नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।६।२
प्रेस विज्ञप्ति
श्री नेपाल टेलिभिजन ।
श्री गोरखापत्र संस्थान ।
श्री राष्ट्रिय समाचार समिति ।
श्री रेडियो प्रसार सेवा विकास समिति ।
हिमालयन ब्रोडकास्टिङ कम्पनीद्वारा सञ्चालित एच.बि.सी. एफ.एम. का व्यवस्थापन पक्ष र रेडियोकर्मीबीच विवाद उत्पन्न भई प्रसारणमा अवरोध आएको सन्दर्भमा यस मन्त्रालयका सह सचिव श्री नारायण प्रसाद रेग्मीको कार्यकक्षमा व्यवस्थापन पक्ष र आन्दोलनरत रेडियोकर्मीबीच वार्ता/छलफल हुँदा देहाय बमोजिमको निर्णय भयो ।
HBC व्यवस्थापन र रेडियोकर्मीहरु बीच यस मन्त्रालयमा वार्ता हुँदा आन्दोलनरत रेडियोकर्मीहरुलाई व्यवस्थापन पक्षले आज मिति २०६४।६।१ गते मंगलबारका दिनदेखि नै निशर्तरुपमा HBC कार्यालय भित्र प्रवेश खुल्ला गर्ने र भोली २०६४।६।२ गते दिनको २ बजे HBC रेडियोकर्मी संयुक्त संघर्ष समितिले मिति २०६४।५।२१ मा पेश गरेको १३ बुँदे मागपत्रमा थप छलफल गरी सहमतिमा पुग्नका लागि HBC का अध्यक्ष श्री छेतेन ग्यूर्मान श्रेष्ठसँग एक छलफल बैठकको आयोजना गर्ने ।
आजसम्म आन्दोलनरत रहेका HBC का रेडियोकर्मीलाई व्यवस्थापन पक्षले कुनै आग्रह पूर्वाग्रह नराखी पूर्ववत स्थानमा पूर्ववत काममा लगाउने र आन्दोलनकारी रेडियोकर्मीहरुले आजकै दिनदेखि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।