| |
|
|
प्रेस विज्ञप्ति >> |
 |
 |
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।५।२८
प्रेस विज्ञप्ति
श्रमजीवि पत्रकार सम्बन्धी ऐन २०५१ (प्रथम संशोधन सहित) को दफा ११ को उपदफा (१) बमोजिम श्रमजीवि पत्रकारहरुले पाउने न्युनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकता अनुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्नको लागि गठन हुने न्युनतम पारिश्रमिक निर्धारण समितिमा नेपाल सरकार मन्त्रिस्तरको मिति २०६४।०५।२८ को निर्णय अनुसार देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु रहेको एक न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गरेकोले यो प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ ।
क. सञ्चारको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरु मध्येबाट श्री सुरेश आचार्य, काठमाण्डौं |
अध्यक्ष |
ख. प्रतिनिधी, (राजपत्राङ्कति प्रथम श्रेणी), सूचना तथा तथा सञ्चार मन्त्रालय |
सदस्य |
ग. प्रतिनिधी, (राजपत्राङ्कति प्रथम श्रेणी), श्रम तथा यातायात व्यवस्था मन्त्रालय |
सदस्य |
घ. नेपाल पत्रकार महासंघको सभापति, श्री विष्णु निष्ठुरी |
सदस्य |
ङ. श्रमजीवी पत्रकारहरु मध्येबाट कम्तीमा एकजना महिला रहने गरी नेपाल पत्रकार महासंघले तोकेका तीन जना |
सदस्य |
च. व्यवस्थापकहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेका सदस्यहरु मध्येबाट श्री महेन्द्र शेरचन प्रकाशक, राजधानी दैनिक, श्री गोपाल बुढाथोकी, प्रकाशक साँघु साप्ताहिक र श्री शितल साह, स्टेशन मेनेजर, जनकपुर एफ.एम. |
सदस्य |
छ. कर्मचारी वा कामदारहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेका श्री निम बहादुर बुढाथोकी, जनसन्देश दैनिक (कम्प्युटर अपरेटर) |
सदस्य |
ज. श्रम तथा अर्थ सम्बन्धी विशेषज्ञहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेका श्री स्नेह सायमी, हिमाल खवर पत्रिका |
सदस्य |
झ. प्रेश रजिष्ट्रार, श्री मुकुन्द प्रसाद आचार्य |
सदस्य सचिव |
(परशुराम अर्याल)
सहायक-प्रवक्ता
|
|
|