नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सिंहदरबार
मितिः २०६५।४।२८
प्रेस विज्ञप्ति
पत्रपत्रिका वर्गिकरण विरुद्ध संघर्ष समितिले पेश गरेको माग तथा ज्ञापन पत्रका सम्बन्धमा अध्ययन एवं छलफल गरी सुझाव पेश गर्न मिति २०६५।४।२६ नेपाल सरकार (सचिवस्तरीय) को निर्णयबाट देहाय अनुसारको छानवीन तथा सुझाव समिति गठन गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. श्री नारायण प्रसाद रेग्मी, सहसचिव, सूचना तथा सञ्चार मन्त्रालय - संयोजक
२. श्री श्रीधर गौतम, महानिर्देशक, सूचना विभाग - सदस्य
३. श्री केशव देवकोटा, संयोजक, वर्गिकरण विरुद्ध संघर्ष समिति - सदस्य
४. श्री राजेन्द्र नेपाल, उपसचिव (कानून), सूचना तथा सञ्चार मन्त्रालय - सदस्य
५. उपसचिव, सूचना तथा सञ्चार मन्त्रालय (संयोजकबाट तोकिने) - सदस्य सचिव
(परशुराम अर्याल)
उपसचिव एवम् सहायक प्रवक्ता