-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः २०६४।६।९

प्रेस विज्ञप्ति

विद्युतीय सञ्चार माधयमहरु इन्टरनेट, वेभसाईट, अनलाईन सर्भिस र प्रसारण माध्यमहरु रेडियो, तथा टि.भि. लगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने समाचारका साधन हुन् । आम नागरिकहरुको हितलाई ध्यानमा राखी यस्ता साधनहरुबाट निष्पक्ष समाचार प्रसारणका लागि आचार संहिताको पालना हुनु जरुरी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमको नियमित अनुगमन गर्दै आइरहेको प्रेस काउन्सिल नेपाललाई विद्युतीय सञ्चार माध्यमहरु, एफ.एम. रेडियो सहित सबै रेडियो तथा टेलिभिजनहरु, इन्टरनेट, वेभसाईट, अनलाईन समेतको आचार संहिता तर्जुमा गरी त्यसको अनुगमन गर्ने जिम्मेवारी सुम्पिएको छ । तसर्थ उक्त संवेदनशील र जनसरोकारको विषयको तर्जुमाका लागि आम नागरिकको सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दै देहायको ठेगानामा आफ्ना अमूल्य सल्लाह र सुझावहरु पठाई सहयोग गरिदिनुहुन आग्रह गर्दछ ।

प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम, तिलगंगा
पो.व.नं. ३०७७, काठमाडौ, नेपाल ।
फोन नं. ४-४६९८७८, ४-४६९७९९
फ्याक्स नं. ४-४६९८९४
इमेलः prescoun_mdf@wlink.com.np
वेभसाईटः www.presscouncilnepal.org

 

(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI