-
 
 
 
मन्त्रीपरिषद्को निर्णय >>

मितिः २०६४।१।१३

२०६४ साल बैशाख १२ गते बसेको मन्त्रिपरिषद्को वैठकबाट भएका निर्णयहरु

१. लोकतन्त्र दिवस २०६४ बैशाख ११ गतेको उपलक्ष्यमा विभिन्न मुद्दामा जेलमा रहेका ९८ जना कैदीहरुको वांकी कैद मिन्हा गरि निजहरुलाई जेल मुक्त गर्ने ।

२. नागरिकता वितरण कार्य सम्पन्न गर्नको लागि विभिन्न जिल्लामा कार्यरत टोलीको म्याद मिति २०६४ बैशाख १ गतेबाट एक हप्ता देखि बढीमा १५ दिन सम्म थप गर्ने ।

३. बीस वर्षपुगेका (भाडाका) र्सार्वजनिक सवारी साधानहरु वास्तविक सवारी धनीका नाममा एक पटकका लागि आगामी २०६४ असार मसान्तसम्मको म्याद दिई सबै अंचल यातायात व्यवस्था कार्यालयहरु मार्फत् नामसारी गर्न दिने । यस्तो नामसारी चालु अवस्थामा रहेको गाडीको मात्र हुने । बीस वर्ष पुराना भाडाका गाडीहरु नामसारी भए पश्चात अनिवार्य रुपमा काठमाडौं उपत्यका वाहिर लैजानु पर्ने र यसको व्यवस्थापन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले मिलाउने ।

४. सूचना तथा सञ्चार मन्त्रीको प्रेस सल्लाहकारमा श्री महेश्वर दाहाललाई नियुक्ति गर्ने ।

(कृष्ण बहादुर महरा)
सूचना तथा सञ्चार मन्त्री

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI