-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः २०६४।५।१४

प्रेस विज्ञप्ति

नेपाल सरकारको मिति २०६४।५।१४ को निर्णयानुसार हुलाक सेवामा कार्यरत कर्मचारीहरुको तर्फबाट पेश गरिएका विभिन्न मागहरुका सम्बन्धमा वार्ता गरी समस्या समाधानका लागि मिति २०६४ साल भाद्र ३० गते भित्र प्रतिवेदन पेश गर्ने गरी सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव श्री सुशील घिमिरेको संयोजकत्वमा अर्थ मन्त्रालयका प्रतिनिधि, सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, हुलाक सेवा विभागका महानिर्देशक श्री श्रीधर गौतम, नेपाल निजामती कर्मचारी संगठनका प्रतिनिधि श्री राजकुमार अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका प्रतिनिधि श्री मोहन शर्मा तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधि श्री तेजप्रसाद पुडासैनी समेत सदस्य रहेको एक समिति गठन गरिएको छ ।

यस परिप्रेक्ष्यमा सूचना तथा सञ्चार मन्त्रालय हुलाक सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई दवावमूलक कार्यक्रमहरु अविलम्ब फिर्ता लिई आ-आफ्नो सेवा सूचारु गर्न आग्रह गर्दछ ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI