नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयको सूचना
विद्युतीय सञ्चार माध्यमबाट लोककल्याणकारी विज्ञापन प्रसारण गर्ने कार्यमा सहभागी हुन इच्छुक तथा लोककल्याणकारी विज्ञापन वितरण निर्देशिका-२०६६ वमोजिमका शर्तहरु पालना गरेका टेलिभिजन, रेडियो तथा एफ.एम. रेडियोले यो सूचना प्रसारण भएको ३५ (पैतीस) दिन (२०६७ चैत्र २७ गते) भित्र सूचना तथा सञ्चार मन्त्रालयमा विधिवत् रुपमा शुल्क सहित आवेदन फारम दर्ता गर्नु हुनका लागि यो सूचना प्रसारण गरिएको छ । आवेदन फारम यस मन्त्रालयको वेवसाइट www.moic.gov.np बाट प्राप्त गर्न सकिने छ र आफ्नो प्रतिनिधि संस्था मार्फत पनि आवेदन फारम बुझाउन सकिने छ ।
(गोपाल राई)
उपसचिव