सुचना तथा सञ्चार मन्त्रालय देहायका उद्धेश्यहरूको प्राप्तिमा क्रियाशील रही आएको छः

  • नेपालको अन्तरिम संविधान, २०६३ द्वारा प्रत्याभुत जनताको अभिव्यक्ति स्वतन्त्रता तथा सूसुचित हून पाउने हकको संरक्षण एवं सर्म्वर्द्धन गर्ने, नेपाल राज्यको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वतन्त्रता एवं स्वाभिमानलाई अक्षूण्ण राख्ने विषयमा सहयोग पूर्‍याउने र प्रजातन्त्रको संस्थागत विकास गर्न मूलूकको आर्थिक, सामाजिक क्रियाकलापलाई जनता समक्ष पूर्‍याउदै  प्रजातान्त्रिक संस्कारको सर्म्वर्द्धन गर्ने ।
  • विभिन्न जाति, भाषा, वर्ग र धार्मिक सम्प्रदायका बीच समानता, आपसी सद्भाव र सामञ्जस्यको वातावरण सिर्जना गरी राज्यका निर्देशक सिद्धान्तको आधारमा सम्पूर्ण जनताले शान्तिपुर्वक प्रजातन्त्रका लाभहरूको उपभोग गर्न सक्ने गरी नागरिकहरूलाई चेतनशील तूल्याउन सञ्चार माध्यमलाई प्रभावकारी बनाउने ।
  • राष्ट्रिय हितलाई सर्वोपरि राखी प्रतिस्पर्धात्मक लोकतान्त्रीक व्यवस्थाका आधारभुत मुल्य तथा मान्यताको संरक्षण गर्दै राष्ट्रिय एकताको संरक्षण एवं सूदृढीकरण गर्ने कार्यमा सघाउ पूर्‍याउन सुचना तथा सञ्चार क्षेत्रलाई क्रियाशील तूल्याउने ।
  • राष्ट्रिय सम्पदाहरूको संरक्षण र राष्ट्रिय चिनारी एवं महत्वका विभिन्न पक्षको जगेर्ना तथा सर्म्वर्द्धन गर्न जनचेतनाको जागृत गरी राष्ट्रको चौतर्फी विकास कार्यमा जनसहभागिता, अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावना जूटाउन सुचना एवं सञ्चार क्षेत्रलाई सक्रिय बनाउने ।

कार्यहरूः

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ अनूरूप सुचना तथा सञ्चार मन्त्रालयबाट सम्पादन हूने कार्यहरू यस प्रकार छन्-

  • सूचना तथा सञ्चारसम्बन्धी नीति, योजना र कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन
  • प्रेस तथा सुचना र सूरक्षण मूद्रण
  • हुलाक सेवाको सञ्चालन, विकास र प्रवर्द्धन
  • पत्रपत्रिकाको विकास तथा प्रकाशन
  • सुचना, प्रचार तथा प्रसार
  • रेडियो तथा टेलिभिजन प्रसारण
  • चलचित्र विकास
  • दुरसञ्चार
  • फ्रिक्वेन्सी वितरण, व्यवस्थापन तथा अनुगमन
  • नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, गोरखापत्र संस्थान, चलचित्र बिकास वोर्ड, रेडियो प्रसार सेवा विकास समिति, राष्ट्रिय समाचार समिति तथा नेपाल टेलिभिजन
  • प्रेस काउन्सिल
  • सञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सम्पर्क ।
 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI