-
 
 
 
मन्त्रालय अन्तर्गतका संगठनहरु >>

स्वायत्त संस्था

प्रेस काउन्सिल नेपाल

पृष्ठभुमिः
पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बर्द्धनको लागि प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम २०४८।७।२८ मा प्रेस काउन्सिल, नेपालको स्थापना भएको हो ।

उद्देश्यः
प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलका उद्देश्यहरू देहायबमोजिम निर्धारण गरेको छः

  • स्वस्थ पत्रकारिताको विकासको लागि उपयूक्त बातावरण सृजना गर्ने ।
  • प्रेस स्वतन्त्रताको दूरूपयोग हून नदिने पत्रकारितासम्वन्धी आचार संहिता तोक्ने ।
  • प्रेस र नेपाल सरकारबीच सौहार्दपुर्ण सम्वन्ध कायम राख्ने ।
  • सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने ।
  • प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हून नदिन प्रयत्नशील रहने ।

कार्यहरूः
प्रेस काउन्सिल ऐन २०४८ द्वारा काउन्सिलको काम कर्तव्य र अधिकार देहायबमोजिम तोकिएको छः

  • पत्रकारितासम्बन्धी नीतिलाई समय समयमा अवलोकन गरी सम्वन्धित क्षेत्रको राय सल्लाह लिई नेपाल सरकारलाई सूझाव दिने ।
  • स्वस्थ पत्रकारिताको विकास गर्न पत्रकारितासम्बन्धी आचार संहिता तयार गरी लागू  गर्ने ।
  • पत्रकारिताको विकासको लागि नेपाल सरकारलाई सूझाव दिने ।
  • पत्रकारिताको वितरण स्थितिको अद्यावधिक अभिलेख राख्ने ।
  • पत्रपत्रिकामा प्रकाशित समाचारसंग सम्वन्धित विषयलाई लिएर कसैले काउन्सिलमा उजूरी दिएमा सो सम्वन्धमा आवश्यक कारवाही गर्ने ।
  • पत्रपत्रिकाको गतिविधि एवं वस्तूस्थितिबारे अध्ययन र मुल्याड्ढनसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने ।
  • पत्रपत्रिकामा प्रकाशित असामाजिक र आपत्तिजनक कूराहरूको सम्वन्धमा छानवीन गर्ने ।

प्राधिकरण

नेपाल दुरसञ्चार प्राधिकरण

पृष्ठभुमिः
सुचना प्रविधि क्षेत्रमा भएका विकास एवं उपलव्धिको लेखाजोखा गरी नेपालमा यस क्षेत्रको सेवा सूविधा विस्तार गर्ने एक नियामक संस्थाको आवश्यकता महसूस भई दुरसञ्चार ऐन, २०५३ बमोजिम मिति २०५४।७।१८ मा दुरसञ्चार प्राधिकरणको स्थापना भएको हो ।

उद्देश्यः
दुरसञ्चार  सेवालाई भरपर्दो र सर्वसुलभ बनाउने, दुरसञ्चार सेवामा निजी क्षेत्रलाई समेत संलग्न गराउने तथा त्यस्तो सेवालाई नियमित तथा व्यवस्थित गर्ने प्राधिकरणको उद्देश्य रहेको छ ।

कार्यहरूः
दुरसञ्चार ऐन, २०५३ अनूसार प्राधिकरणका कार्यहरू देहायबमोजिम तोकिएको छ ।

  • दुरसञ्चार सेवाको विकासको लागि नेपाल सरकारले अपनाउनू पर्ने नीति, योजना र कार्यक्रमका सम्बन्धमा नेपाल सरकारलाई सूझाव दिने ।
  • दुरसञ्चार सेवा तथा सूविधा सर्वसूलभ र भरपर्दो बनाउने ।
  • आधारभुत दुरसञ्चार सेवा र सूविधा नेपाल अधिराज्यभका शहरी तथा ग्रामीण क्षेत्रमा पूर्‍याउन आवश्यक व्यवस्था गर्ने ।
  • दुरसञ्चार सेवा संचालनमा स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताहरूलाई सहभागी बनाउने ।
  • दुरसञ्चार सेवा र सूविधा सर्वसाधारणलाई उपलव्ध गराउन त्यस्तो सेवा र सूविधा प्रदान गर्ने संस्था/ व्यक्तिहरूबीच समन्वय र स्वस्थ प्रतिस्पर्धा हूने व्यवस्था गर्ने ।
  • दुरसञ्चार सेवासम्बन्धी यन्त्र तथा उपकरणहरूको स्तर तोक्ने, गूणस्तर निर्धारण गर्ने तथा स्वीकृत गर्ने ।
  • दुरसञ्चार सेवालाई नियमित र व्यवस्थित गर्ने ।
  • निजी क्षेत्रमा दुरसञ्चार सेवा सञ्चालन गर्न अनूमतिपत्र दिने ।
  • अनूमतीपत्र प्राप्त व्यक्तिले दुरसञ्चार सेवा उपलव्ध गराए वापत लिने शूल्क स्वीकृत र नियमित गर्ने ।
  • रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिद्वारा निर्धारित नीति अनूरूप फ्रिक्वेन्सीसम्बन्धी काम गर्ने ।
  • दुरसञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकास तथा उपयोगबारे अनूसन्धान गर्ने,  गराउने ।
  • दुरसञ्चार क्षेत्रको लागि दक्ष जनशक्ति विकास गराउने ।
  • उपभोक्ताहरूको हकहितको संरक्षण हूने गरी दुरसंचार सेवाको विकास र विस्तार गर्ने, गराउने ।
  • दुरसञ्चारका सम्वन्धमा नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिटको रूपमा विकास गर्ने, गराउने ।
  • दुरसञ्चार सेवाको विकास र प्रवर्द्धनको लागि आवश्यक र उपयूक्त अन्य काम गर्ने ।

थप जानकारीका लागि,
http://www.nta.gov.np

समिति

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)

पृष्ठभुमिः
रेडियो नेपालको स्थापना २००७ साल चैत्र २० (अप्रिल १, १९५१) मा भएको हो । काठमाण्डौमा सिंहदरबारस्थित २५० वाट क्षमताको ट्रान्समिटरबाट दैनिक साढे चार घण्टाको कार्यक्रम प्रसारणका साथ रेडियो नेपालले आफ्नो सेवा प्रारम्भ गरेको हो ।

नेपालमा प्रजातन्त्रको प्रारम्भ भएकै समयमा रेडियो नेपालको स्थापना भएको सूखद इतिहास छ ।

रेडियो नेपाल स्थापनाको प्रारम्भदेखि २०४१ साउन मसान्तसम्म नेपाल सरकारको प्रसार विभागको रूपमा संचालन भएको थियो । त्यसपछि सोही सालको भाद्र १ गतेदेखि विकास समिति ऐन २०१३ अन्तर्गत रेडियो प्रसार सेवा विकास समितिको गठन भई सञ्चालन भैरहेको छ ।

उद्देश्यः
प्रसारणका माध्यमबाट नेपाली नागरिकलाई सार्वजनिक महत्वको कूनै पनि विषयको सुचना यथासम्भव छिटो दिने र शिक्षामूलक एवं मनोरञ्जनपुर्ण कार्यक्रमहरू जनतामाझ पूर्‍याई नेपाली जनतालाई सामाजिक, राजनैतिक एवं आर्थिक लाभ प्राप्त हूने कार्यमा योगदान पूर्‍याउनू रेडियो नेपालको मूख्य उद्देश्य रहेको छ ।

कार्यहरूः

  • सर्टवेभ, मिडियमवेभ र एफ.एम. सेवाका माध्यमबाट सुचनामूलक, शिक्षामूलक र मनोरञ्जनपुर्ण कार्यक्रमहरू प्रसारण गर्ने ।
  • प्रसारणको पहुँच नेपाल अधिराज्यभर विस्तार गर्ने ।
  • राष्ट्रिय प्रसारण संस्थाको रूपमा कार्य गर्ने ।
  • अन्तराष्ट्रिय प्रसारणसम्बन्धी संघ संस्थाहरूसंग सम्पर्क गर्ने एवं सहभागिता जनाउने ।

थप जानकारीका लागि,
http://www.radionepal.org

राष्ट्रिय समाचार समिति

पृष्ठभुमिः
राष्ट्रिय समाचार समिति ऐन, २०१९ अनूसार सम्वत् २०१९ मंसीर १९ गते राष्ट्रिय समाचार समितिको स्थापना भएको हो । सत्यतथ्य समाचार एवं सुचनाको खोजी गरी वितरण गर्ने राष्ट्रिय निकायको रूपमा राष्ट्रिय समाचार समितिको गठन भएको हो ।

उद्देश्यः
नेपाल अधिराज्यभित्र र बाहिरका निष्पक्ष एवं आधिकारिक समाचार तथा सुचना स्वदेश तथा विदेशमा समूचित प्रवाह गर्दै त्यसका पुर्ण तथा वास्तविक समाचार एवं सुचनाको खोजी गरी प्राप्त भएको समाचार र सुचनाको आदान प्रदान गर्नू समितिको मुलभुत उद्देश्य रहेको छ ।

कार्यहरूः
राष्ट्रिय दृष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष, आधिकारिक, शूद्ध, विश्वसनीय एवं वास्तविक समाचारको सड्ढलन तथा वितरण गर्नू समितिको कर्तव्य तोकिएको छ । यो समितिले नेपालसँगको अन्य राष्ट्रको मित्रतामा आंच आउने एवं विश्व शान्तिमा खलल पर्ने वा शड्ढा उपशड्ढा उब्जने समाचार वितरण गर्न तथा कसैमाथि बिनाप्रमाणको आरोप लगाई समाजमा भ्रम फैलाउने कपोलकल्पित समाचार वितरण गर्न निषेध गरिएको छ ।

थप जानकारीका लागि,
http://www.rss.com.np

बोर्ड

चलचित्र विकास बोर्ड

पृष्ठभुमिः
चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि सो क्षेत्रसंग सम्वन्धित व्यक्ति वा संस्थाबाट समेत प्रतिनिधित्व भएको चलचित्र विकास बोर्ड गठन गर्नू पर्ने आवश्यकता महसूस भई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ (संशोधन सहित) को प्रावधानअनूसार नेपाल सरकारले मिति २०५७।३।५ मा चलचित्र विकास वोर्डको गठन गरेको हो ।

उद्देश्यः
सरकारी तथा निजी क्षेत्रबीच सहमति र विश्वास कायम गरी चलचित्र क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नू बोर्डको उद्देश्य रहेको छ ।

कार्यहरूः
वोर्डबाट सम्पादन हूने कार्यहरू देहायबमोजिम निर्धारण गरिएका छन्:

  • चलचित्र विकास तथा प्रवर्द्धन गर्नको लागि आवश्यक नीति तर्जूमा गरी मन्त्रालय समक्ष पेश गर्ने ।
  • चलचित्रको विकास तथा प्रवर्द्धन गर्नका लागि योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने ।
  • चलचित्र क्षेत्रको विकासका लागि आवश्यक अध्ययन तथा अनूसन्धान गर्ने, गराउने ।
  • राष्ट्रभाषा तथा राष्ट्रिय भाषामा स्तरीय चलचित्र निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
  • नेपाली कला र संस्कृतिको जगेर्ना हूने किसिमका चलचित्र निर्माण गर्ने वातावरणको सृजना गर्ने ।

कम्पनी

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड

पृष्ठभुमिः
वि.सं. १९९३ सालमा तारको माध्यमबाट काठमाण्डौं देखि पुर्वमा धनकूटा र पश्चिमतर्फ पाल्पा हूंदै बूटवलसम्म टेलिग्राफ तथा ट्रंक सर्किटको स्थापना भएको थियो । तत्पश्चात वि.सं. २००७ सालमा तारको माध्यम विस्तार गरी काठमाण्डौं देखि भैरहवा एवं विराटनगरसम्म यो सेवा शूरू भयो । वि.सं. २०१६ सालमा नेपाल सरकारको यातायात, सञ्चार तथा निर्माण मन्त्रालय मार्फत् संयूक्त राज्य अमेरिकाको सहयोगमा देशका प्रमूख स्थानमा आकाशवाणी केन्द्रहरू स्थापना गरिए । सोही समयमा टेलिफोन हेडअफिसमा आकाशवाणी अफिसहरू बीच समन्वय राखी दुरसञ्चारको विकासका लागि आवश्यक योजना तर्जूमा गर्न तथा कार्यान्वयन गर्न टेलिकम्युनिकेशन विभागको गठन गरियो र दुरसञ्चार विस्तारको काम थालनी भयो ।

राष्ट्रको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि दुरसञ्चार सेवाको द्रूतविकासको आवश्यकता महसूस गरी विश्व बैंक र अन्य मित्र राष्ट्रहरूबाट अनूदान तथा ऋण जूटाउने प्रयासको थालनी स्वरूप नेपाल सरकारले दुरसञ्चार ऐन, २०२८ जारी गर्‍यो । यो ऐन प्रारम्भ भएपछि ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी नेपाल सरकारले वि.सं. २०३२ साल आषाढ ज्ञ गते नेपाल दुरसञ्चार संस्थानको स्थापना गरेको हो । यहि २०६१ साल वैशाख १ गतेदेखि नेपाल दुरसञ्चार संस्थान कम्पनी लिमिटेडमा परिणत भई क्रियाशील छ ।

उद्देश्य
नेपाल अधिराज्यभर सर्वसाधारण जनतालाई सरल, सूलभ एवं सूपथ रूपमा दुरसञ्चार सेवा उपलव्ध गराई राष्ट्रिय एकताको सूदृढीकरण एवं नेपाली जनताको आर्थिक अवस्थामा सूधार ल्याई जीवनस्तर उच्च पार्दै लैजाने नेपाल दुरसञ्चार संस्थानको उद्देश्य रहेको छ ।

कार्यहरूः
संस्थानले नेपाल अधिराज्यभर दुरसञ्चार सेवाको प्रभावकारी पहूँचको व्यवस्था गरी आत्मनिर्भर संस्थाको रूपमा देहायका कार्यहरू गर्ने गरी निर्धारण गरिएको छ ।

  • दुरसञ्चार सेवाको पूर्वाधार विकास ।
  • दुरसञ्चार सेवाको संचालन ।
  • दुरसञ्चार सेवाको विस्तार ।

थप जानकारीका लागि,
http://www.ntc.net.np

संस्थान

नेपाल टेलिभिजन संस्थान

पृष्ठभुमिः
नेपाल टेलिभिजन २०४१ साल माघ १७ गते आयोजनाको रूपमा स्थापित भै टेलिभिजन प्रसारणको संभाव्यता अध्ययन गरी प्राविधिक र आर्थिक दृष्टिले संभव भएमा श्रव्यदृष्य प्रसारण आरम्भ गर्ने जिम्मेवारी पाएको हो ।

नेपाल टेलिभिजनले काठमाण्डौ उपत्यका भित्रका दर्शकहरूमाझ करिव आधा घण्टाको कार्यक्रम लिएर वि.सं. २०४२ श्रावण १४ देखि परीक्षण प्रसारण आरम्भ गरेको हो ।

२०४२ साल पौष १४ देखि नियमित प्रसारण गर्न सक्षम भएको नेपाल टेलिभिजन २०४२ पौष महिनाको १२ गतेदेखि सञ्चार संस्थान ऐन २०२८ अनूसार नेपाल टेलिभिजन संस्थानको रूपमा पूनर्गठित भई सञ्चालन हूंदै आएको छ ।

उद्देश्यः
नेपाल टेलिभिजनले सुचनामूलक, शिक्षामूलक र मनोरञ्जनप्रधान श्रव्यदृश्य कार्यक्रमहरू नेपाल अधिराज्यभर प्रसारण गरी राष्ट्रको सामाजिक आर्थिक विकासमा योगदान पूर्‍याउने वृहत्तर उद्देश्य राखेको छ ।

कार्यहरूः

  • श्रव्यदृश्य कार्यक्रमहरूको उत्पादन तथा प्रसारण ।
  • अन्तर्राष्ट्रिय संघ संस्थाहरूसंग सहकार्य ।

थप जानकारीका लागि,
http://www.nepaltelevision.com.np

गोरखापत्र संस्थान

पृष्ठभुमिः
छापा पत्रिकामा लामो इतिहास बोकेको गोरखापत्र सर्वप्रथम वि.सं. १९५८ साल वैशाख महिना २३ गते प्रकाशित भएको थियो । सरकारी मूखपत्रको रूपमा प्रकाशन आरम्भ भएको गोरखापत्र सूरूमा साप्ताहिक, त्यसपछि अर्धसाप्ताहिक, सातामा तीन दिन हूदै राष्ट्रिय दैनिक रूपमा प्रकाशित भइरहेको छ ।

"सर्वे भवन्तू सूखिन, सर्वे सन्तू निरामय" को आदर्श वाक्य बोकेको राष्ट्रको जेठो पत्रिकाको रूपमा परिचित गोरखापत्रकै नामबाट गोरखापत्र संस्थानको जन्म भएको हो ।

सर्वसाधारणको प्रत्यक्ष संलग्नतामा प्रकाशनको स्तर उठाएर समयानूकुल लोकप्रिय र प्रभावकारी वनाउन गोरखापत्र संस्थान ऐन, २०१९ अनूसार २०२०।३।२५ मा गोरखापत्र संस्थानको स्थापना भएको हो । हाल यो संस्थानबाट गोरखापत्र दैनिक लगायतका अन्य प्रकाशनहरू प्रकाशित भैरहेका छन् ।

उद्देश्यः
राष्ट्रिय दृष्टिकोण राखी पुर्णस्वस्थ, उत्तरदायी तथा मनोरञ्जन सामग्रीले यूक्त पत्रपत्रिकाको प्रकाशन एवं वितरणद्वारा स्वदेशी, विदेशी समाचार तथा अन्य उपयोगी विषयहरूमा सर्वसाधारणलाई अधिराज्यभर सरल, सूलभ, एवं सूपथ किसिमले उपलव्ध गराउनू संस्थानको मूख्य उद्देश्य रहेको छ ।

कार्यहरूः
राष्ट्रियता र प्रजातान्त्रिक भावनालाई विकसित गर्दै लैजाने किसिमका राष्ट्रिय दृष्टिकोण तथा व्यापकताले पुर्ण स्वस्थ, उत्तरदायी तथा मनोरञ्जनात्मक सामग्रीयूक्त पत्रपत्रिकाको प्रकाशन र वितरण गर्ने ।

थप जानकारीका लागि,
http://www.gorkhapatra.org.np

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI