-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः २०६४।७।३०

प्रेस विज्ञप्ति

श्रमजिवी पत्रकार सम्बन्धी ऐन, २०५१ को प्रथम संशोधन भई कार्यान्वयनमा समेत आइसकेको सन्दर्भमा श्रमजिवी पत्रकार नियमावली २०५३ मा समेत समसामयिक संशोधन गर्न आवश्यक भएकोले नेपाल सरकारको सचिवस्तरीय मिति २०६४।७।२९ को निर्णयबाट १५ दिन भित्र श्रमजिवी पत्रकार नियमावली २०५३ को संशोधन मस्यौदा तयार गरी पेश गर्न कार्यदल गठन भएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

कार्यदलको गठन

१) श्री शिव गाउँले, उपसभापति, नेपाल पत्रकार महासंघ - संयोजक
२) श्री प्रतिक प्रधान, दि काठमाडौं पोष्ट - सदस्य
(व्यवस्थापकहरु मध्येबाट प्रतिनिधि, कान्तिपुर पब्लिकेशन्स प्रा.लि.)
३) श्री उज्ज्वल शर्मा, प्रकाशक हिमालय टाइम्स - सदस्य
४) श्री राजेन्द्र नेपाल, कानून अधिकृत (उपसचिव), सूचना तथा सञ्चार मन्त्रालय - सदस्य सचिव

 

(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI