-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः २०६४।५।२८

प्रेस विज्ञप्ति

मोफसलमा रहेका पत्रपत्रिकाहरुलाई छिटो छरितो तथा सरल तरिकाले सेवा उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकार मन्त्रिस्तरको मिति २०६४।०५।२७ को निर्णय अनुसार हाल सूचना विभागले वितरण गर्दै आएको लोक कल्याणकारी विज्ञापन वापतको रकम अब देखि उपत्यकाको हकमा साविक बमोजिम नै सूचना विभागले उपलब्ध गराउने, सन्चार केन्द्र रहेका जिल्लाहरुको हकमा संचार केन्द्रहरुले उपलब्ध गराउने र अन्य जिल्लाहरुको हकमा सम्बन्धीत जिल्लाका जिल्ला हुलाक कार्यालयहरुले उक्त प्रकारको रकम उपलब्ध गराउने व्यवस्था भएकोले यो विज्ञप्ती सार्वजनिक गरिएको छ ।

 

(परशुराम अर्याल)
सहायक-प्रवक्ता

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI