नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
मितिः २०६४।२।९
प्रेस विज्ञप्ती
आ.व. २०६३।६४ को वाषिर्क बजेट नीति कार्यक्रममा उल्लिखित यस मन्त्रालयसँग सम्बन्धित नीति तथा कार्यक्रमहरुको २०६४ बैशाख मसान्तसम्मको प्रगति समीक्षा कार्य आज सम्पन्न भयो ।
प्राप्त प्रगति विवरण अनुसारः
१. अति विकट ग्रामीण क्षेत्रहरुमा नेपाल टेलिकमबाट २०० वटा टर्मिनल मार्फत भीस्याट प्रविधिको टेलिफोन विस्तार कार्यक्रम रहेकोमा जम्मा १०७ टर्मिनलबाट विभिन्न गा.वि.स. तथा निजी स्थानमा गरी जम्मा १७० लाइन भीस्याट टेलिफोन सेवा पुर्याइएको छ ।
२. दूरसञ्चार सेवा नपुगेका प्रत्येक गा.वि.स.हरुमा कम्तिमा दुइ लाइन टेलिफोन पुर्याउने कार्यक्रम रहेकोमा २०६४ बैशाख महिनामा मात्र CDMA प्रविधिबाट विभिन्न जिल्लाका गा.वि.स.मा १५,८३१ लाइन वितरण भै हालसम्म सो प्रविधिबाट विभिन्न जिल्ला, ५८ नगरपालिका र १,७०० भन्दा बढी गा.वि.स.मा सी-फोन र स्काई फोन समेत गरी १,२७,२०७ लाइन टेलिफोन वितरण भैसकेको छ ।
३. नेपाल टेलिकम मार्फत २५ जिल्लामा टेलिफोन वितरण गर्ने कार्यक्रम भएकोमा २०६४ बैशाख महिनासम्ममा विभिन्न ३३ जिल्लामा ७५,७४१ लाइन जडान भै वितरण योग्य भएको छ ।
४. नेपाल टेलिकमको आफ्नै श्रोतबाट लमई-तुल्सीपुर, लमई-कोहलपुर अप्टिकल फाइवर केबुल जडान गर्ने कार्यक्रम शुरु भएको छ भने चीन सरकारको सहयोगमा काठमाण्डौदेखि तातोपानीसम्म अप्टिकल फाइवर केवल जडान गर्ने कार्यक्रम अन्तर्गत Contract Award गर्न कार्यवाही भैरहेको र नेपाल टेलिकमबाट उपलब्ध गराउनुपर्ने जग्गा तथा साइटहरुको व्यवस्था पुरा भएको छ ।
माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्णबहादुर महराज्यूको उपस्थितिमा सम्पन्न सो प्रगति समीक्षा कार्यक्रममा मन्त्री महराज्यूले कार्यक्रम अनुसार समय मै कार्य सम्पन्न गर्न तदारुकतासाथ काम गर्न निर्देशन दिनुभयो । सो कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका का.मु.सचिव श्री शंकर प्रसाद कोइराला लगायत सूचना तथा सञ्चार मन्त्रालय र अन्तरगत निकायका प्रमुखहरुको उपस्थिति थियो ।
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय