प्रेस विज्ञप्ति
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६४।५।५ को निर्णय अनुसार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री ईश्वरचन्द्र ज्ञवाली, रुपन्देहीलाई बढीमा २ वर्षको लागि नियुक्त गरिएको छ । साथै, नेपाल सरकार (मन्त्रिस्तर) को मिति २०६४।५।५ को निर्णय अनुसार रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को कार्यकारी निर्देशक पदमा श्री रामशरण कार्कीलाई नियुक्त गरिएको, नेपाल सरकार (मन्त्रिस्तर) को मिति २०६४।५।६ को निर्णयानुसार रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को सञ्चालक समिति सदस्य पदमा श्री प्रदीप लामा बम्जन (तामाङ) सिराहा लाई बढीमा २ वर्षको लागि नियुक्त गरिएको, नेपाल सरकार (मन्त्रिस्तर) को मिति २०६४।५।७ को निर्णय अनुसार श्री शिव लामिछाने, कास्की र श्री विपना थापा, काठमाडौं लाई चलचित्र विकास बोर्डको सदस्य पदमा बढीमा २ वर्षको लागि नियुक्त गरिएको, नेपाल सरकार (मन्त्रिस्तर) को मिति २०६४।५।७ को निर्णय अनुसार केन्द्रीय चलचित्र जाँच समितिको सदस्य पदमा श्री श्याम सापकोटा, काठमाडौं र श्री इन्द्र बहादुर थिङ (छिन्ताङ), काभ्रेपलाञ्चोकलाई बढीमा २ वर्षको लागि नियुक्त गरिएको छ ।
(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय