नेपाल सरकारका प्रवक्ता माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्णबहादुर महराद्वारा जारी
प्रेस विज्ञप्ति
मितिः २०६३।१२।२८
नेपाल सरकार मन्त्रिपरिषद्को २०६३ साल चैत्र २७ गते बसेको बैठकले गरेका निर्णयहरुः
1. नेपालको अन्तरिम संविधान, २०६३ लाई संशोधन गर्न बनेको विधेयक व्यवस्थापिका-संसदमा पेश गर्ने ।
२. सम्बत् २०६३ साल चैत्र १८ गतेका दिन आठ राजनैतिक दलका शीर्षनेताहरू बीच भएका देहायका सहमतिका लिखतहरुमा उल्लिखित विषयहरू मध्ये नेपाल सरकारले कार्यान्वयन गर्नुपर्ने विषयमा आवश्यक कारवाही गर्ने ।
(क) अन्तरिम सरकारको सञ्चालनको सामान्य विधि र मान्यता ।
(ख) अन्तरिम सरकारका मन्त्रीहरूले पालना गर्नुपर्ने आचार संहिता ।
(ग) वातावरण सहज बनाउने सम्बन्धमा आठ राजनैतिक दलहरूको प्रतिबद्धता ।
(घ) संयुक्त समन्वय समिति ।
३. सम्बत् २०६३ साल चैत्र १८ गतेका दिन आठ राजनैतिक दलका शीर्षनेताहरू बीच भएको वातावरण सहज बनाउने सम्बन्धमा आठ राजनैतिक दलहरुको प्रतिबद्धताको प्रकरण १४ मा उल्लिखित "शान्ति सम्झौता तथा उक्त प्रतिबद्धताहरूको कार्यान्वयन पक्षको अनुगमनका लागि सबै जिल्लामा स्थानीय तहमा क्रियाशील राजनैतिक दलका जिल्ला प्रतिनिधिहरू रहेको अनुगमन समिति गठन गरिने छ । आवश्यकता बमोजिम उक्त अनुगमन समितिले अन्य दल र व्यक्ति समेतलाई बैठकमा आमन्त्रण गर्न सक्ने छ । अनुगमन संयोजनका सम्बन्धमा अन्तरिम सरकारको तर्फाट तुरुन्त व्यवस्था मिलाइनेछ ।" भन्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट गर्ने कार्य गृह मन्त्रालयले कार्यान्वयन गर्ने ।
४. नेपाल टेलिभिजन-लायन्स एभरेस्ट एक्सपिडिशन २००७, लोकतान्त्रिक सगरमाथा आरोहण अभियान ०६३।६४, सुपर सेर्पा सगरमाथा अभियान २००७ को लागि लाग्ने आरोहण अनुमति दस्तुर मिनाहा गर्ने ।
(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार मन्त्रालय