(प्रथम पटक प्रकाशित मिति २०६४।११।१४)
यस मन्त्रालयलाई स्वीकृत Specification बमोजिमका विद्युत्तीय उपकरणहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक दर्तावाला फर्म वा कम्पनीबाट शिलबन्दी बोलपत्र आब्हान गरिन्छ ।
१. शिलबन्दी बोलपत्र फाराम यस मन्त्रालयबाट रु. १०००।- तिरी (पछि फिर्ता नहुने गरी) प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० औं दिन भित्र खरिद गर्न सकिनेछ ।
२. शिलबन्दी बोलपत्र पेश गर्ने फार्म वा कम्पनीले आफ्नो फर्म दर्ता प्रमाणपत्र (नवीकरण समेत भएको) र मूल्य अभिवृद्धि कर दर्ता, प्रमाणपत्रको प्रतिलिपिहरु बोलपत्र फाराम साथ पेश गर्नुपर्नेछ ।
३. शिलबन्दी बोलपत्रको कवोल अंकको २.५ प्रतिशतले हुने धरौटी रकम यस मन्त्रालयको नेपाल राष्ट्र बैंकस्थित धरौटी खाता स.अ.नं.१३१३४६ मा नगद जम्मा गरेको भौचर वा २ महिना म्याद भएको बाणिज्य बैंकको जमानीपत्र (विडवण्ड) बोलपत्र साथ पेश गर्नु पर्नेछ ।
४. बोलपत्र पेश गर्ने फाराम वा कम्पनीले के कति मूल्यदरमा उपकरणहरु उपलब्ध गराउन सक्ने हो सो को अंक र अक्षरमा स्पष्ट उल्लेख गरी आफ्नो फर्म वा कम्पनीको छाप लगाई अधिकारवालाको दस्तखत गरी सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरवारको नाममा यो सूचना गो.प.मा प्रथम पटक प्रकाशित मितिले ३१ औं दिनको १२.०० बजेसम्ममा शिलबन्दी बोलपत्र फारामहरु यस मन्त्रालयमा दर्ता गरी सक्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
५. तोकिएको म्यादभित्र दर्ता हुन आएका बोलपत्रहरु यो सूचना गो.प.मा प्रकाशित भएको मितिले ३१ औं दिनको ३.०० बजे यस मन्त्रालयमा फर्म वा कम्पनीहरुको आधिकारिक प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । समयमा प्रतिनिधिहरु उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
६. बोलपत्र पेश गर्ने अन्तिम दिन र खोल्ने दिन कुनै सार्वजनिक विदा परेमा उक्त काम सो पछि कार्यालय खुल्ने दिन सोही समयमा हुनेछ ।
७. अन्य विवरण बुझ्नु परेमा यस मन्त्रालयको फोन नं ४२११५५६ (Ext. 26) मा सम्पर्क गर्न सकिने छ ।
८. शिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार मन्त्रालयमा निहित रहने छ ।
९. उपर्युक्त उपकरणको मन्त्रालयबाट स्वीकृत भएको Specification बोलपत्र फारामसाथ उपलब्ध हुनेछ ।
१०. रित नपुगी वा म्याद नाघी आएको शिलबन्दी बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
११. यो सूचनामा नपरेका कुराहरु प्रचलित ऐन, नियम बमोजिम हुनेछ ।