-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः २०६४।४।२२

प्रेस विज्ञप्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका माननीय शिक्षा तथा खेलकूद राज्यमन्त्री श्री मोहन सिंह राठौरको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।

१. अचल सम्पत्ति (घर जग्गा)
का.म.न.पा.३ बाँसबारीमा ४ आना जग्गामा अढाईतला, १० कोठा भएको घर १, कैलाली जिल्लामा ४ कोठा भएको १ तले घर १ समेत घर २ पैतृक सम्पत्तिबाट प्राप्त भै आफ्नै नाममा रहेको । प्रतापपुर-६ कैलालीमा क्षेत्रफल ४-५-० को पैतृक सम्पत्तिबाट प्राप्त भै आफ्नै नाममा रहेको जग्गा, प्रतापपुर-६ कैलालीमा क्षेत्रफल १-६-० को पैतृक सम्पत्तिबाट प्राप्त भै छोरा बिक्रम सिंह राठौरको नाममा रहेको जग्गा र बलिया, कैलालीमा क्षेत्रफल ०-९-० को घडेरी आफ्नै नाममा रहेको ।

२. नगद, जवाहरात, सुनचाँदी आदि
१५ तोला सुन पैतृक तथा विवाहबाट प्राप्त भएको, ६०० तोला चाँदी पैतृक तथा विवाहबाट प्राप्त भएको ।

३. शेयर र बैङ्क ब्यालेन्स
कृषि विकास बैङ्क महाराजगञ्जमा नगद रु. ८२, ५००।- कृषि कार्य नियमित आयबाट प्राप्त भएको ।

४. ऋण लिएको र धितो दिएको
कृषि विकास बैङ्क टिकापुरबाट विभिन्न उद्देश्यले ४ लाख ऋण (भाखा नाघेको) ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI