-
 
 
 
वार्षिक प्रगति >>

नीतिगत

१. यस अघि एफ.एम. रेडियोको इजाजतपत्र दिने कार्य स्थगित भएकोमा मिति २०६३।४।१८ को नीतिगत निर्णयले माग भए बमोजिम स्वीकृत दिदैं जाने नीति तय भएको ।

२. काठमाण्डौ उपत्यकाको हकमा मागका आधारमा सम्भव भए सम्म १००० (watts) र वाहिर जिल्लाको हकमा २००० (watts) सम्म क्षमताको एफ.एम. प्रसारणको स्वीकृति दिने र क्षमता वृद्धि गर्ने नीतिगत निर्णय भएको ।

३. दुर्गम जिल्लाका केवल टेलिभिजनहरुलाई नवीकरण गर्न र रोयल्टी वूझाउन मन्त्रालयमै आउनू पर्ने व्यवस्थाले गर्दा मर्का परिरहेको हूंदा जिल्लाका (काठमाण्डौ उपत्यका वाहेक) केवल प्रसारण संस्थाको नवीकरण एवं रोयल्टी शूल्क सम्वन्धीत जिल्ला हूलाक कार्यालयवाट नै हूने गरी नेपाल सरकार (मा. मन्त्रीस्तर) बाट मिति ०६३।१०।११ मा निर्णय भई अधिकार प्रत्यायोजन गरिएको ।

४. DTH प्रविधिलाई व्यवस्थीत गर्न आवश्यक नीति र कार्यविधि तयार गरी पेश भएको ।

५. राष्ट्रिय प्रसारण ऐन, २०६३ को मस्यौदा तयार गरी सम्वद्धपक्षहरु (Stakeholder) संग बसी छलफल भइरहेको ।

६. केवूल टेलिभिजन प्रसारण (नियमन) ऐन, २०६३ को मस्यौदा तयार गरी सम्बद्धपक्षहरु संग (Stakeholder) छलफल भइरहेको ।

७. केवूल टेलिभिजन प्रसारणका क्षेत्रमा सूधारका लागि कार्यदल गठन गरिएको ।

८. निजी क्षेत्रका टेलिभिजन संघ र एशोसिएन समेत भएको केवूल टेलिभिजन सल्लाहाकार समिति गठन गरिएको र उक्त समितिले हाल कार्य गरिरहेको ।

९. १०० वाट (watts) क्षमता सम्मका एफ.एम. हरुले वूझाउनु पर्ने इजाजतपत्र दस्तूर र नविकरण दस्तूर घटाईएको ।

१०. एफ.एम. र टेलिभिजन प्रसारणको आ.व. ०६३।६४ र आ.व. ०६४।६५ को नवीकरण दस्तूर मिन्हा गरिएको ।

११. एफ.एम. र टेलिभिजन प्रसारणले आ.व. ०६३।६४ मा वूझाउनु पर्ने र ०६४।६५ मा वूझाउनु पर्ने क्रमशः आ.व. ०६२।६३ र ०६३।६४ को रोयल्टी शूल्कको ५० प्रतिशत मिनाहा गरिएको ।

१२. चलचित्र ऐन २०६३ को मस्यौदा तयार भई सम्वन्धीतहरुसंग छलफल भई चलचित्र नियमावली संशोधन गरिएको ।

२०६३।४।१ देखि २०६४।३।३२ सम्म श्रव्य दृश्य तथा प्रशारण शाखाबाट भए गरेको बार्षिक कार्यप्रगति विवरण

१. इजाजतपत्र प्रदान गरिएको ।
          (क) टि.भि. को संख्या - ९
          (ख) एफ.एम. को संख्या - १६०
          (ग) केवलको संख्या - ७५
          (घ) अन्य स्याटेलाइट - १
          (ङ) स्वतन्त्र समाचार - १
१.१ एफ.एम. प्रसारण इजाजतपत्र नवीकरण संख्या ५४
१.२ केवूल प्रसारण इजाजतपत्र नवीकरण संख्या १९५
१.३ जिल्ला हूलाक कार्यालयलाई (७२ जिल्ला) केवूल नवीकरण एवं रोयल्टी शूल्क वूझ्नको लागि अधिकार प्रत्यायोजन भए बमोजिम केवूल प्रसारणको इजाजतपत्र भएको फाइल थान २३३ पठाइएको ।

२. चलचित्र जांच भएको संख्याः
(क) कथानक चलचित्रः (हिन्दी ४५, अंग्रेजी १४, नेपाली ४९, थारु भाषा ३, भोजूपुरी नेपाली २, भोजपूरी हिन्दी ५) गरी जम्मा ६४ वटा
(ख) महोत्सवको लागि निशूल्क जांच भएको चलचित्र (अष्ट्रेलियन १०, स्पेनिश ६, रसियन १६, वृटिस ५, क्यानेडियन ४, इजारयली ७) गरी जम्मा ४८ वटा
(ग) विज्ञापन चलचित्रः १७२ वटा

३. प्राप्त राजश्वः (मितिः २०६३।४।१ देखि ०६४।३।३२ सम्मको बार्षिक विवरण)
३.१ टेलिभिजनः रु. ५९,१०,३००।१६
३.२ एफ.एम. निवेदन, इजाजतपत्र, नवीकरण र रोयल्टी वापत प्राप्त रकमः रु. १,०३,७९,६३३।६९
३.३ केवलः निवेदन, इजाजतपत्र, नवीकरण र रोयल्टी वापत प्राप्त रकमः रु. ६३,३६,२८५।३९
३.४ चलचित्र जांचः
     (क) कथानक चलचित्र जांच वापतः रु. ९,१०,०००।
     (ख) विज्ञापन चलचित्र जांच वापतः रु. १२,८५,०००।

४. विदेशी चलचित्र छायांकन इजाजत दिएको संख्याः ४५
     (क) विदेशी चलचित्र छायांकन इजाजत जांच वापतः रु. १०,७५,४५०।
     (ख) विदेशी चलचित्र छायांकन इजाजतपत्र प्रदान गर्दाका वखत चलचित्र जांच वापतः रु. ४,५०,०००।

२०६३ श्रावण १ देखि २०६४ आषाढ मसान्त सम्ममा यस शाखा मार्फत् प्राप्त राजश्व कूल आम्दानी जम्माः रु. २,६३,४६,६६९।२४

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI