-
 
 
 
शाखाहरु >>

प्रशासन महाशाखा

प्रशासन शाखा

  • मन्त्रालय र अन्तर्गतका कर्मचारी प्रशासन र सामान्य प्रशासनसम्वन्धी कार्यहरू गर्ने ।
  • मन्त्रालयको लागि आवश्यक समानहरूको आपुर्ति गर्ने व्यवस्था मिलाउने ।
  • मन्त्रालयका राजपत्र अनंकित कर्मचारीहरूको कामसम्बन्धी आवश्यक व्यवस्था मिलाउने ।
  • जनसम्पर्क, सोधपूछ र दर्ता चलानीको व्यवस्था मिलाउने ।
  • मन्त्रालय अन्तर्गतका विभाग, संस्थान तथा समितिहरूको निरीक्षणसम्वन्धी कार्य गर्ने ।
  • मन्त्रालय र अन्तर्गतका विभाग, संस्थान, बोर्ड, समितिहरूको लागि आवश्यक पर्ने विदशी मूद्रा तथा आयात गर्ने इजाजतपत्रहरूको कार्य भन्सार तथा विक्रीकर छूटसम्बन्धी कार्य सम्वन्धित शाखासंग समन्वय गरी गर्ने ।
  • मन्त्रालयमा रहेका सरकारी सम्पत्तिको संरक्षण, मर्मत, संभार तथा उचित प्रयोगको व्यवस्था मिलाउने ।
  • मन्त्रालय र अन्तर्गतका विभागहरूको जनशक्ति विकास तथा संगठनात्मक सूधारसम्बन्धी कार्य गर्ने ।

आर्थिक प्रशासन शाखा

  • साधारण र विकासतर्फको अनूमानित बजेट तयार गर्ने ।
  • साधारण बजेटको बजेट खर्च गर्ने अख्तियारी पत्र र बजेट बाँडफाँड तयार गरी स्वीकृत गराई पठाउने ।
  • विकास बजेटतर्फ कार्यक्रम स्वीकृत भएपछि बजेट बाँडफाँड गर्न सहयोग पूर्‍याई स्वीकृत कार्यक्रम बजेट बाँडफाँड एवं स्रोत व्यवस्था खूलाई अख्तियारी पठाउने ।
  • केन्द्रीयस्तरको अभिलेख राख्ने र आर्थिक विवरण तयार गर्ने ।
  • वजेट निकासा, रकमान्तर, थप निकाशा खर्च, लेखापरीक्षण गराउने र बेरूजू फछ्र्यौटसम्बन्धी कार्य गर्ने ।
  • राजस्व र धरौटीको अभिलेख राख्ने ।
  • दातृराष्ट्र/दातृसंस्थासँग भएको संझौताको आधारमा प्राप्त हूनूपर्ने नगद र वस्तूगत सहायतासम्बन्धी कार्य गर्ने ।

अन्तर्राष्ट्रिय सहायता शाखा

  • सुचना तथा सञ्चारक्षेत्रका अन्तर्राष्ट्रिय संघसंस्थाहरूसंग फोकल प्वाइन्टको रूपमा सम्पर्क राखी काम गर्ने ।
  • अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा अन्य दातृसंस्थाबाट सहायता उपलव्धिसम्बन्धी काम मन्त्रालयका अन्य शाखासंग आवश्यक समन्वय गरी गर्ने ।
  • अन्तर्राष्ट्रिय क्षेत्रीय वा अन्य विदेशी संघसंस्थासंग सम्बन्धित महाधिवेशन, सम्मेलन, गोष्ठी, सेमिनार आदिमा नेपालको सहभागितासम्बन्धी तयारीको कार्य गर्ने ।
  • सञ्चार क्षेत्रमा विभिन्न किसिमका उपलव्ध सहयोग/सहायताको विवरण तयार गरी अद्यावधिक राख्ने ।
  • विभिन्न मूलूकका दुरसञ्चार, हूलाक र प्रसारणसम्बन्धी प्रशासनबाट सोधिएका विषयहरूको जानकारी र माग हूने विवरणहरू उपलव्ध गराउनेसम्बन्धी कार्य गर्ने ।

नीति, योजना तथा अनूगमन तथा मुल्यांकन शाखा

  • सुचना तथा सञ्चारसम्बन्धी नीति, योजना तथा कार्यक्रम, बजेट तथा स्रोत परिचालनसम्बन्धी कार्यगर्ने ।
  • विभिन्न योजनाहरूको प्रगति प्रतिवेदन तयार गर्ने ।
  • योजनाको उपलव्धिबारे तयार पारिएको प्रतिवेदनलाई नियमित रूपमा समीक्षा तथा मुल्यांकन गर्नेगराउने ।
  • मन्त्रालय, विभाग र संस्थानबाट सञ्चालित आवधिक योजनाहरूका कार्यान्वयनको अनूगमन गर्ने ।

सञ्चार महाशाखा

श्रव्यदृश्य तथा प्रसारण शाखा

  • चलचित्र जाँचपास र प्रदर्शनसम्बन्धी कार्य गर्ने ।
  • चलचित्र प्रदशनसम्बन्धी संघ, संस्था, उद्योग, फर्म दर्ता गर्न सम्वन्धित निकायमा सिफारिश गर्ने ।
  • रेडियो तथा टेलिभिजन प्रसारणसम्बन्धी कार्यहरूमा नीतिगत तथा कार्यक्रमगत समन्वय कायम गर्ने ।
  • रेडियो र टेलिभिजनको प्रसारण विस्तार गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गराउने ।
  • प्रचलित कानुनद्वारा निर्धारित श्रव्यदृश्य तथा प्रसारणसम्बन्धी कार्यहरू गर्ने ।

प्रेस तथा सुचना समन्वय शाखा

  • नेपाल सरकारको प्रेससम्बन्धी नीति र कार्यक्रमको तर्जूमासम्बन्धी कार्य गर्ने ।
  • प्रेस नीतिको कार्यान्वयनमा भएका कठिनाईहरूको अध्ययन गरी सूधारात्मक उपायहरूबारे राय दिने ।
  • सुचना विभागसंग समन्वय राखी प्रेस सुचनासम्बन्धी कार्य गर्ने ।
  • नेपाल सरकार र प्रेसबीच सूमधूर सम्वन्ध विकसित गर्न आवश्यक तथा सामयिक उपायहरू पत्ता लगाउने ।
  • नेपाल सरकारको नीति र कार्यक्रम तथा विभिन्न निकायहरूको क्रियाकलापबारे प्रकाशित भ्रमात्मक समाचारहरूको खण्डन गराउने परिपाटीलाई विकसित गर्दै लैजाने ।
  • अधिराज्यभर प्रेस सेवाको वर्तमान स्थितिको मुल्यांकन गरी आवश्यकता अनूसार सम्वन्धित ऐन नियमहरूमा सूधार गर्न आवश्यक व्यवस्था मिलाउने ।
  • विभिन्न सुचना सामग्रीहरूको योजना, उत्पादन, प्रकाशन र वितरणसम्बन्धी नीतिको लागि रायसल्लाह दिने ।

ऐन नियम परामर्श शाखा

  • मन्त्रालय र अन्तर्गतका विभिन्न निकायहरूलाई पर्न आएका कानुनी समस्याका सम्वन्धमा रायसल्लाह प्रदान गरी सहयोग गर्ने ।
  • मन्त्रालय र अन्तर्गतका विभिन्न निकायहरूसंग सरोकार पर्ने ऐन, नियम तथा आदेशको तर्जूमासम्वन्धी काममा आवश्यक सल्लाह तथा सहयोग दिने ।
  • मन्त्रालय विभागबाट गरिने अन्तर्राष्ट्रिय संझौताहरूको सम्पादनमा आवश्यक कानुनी सल्लाह तथा सहयोग दिने ।
  • मन्त्रालय वा विभागसंग हूने करार वा अन्य लिखतहरूको मस्यौदाको ढाँचा र मस्यौदामा पूर्‍याउनूपर्ने कानुनी तरिका (प्रक्रिया) एवं गतिविधि सम्बन्धमा आवश्यक राय सल्लाह उपलव्ध गराउने ।
  • मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरूलाई आवश्यक पर्ने ऐन, नियम र सम्वन्धित कानुनी लिखतहरूको अनूवाद गर्ने र जाँच्ने ।
  • मन्त्रालयसंग सम्वन्धित ऐन नियम संग्रह र राजपत्र संकलन गर्ने ।
  • मन्त्रालय अन्तर्गतका विभाग तथा संस्थानहरूको ऐन नियमहरूको प्रारम्भिक तर्जूमा वा संशोधनसम्बन्धी कारवाही रीतपुर्वक कानुन नियम नवाझिने गरी गर्ने ।
  • मन्त्रालय, विभाग र संस्थान पक्ष विपक्ष हूने भएको मूद्दामा सम्वन्धित अड्डा अदालतमा दिइने उजूरी वा प्रतिवेदन वा लिखित जवाफ वा पूनरावेदनहरूको लिखतहरू तयार  गर्ने ।

फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण महाशाखा

फ्रिक्वेन्सी व्यवस्थापन शाखा

  • समयानूकुल ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम तथा प्रविधिसम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जूमा, पूनरावलोकन, परिमार्जन एवं परिस्कृत गर्ने ।
  • नेपालको Orbital Slot Allocation को उपयोगसम्वन्धमा ITU संग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने ।
  • राष्ट्रिय फ्रिक्वेन्सी Allocation table तयार गर्ने र तदनूरूप Assignment र Channeling योजनाहरू तय गर्ने ।
  • ITU बाट प्रतिपादित रेडियो कम्युनिकेशनसम्वन्धी अध्ययन तथा पूनरावलोकन गरी नेपालको परिवेशमा राष्ट्र हित र फाइदा अनूरूप योजना तर्जूमा तथा कार्यान्वयन गर्ने ।
  • ITU का विभिन्न Conferences बाट गरिएको निष्कर्षरूको अध्ययन गरी सोका आधारमा कार्ययोजना तर्जूमा गर्ने ।
  • अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू जस्तै ITU, ICAO, INTELSAT,  APT, APSCC, ABU संग समन्वयन राखी रेडियो फ्रिक्वेन्सीहरूको प्रयोग सम्वन्धमा जानकारी गर्ने गराउने ।
  • रेडियो ऐन, नियमको अधीनमा रही विभिन्न रेडियो सञ्चारसेवाको लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको इजाजतपत्र जारी गर्ने तथा नवीकरण गर्ने ।
  • AMATEURE रेडियो उपकरण तथा प्रणालीको सञ्चालनको लागि इजाजतपत्र पत्र जारी गर्दा आवश्यक पाठ्यक्रम तय गर्ने, परीक्षा लिने समेत कार्य गर्ने ।
  • फ्रिक्वेन्सी व्यवस्थापन कार्यलाई समयसापेक्ष बनाउन आवश्यक भौतिक Hardware तथा Software पहिचान गर्ने ।
  • राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिको वैठकमा पेश गर्नूपर्ने विषयहरूको पहिचान तथा अध्ययन गर्ने ।
  • विद्यमान रेडियो फ्रिक्वेन्सी ऐन तथा नियमको समसामयिक संशोधन, परिमार्जनको लागि कारवाही गर्ने ।
  • फ्रिक्वेन्सी व्यवस्थापनसंग सम्वन्धित विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा सम्पन्न गोष्ठी, सेमिनार, कार्यशाला आदिमा भएको निष्कर्षरूलाई राष्ट्रको हित हूने गरी आवश्यक कार्यपत्र तयार  गर्ने ।
  • अधिराज्यभरि प्रयोग भएका फ्रिक्वेन्सीहरूको "मास्टर राष्ट्रिय फ्रिक्वेन्सी रजिष्टर" तयार गर्ने, नेपालको लागि प्रयोग भैरहेको र हूने रेडियो फ्रिक्वेन्सीहरूको लागि अद्यावधिक गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न ITU मा Filing/Registration  गर्ने ।
  • अधिराज्यभरि प्रयोगमा भएका रेडियो यन्त्र तथा प्रणालीहरूको जानकारी लिई अभिलेख दूरूस्त राख्ने ।
  • इजाजतपत्र बमोजिम कार्य गरे नगरेको यकिन सिफारिस गर्ने ।
  • मन्त्रालय र अन्तर्गतका संस्था, समितिहरूको उपकरण विदेशमा कामको सिलसिलामा लग्ने वा मर्मतको लागि लाने आवश्यक व्यवस्था मिलाउने ।

दुरसञ्चार प्रविधि विश्लेषण शाखा

  • दुरसञ्चार क्षेत्रमा भएका विकास सम्बन्धमा प्रविधिहरूको विस्तृत विश्लेषण, अनूसन्धान तथा पूनरावलोकन गरी राष्ट्रिय प्रयोगमा उपयूक्त प्रणालीको विवरण तयार गर्ने ।
  • रेडियो सञ्चार उपकरणको आयात/निर्यात/निर्माण/उत्पादन सम्बन्धमा प्राविधिक मापदण्डको सिफारिस तथा तद्अनूरूप गर्न विद्यमान ऐन, नीति, नियम तथा आदेशहरूको पूनरावलोकन गरी आवश्यकतानूसार संशोधनको लागि सिफारिस गर्ने ।
  • रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गूणस्तर, उपयूक्त प्रविधि, प्रणाली तथा परिस्कृत गर्ने ।
  • प्रविधिको प्रयोग सम्वन्धमा सञ्चार क्षेत्रका विभिन्न निकायबीच समन्वय कायम गर्नेबारे प्रस्ताव तयार गर्ने ।
  • सञ्चार प्रविधिको समयानूकुल विश्वव्यापी विकासलाई अन्वेषण तथा विश्लेषण गरी मूलूकको लागि तूलनात्मकरूपले उपयोगी प्रविधि पहिचान गर्ने सिलसिलामा नेपाल दुरसञ्चार प्राधिकरणसंग समन्वय राखी काम गर्ने ।
  • दुसरञ्चार सेवाप्रदायकहरूबाट प्रयोग हूने प्रविधि र रेडियोसम्बन्धी आवश्यक अध्ययन, मुल्यांकन गर्ने ।
  • समयसापेक्ष रेडियो उपकरण, सार्वजनिक दुरसञ्चार सेवा, आदिको लागि Pricing Mechanism, Technical Standard र Cost-benefit Analysis तयार गर्ने ।
  • ITU, INTELSAT, APT, ABU, APSCC जस्ता अन्तर्राष्ट्रिय संघ, संस्थाहरूबाट पारित Constitution, Convention, Resolution, Recommendation आदिको प्राविधिक पक्षको अध्ययन गरी आवश्यकतानूसार पूनरावलोकन तथा अनूमोदनको लागि पेश गर्ने ।
    नयाँनयाँ रेडियो सञ्चारसेवाका उपकरणहरूको Type Approval, अन्तर्राष्ट्रिय मापदण्ड अनूरूप गर्ने व्यवस्था मिलाउने ।
  • ITU को Conference र ITU- study ग्रूपको गतिविधिको प्राविधिक पक्षको अध्ययन गर्ने ।
  • Terrestrial, Satellite and Personal Communication प्रणालीको सम्भाव्यता, असर र प्रभावकारिताबारे अध्ययन गरी सोसम्वन्धमा अपनाउनूपर्ने प्रक्रिया र प्रारूप तयार गर्ने ।
  • Type Approval Requirements को मस्यौदा तयार गर्ने, तथा निवेदन फारमहरूको विकास गर्ने ।
  • शाखासंग सम्वन्धित स्वीकृत वार्षिक योजना, कार्यक्रम तथा बजेटअनूसार कार्य गर्ने र सोको अभिलेख राख्ने ।
  • दुरसञ्चार प्रविधिसंग सम्वन्धित तालिम सेमिनार, कार्यशाला, गोष्ठी आदिका उपलव्धि र निर्णय कार्यक्रम, तथा सिफारिसहरूको कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
  • तोकिएका कार्यहरूको पूनरावलोकन, मुल्यांकन तथा परिमार्जनसम्बन्धी काम गर्ने ।

मनिटरिंग शाखा

  • रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिंग तथा Assigned फ्रिक्वेन्सीहरूको प्रयोगमा वाधा भए/नभएको पहिचान गर्ने ।
  • फ्रिक्वेन्सी प्रयोगको दैनिक Log book तथा रजिष्टर खडा गरी फ्रिक्वेन्सी प्रयोगमा र Interference र Disturbance हरू भए नभएको यकिन गर्ने ।
  • रेडियो मनिटरिंग स्टेशन तथा Mobile रेडियो मनिटरिंग प्रणालीको दैनिक सञ्चालन, संरक्षण, सम्बर्द्धन, परिमार्जन, परिस्कृत, स्याहार, सम्भार तथा मर्मत गर्ने ।
  • इजाजत पत्रमा तोकेको स्तरअनूसार रेडियो फ्रिक्वेन्सी प्रयोग भए/नभएको जाँच गर्ने ।
  • फ्रिक्वेन्सीको अनधिकृत प्रयोग भएको वा स्तरअनूसार प्रयोग गरे नगरेको पत्ता लगाउने ।
  • फ्रिक्वेन्सीको अधिकृत/अनधिकृत प्रयोगहरूका वार्षिक, मासिक, अर्धवार्षिक प्रतिवेदन राख्ने ।
  • इजाजतपत्र जारी गर्नूपुर्व सञ्चार उपकरणहरूका प्राविधिक आधारसुचकहरू जाँच गर्ने ।
  • Type Approved सञ्चार उपकरण तथा यन्त्र प्रणालीहरूको प्राविधिक Performance जाँच तथा प्रणालीहरूको अभिलेख राख्ने ।
  • समयानूकुल मनिटरिंग प्रणालीमा सूधार र विकास गर्न योजना/कार्यक्रमहरू तर्जूमा गर्ने ।
  • अन्तर्राष्ट्रिय रेडियो मनिटरिंग सम्वन्धमा समन्वय गर्ने ।
  • स्थलगत निरीक्षण तथा जाँच गर्ने ।
  • सञ्चार उपकरण, यन्त्र प्रणालीको मनिटरिंग, जाँच गर्न Latest प्रविधिको प्रयोग तथा चयन गर्ने ।
  • अधीनस्थ कार्यहरूको प्रतिवेदन तयार गर्ने ।
  • अधीनस्थ कार्यहरूको यकिन गरी वार्षिक, कार्यक्रमहरूको योजना तथा वजेट तर्जूमा गर्ने तथा स्वीकृत योजना, कार्यक्रम तथा बजेटअनूसार कार्य सम्पन्न, कार्यान्वयन, अभिलेख राख्ने ।
  • तालिम सेमिनार, कार्यशाला, गोष्ठी आदिहरूका उपलव्धि, निर्णय कार्यक्रम तथा सिफारिसहरू कार्यान्वयन गर्ने ।
  • अधीनस्थ कार्यहरू पूनरावलोकन, मुल्यांकन तथा परिमार्जन गर्ने ।
  • रेडियो मनिटरिंग सम्वन्धमा ITU ले तोकेको प्राविधिकस्तर कायम गर्ने ।
 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI