दूरसञ्चार नीति - २०६०
नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएपछि अवलम्बन
गरिएका नीतिहरू सही दिशातिर अग्रसर भएको देखिएतापनि आर्थिक तथा सामाजिक क्षेत्रमा
हासिल भएको उपलब्धिले बहुसंख्यक जनताको आकांक्षालाई पुरा गर्न सकेको पाइँदैन।
खासगरी बितेको दशकमा शिक्षा, स्वास्थ्य तथा सामाजिक जस्ता केही क्षेत्रमा उपलब्धि
देखिएतापनि मानव विकासको दृष्टिबाट नेपाल विश्वको निम्नस्तरमा रहेका देशहरूको
समूहमा पर्दछ । यसै स्थितिलाई मनन गरी श्री ५ को सरकारले राष्ट्रिय विकासमा गरीबी
निवारणलाई आफ्नो प्रमुख लक्ष बनाएकोछ। सो लक्ष प्राप्तिका
लागि श्री ५को सरकारले फराकिलो एवं दिगो आर्थिक बृद्धि, सामाजिक क्षेत्रको विकास,
लक्षित कार्यक्रमहरू र सुशासनलाई विकास रणनीतिको प्रमुख आधारको रूपमा अंगालेको छ।
यसै पृष्ठभूमिमा दूरसञ्चार क्षेत्रले राष्ट्रको समष्टिगत विकासमा महत्वपूर्ण भूमिका
निर्वाह गर्नु पर्दछ भन्ने श्री ५को सरकारको धारणा रहेकोछ।
बाँकी >>
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति २०५९
देश विकासको लागि एक अपरिहार्य पूर्वाधारको रूपमा रहेको सूचना तथा सञ्चार क्षेत्रले मुलुकको सर्वाङ्गीण विकासमा विशिष्ट महत्व राख्दछ । नेपाल अधिराज्यको संविधानले परिकल्पना गरे मुताविक न्याय र नैतिकतामा आधारित एक स्वस्थ, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि सूचना तथा सञ्चार क्षेत्रको योगदान अमूल्य रहन्छ । मुलुकले सञ्चालन गर्ने हरेक विकास कार्यहरूद्वारा सर्वसाधारण नागरिकहरूको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएर विकासलाई निरन्तरता दिई दिगो राख्ने कार्य सञ्चारको प्रभावकारितामा नै निर्भर गर्दछ । हाम्रो जस्तो भौगोलिक दृष्टिले विकट तथा आर्थिक एवं शैक्षिक दृष्टिले पिछडिएको मुलुकमा प्रत्येक नागरिकलाई चेतनशील एवं जागरुक बनाई राष्ट्र निर्माणमा सरिक गराउनमा सञ्चार क्षेत्रको विकास, विस्तार एवं समुचित परिचालनले नै सशक्त भूमिका खेल्न सक्छ भन्ने कुरा निर्विवाद छ ।
बाँकी >>