-
 
 
 
नागरिक वडापत्र >>

फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विस्लेषण महाशाखाबाट प्रदान गरिने सेवा र सोको कार्यविधि

कार्यविधि र आवश्यक कागजातहरु

१. रेडियो यन्त्र को लाइसेन्स जारी गर्ने कार्य

  • निर्धारत दरखास्त फाराम
  • उपयोग गरिने यन्त्रको Technical Specification
  • उपयोग गरिने यन्त्रको प्रोफर्मा इन्भ्वाइस
  • नागरिकताको प्रमाणपत्र
  • संस्था दर्ताको प्रमाणपत्र
  • कर तिरेको प्रमाणपत्र
    विदेशी नागरिकको लागि
  • पासपोर्ट, भिसाको प्रतिलिपि
  • फिल्म वा पर्वतारोहण सम्वन्धी अनुमति पत्रको प्रतिलिपि वा सम्वन्धित मन्त्रालयको सिफारिस वा एमेच्योर लाइसेन्सको प्रतिलिपि
  • उक्त कार्यका लागि रेडियो संचार लाइसेन्स नियमावली २०४९ को अनुसूची ७ मा उल्लेखित सेवाको प्रकार वमोजिम दस्तुरहरु

२. रेडियो यन्त्र विक्री वितरण लाइसेन्सको लागि

  • निर्धारित दरखास्त फाराम
  • उपयोग गरिने प्रत्येक रेडियो यन्त्रको छुट्टा छुट्टै Technical Specification तथा Type Approval Certification
  • नागरिकताको प्रमाणपत्र
  • संस्था दर्ताको प्रमाणपत्र
  • कर तिरेको प्रमाणपत्र
  • उपयोग गरिने रेडियो यन्त्रको Proforma Invoice
  • Transmitter आदि विक्री वितरण गर्नलाई सम्वन्धित कंपनीको आधिकारिक प्रमाण पत्र र Software प्रदान गरेको प्रमाणपत्र समेत सम्वन्धित कम्पनी Technical capability सम्वन्धित कागजात
  • उपरोक्त कार्यको लागि रेडियो संचार लाइसेन्स नियमावली २०४९ को अनुसूची ७ वमोजिम रु. २०००।-बुझाउनुपर्ने।
    उपर्युक्त कार्यको लागि सर्म्पर्क स्थान: फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण महाशाखा कोठा नं. ५ र ६

नेपाल सरकार
सूचना तथा संचार मन्त्रालय

(क) विदेशीलाई चलचित्र निर्माण सम्वन्धि इजाजत दिने कार्यविधि तथा पेश गर्नु पर्ने आवश्यक कागजात:

    १. चलचित्र नियमावली २०५७ ले निर्धारण गरेको निवेदन ढांचामा विवरण भरी रु.५०। बराबरको टिकट टांस गरेको निवेदन ।

    २. निर्माताले स्थानीय ट्राभल ट्रेकिङ र्‍याफ्टिङ्ग संस्थालाई दिएको अधिकारपत्र / मन्जुरीनामा

    ३. कथासार

    ४. छायांकन टोलीका सदस्यहरुको व्यक्तिगत बिबरण (Biodata)

    ५. मूल्य सहितको उपकरणहरुको बिबरण

    ६. छायांकन कार्यक्रम तालिका (Itinerary)

    ७. छायांकन गरिने स्थलको आधारमा सम्वन्धित निकायको सहमति पत्र ।

    ८. सम्वन्धीत ट्राभल्स वा राफ्टिङ एजेन्सिबाट खटि जाने व्यक्तिको नाम दृश्याकंनको /प्रतिवेदन सम्वन्धी कवुलियत पत्र ।

    ९. उपरोक्त कार्यको लागि सर्म्पर्क राख्ने स्थान -श्रव्य दृश्य तथा प्रसारण शाखा कोठा नं.३

(ख) चलचित्र जांच सम्वन्धमा पेश गर्नु पर्ने विवरण:

    १. तोकिएको ढांचामा निवेदन

    २. चलचित्र वितरण इजाजत प्राप्त अधिकारीक वितरकको प्रमाणपत्र ।

    ३. पैठारी गरी ल्याइएको भए प्रिन्ट संख्या, भन्सार दस्तुर वुझाएको सक्कल प्रज्ञापनपत्र वा फोटोकपी/ स्वदेशमै इडीटिङ्ग र मिक्सीङ्ग प्रसोधन गरेको भए त्यस्तो कंपनीले सिफारिस गरेको पत्र ।

    ४. राजस्व खाता नं. १-१-५-९९ मा चलचित्र जांच दस्तुर बुझाएको भौचर/विदेशी चलचित्र भए रु.१०,०००। को र स्वदेशी चलचित्र भए रु. ५०००। को भौचर ।

    ५. चलचित्र निर्माताले दिएको अधिकार पत्र

    ६. चलचित्रको स्कृप्ट (कथा सार) ।

    ७. जनस्वास्थसंग प्रत्यक्ष सम्वन्धीत विषयको विज्ञापन चलचित्र सम्वन्धमा सम्वन्धित निकायवाट प्रमाणित गरिएको गुणस्तरीय प्रमाणपत्र

    उपर्यूक्त कार्यको लागि सर्म्पर्क स्थान: श्रव्य दृश्य तथा प्रसारण शाखा कोठा नं. ३ ।

(ग) प्रसारण सम्वन्धी केवुल/एफ.एम./भू-उपग्रह संचालनको लागि चाहिने आवश्यक कागजातहरु:

    १. नियमले तोकेको ढांचामा बिबरण भरी निवेदन र निवेदन दस्तुर वापत एफ.एम.रेडियोको भए रु.१५००। (पन्ध्र सय)केवुलको लागि भए रु.२,०००। (दुइ हजार) भू-उपग्रहको भए रु. ५,०००। (पांच हजार) बुझाएको नगदी रसिद ।

    २. दर्ता गराउने व्यक्ति भए : नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उद्योग दर्ता प्रमाणपत्र ।

    ३. संस्थाको हकमा भए : प्रा.लि.को रजिष्ट्रेशन दर्ता, र आयकर दर्ता, प्रमाणपत्र, प्रवन्धपत्र नियमावली, /सामाजिक/ सामुदायिक वा गैर सरकारी संस्थाको हकमा विधान र नियमावली ।

    ४. प्रसारण केन्द्र वा स्टेशन रहने ठाउंको बिबरण, घरजग्गा भवनको प्रमाणपुर्जा, आवेदक स्वयमको स्वामित्वमा रहेको घर जग्गा नभएको अवस्थामा घर जग्गाको स्वामित्व हूने व्यक्तिको मञ्जुरीनामाको रितपुर्वकको लिखत ।

    ५. प्रसारण संस्था संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक स्थापना र संचाल सम्वन्धी प्रतिवेदन ।

    ६. प्रसारण संस्थाको प्रसारण पहुंच देखाइएको नक्सा ।

    उपर्युक्त कार्यको लागि सर्म्पर्क स्थान : श्रव्य दृश्य तथा प्रसारण शाखा कोठा नं. ३ ।

(घ) प्रसारण सम्वन्धी केवुल/ एफ.एम. रेडियो/ भू-उपग्रह नविकरणको लागि चाहिने आवश्यक कागजातहरु:

    १. मन्त्रालयबाट माग भएको विषयमा सफाई पेश गर्ने र अन्य विषयको हकमा राष्ट्रिय प्रसारण ऐन २०४९ र रष्ट्रिय प्रसारण नियमावली २०५२ र इजाजतमा तोकिएका शर्तहरु बमोजिम भए नभएको बूझ्दागत रुपमा लिखित जवाफ पेश गर्नू पर्ने ।

    २. कुल आम्दानीको श्रोत सहित खूलाएको विवरण पेश गर्नू पर्ने ।

    ३. केवूल प्रसारण संस्थाले नेपाल दुरसंचार संस्थान, नेपाल विद्युत प्राधिकरणसंग पोल सम्वन्धी सम्झौता पत्र पेश गर्नू पर्ने ।

    ४. साविक आर्थिक वर्षो लेखापरिक्षण प्रतिवेदन र लेखापरिक्षकको प्रमाणपत्र नविकरण भएको प्रमाणीत प्रतिलिपि ।

    ५. लेखापरिक्षणवा६ देखाइएको कूल आयको ४ प्रतिशत राजश्व (रोयलटी) तिरेको राजस्व खाता नं. १-१-१०-१९ मा जम्मा गरेको भौचर ।

    ६. नियमानूसार नविकरण दस्तूर ने.रा.बैंकमा खाता नं. १-१-७-७० मा  बूझाएको भौचर ।

    ७. मन्त्रालयवाट प्रदान गरिएको प्रमाणपत्रको सक्कल ।

    ८. केवूलको भए कून कून च्यानल प्रसारण गरेको छ (Free to Air/Pay Channel)। पे च्यानल भए पे च्यानलसंग गरेको संझौताको प्रतिलिपि ।

    ९. राष्ट्रिय प्रसारण संस्था NTV एफ.एम.रेडियोको भए Radio Nepal सग संझौता गरेको संझौता पत्र ।

    १०. सफाइको विवरण पेश गर्न लेखिएका हकमा विवरणहरु पेश गर्नू हून ।

    ११. अन्य कूनै विवरण भए सो पेश गर्नू हून ।

    उपर्यूक्त कार्यको लागि सर्म्पर्क स्थान:  श्रव्य दृश्य तथा प्रसारण शाखा कोठा नं. ३ ।

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI