सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति २०५९

विषय सूची

अ) हुलाक क्षेत्रसम्बन्धी दीर्घकालीन नीति
आ) मुद्रण क्षेत्रसम्बन्धी दीर्घकालीन नीति
इ) दूरसञ्चार क्षेत्रसम्बन्धी दीर्घकालीन नीति
इ) सूचना प्रवाह तथा पत्रकारिता क्षेत्रसम्बन्धी दीर्घकालीन नीति
       क) सूचना प्रवाह र पत्रकारिता
       ख) पत्रकारिता (गोरखापत्र संस्थान)
       ग) पत्रकारिता (राष्ट्रिय समाचार समिति)
उ) प्रसारण क्षेत्रसम्बन्धी दीर्घकालीन नीति
       क) प्रसारण क्षेत्र
       ख) रेडियो प्रसारण (रेडियो नेपाल)
       ग) टेलिभिजन प्रसारण (नेपाल टेलिभिजन)
ऊ) चलचित्र क्षेत्रसम्बन्धी दीर्घकालीन नीति
ऋ) विज्ञापनसम्बन्धी दीर्घकालीन नीति

प्रस्तावना

देश विकासको लागि एक अपरिहार्य पूर्वाधारको रूपमा रहेको सूचना तथा सञ्चार क्षेत्रले मुलुकको सर्वाङ्गीण विकासमा विशिष्ट महत्व राख्दछ । नेपाल अधिराज्यको संविधानले परिकल्पना गरे मुताविक न्याय र नैतिकतामा आधारित एक स्वस्थ, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि सूचना तथा सञ्चार क्षेत्रको योगदान अमूल्य रहन्छ । मुलुकले सञ्चालन गर्ने हरेक विकास कार्यहरूद्वारा र्सवसाधारण नागरिकहरूको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएर विकासलाई निरन्तरता दिई दिगो राख्ने कार्य सञ्चारको प्रभावकारितामा नै निर्भर गर्दछ । हाम्रो जस्तो भौगोलिक दृष्टिले विकट तथा आर्थिक एवं शैक्षिक दृष्टिले पिछडिएको मुलुकमा प्रत्येक नागरिकलाई चेतनशील एवं जागरुक बनाई राष्ट्र निर्माणमा सरिक गराउनमा सञ्चार क्षेत्रको विकास, विस्तार एवं समुचित परिचालनले नै सशक्त भूमिका खेल्न सक्छ भन्ने कुरा निर्विवाद छ ।

देशले अवलम्बन गरेको खुला, उदार एवं प्रतिस्पर्धात्मक आर्थिक वातावरणसँग तादात्म्य राख्दै सञ्चार क्षेत्रको विकास एवं परिचालन आर्थिक उपलव्धि समेत हासिल गर्ने दृष्टिकोण लिई व्यावसायिक रूपमा गरिनु पनि उत्तिकै आवश्यक भैसकेको छ । यसो गर्दा एकातिर सञ्चार क्षेत्र स्वयं आत्मनिर्भर बन्न पुगी राष्ट्रको आर्थिक बोझ केही मात्रामा भए पनि हल्का हुन पुग्छ भने अर्कोतर्फसञ्चार क्षेत्रको विकासबाट सामाजिक क्षेत्रको विकासका साथै समग्र आर्थिक विकासका लागि सघाउ पुग्न जाने हुँदा मुलुकमा र्सवत्र व्याप्त रहेको गरिबी घटाउनमा पनि सहयोग पुग्न सक्ने हुन्छ । सञ्चार क्षेत्रमा हाल निजी क्षेत्र पनि लगानी गर्न आकषिर्त भैरहेको पर्रि्रेक्ष्यमा यस क्षेत्रतर्फआकषिर्त भएका निजी प्रयासहरूलाई पनि स्वागत गर्दै नयाँ सञ्चार युग निर्माणका लागि स्वस्थ प्रतिस्पर्धात्मक रूपमा अघि बढ्नु पनि उत्तिकै आवश्यक छ । यस पर्रि्रेक्ष्यमा नवौं योजनाले सञ्चारको सुविधा अधिराज्यभरका ग्रामीण स्तरसम्म पुर्‍याउने पर्ूवाधारका लागि आवश्यक सञ्चार प्रणालीको विस्तारका साथ-साथै सञ्चार क्षेत्रको परिचालन गर्दा आर्थिक वृद्धिदर बढाउन सहयोग पुर्‍याई राष्ट्रका सामु गम्भीर चुनौतीको रूपमा रहेको गरिवी निवारण गर्ने एवं सामाजिक पछ्यौटेपनलाई निर्मूल गर्ने उद्देश्यलाई समेत परिपूर्ति गर्न सघाउ पुर्‍याउने अभ्रि्राय राखी सूचना तथा सञ्चार क्षेत्रको समुचित विकास र विस्तारलाई उच्च महत्व दिएको थियो ।

नवौं योजनाले आत्मसात गरेका उपर्युक्त अवधारणाहरूको कार्यान्वयनका सिलसिलामा सूचना तथा सञ्चार क्षेत्रको दर्ीघकालीन नीति तयार गर्ने लक्ष्य निर्धारण गरिए अनुरूप सूचना तथा सञ्चार क्षेत्रसँग सम्बद्ध सबै सरकारी तथा गैरसरकारी निकायहरूको संलग्नता र सहयोगमा सूचना तथा सञ्चार क्षेत्रको दर्ीघकालीन नीति तयार गरी प्रस्तुत गरिएको छ ।

सूचना तथा सञ्चार क्षेत्रका मुख्य दीर्घकालीन नीतिहरू

सूचना तथा सञ्चार क्षेत्रको समन्वयात्मक विकासका लागि अपनाइने मुख्य दीर्घकालीन नीतिहरू निम्न अनुरूप रहेका छन् -
१. विश्वमा हाल प्रादुर्भाव भएका उपयुक्त आधुनिक प्रविधि एवं सञ्चार साधनहरूको प्रयोग गर्दै समन्वयात्मक तथा प्रतिस्पर्धात्मक रूपमा ग्रामीण स्तरसम्म सूचना तथा सञ्चार क्षेत्रको विकास गर्ने ।
२. हुलाकलाई स्वायत्त बनाई व्यावसायिक, प्रतिस्पर्धात्मक र ग्राहकका चाहना अनुसारका गुणस्तरीय सेवाहरू प्रदान गर्न सक्षम संस्थाको रूपमा विकसित गर्दै आर्थिक दृष्टिकोणले आत्मनिर्भर बनाउने ।
३. सुरक्षण मुद्रणालयलाई स्वायत्त बनाई व्यावसायिक र स्तरयुक्त सेवा प्रदान गर्न सक्षम संस्थाको रूपमा विकसित गरी सञ्चालन गर्ने ।
४. आर्थिक विकासमा समेत सघाउ पुर्‍याउने किसिमबाट अधिराज्यका महत्वपर्ूण्ा स्थानहरूमा स्थानीय दूरसञ्चार सेवा तथा भरपर्दो ट्रंक सेवाको विस्तार गर्ने तथा बाह्रौं योजनाको अन्त्यसम्ममा प्रतिशय व्यtmि १५ लाइन टेलिफोनकोे लक्ष्य लिई दूरसञ्चार सेवालाई ग्रामीण स्तरसम्म पुर्‍याउने ।
५. नेपाल अधिराज्यको संविधान, २०४७ द्वारा प्राथमिकताका साथ प्रत्याभूत विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा प्रत्येक नागरिकलाई र्सार्वजनिक महत्वको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको मूल मर्म अनुरूप सूचना र सञ्चार माध्यमहरूलाई प्रतिस्पर्ध्ाात्मक, विश्वसनीय, प्रभावकारी एवं सुदृढ बनाउने ।
६. स्वस्थ, मर्यादित व्यावसायिक तथा संस्थागत पत्रकारिताको विकास गर्ने ।
७. सूचना विभागलाई श्री ५ को सरकारका काम कारवाहीहरूबारे र्सवसाधारण जनता र स्वदेश तथा विदेशमा सूचना प्रवाहित गर्ने सूचना सम्प्रेषण केन्द्रको रूपमा विकसित गर्ने ।
८. प्रेेस काउन्सिललाई छापा माध्यमहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा विकसित गरी निश्चित आचार संहिता अनुकूल व्यवहार गराउने एवं मर्यादित र जिम्मेवार व्यावसायिक पत्रकारिताको विकास गर्न सक्ने सक्षम र साधन सम्पन्न निकाय बनाउने ।
९. छापा माध्यम (Print Media) को सञ्चालन प्रतिस्पर्धात्मक रूपमा निजी क्षेत्रबाट गराउने ध्येय लिई गोरखापत्र संस्थानको सञ्चालनमा निजी क्षेत्रको सहभागिता गराउने ।
१०. समाचार संकलन, सम्पादन र वितरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै समितिको सेवा सुदृढीकरण र विविधिकरण गरी संस्थाको व्यवस्थापनमा निजी क्षेत्रको समेत संलग्नता गराउने ।
११. नेपाल अधिराज्यको संविधानले प्रत्याभूत गरेको जनताको सुसूचित हुने अधिकारलाई पर्ूण्ा रूपले स्थापित गर्न समयानुकूल प्रसारण सामाग्रीहरूको विविधता र प्रभावकारिताको अनुगमन एवं प्रसारण प्रणालीको व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रशासनिक इकाईको संरचना गरी रेडियो, टेलिभिजन र इन्टर्रर्नेट सूचना प्रणालीलाई समानुपातिक रूपले अधिराज्यव्यापी बनाउंदै लैजाने ।
१२. विद्युतीय प्रसारण माध्यमहरूलाई प्रतिस्पर्धात्मक र विश्वसनीय बनाई स्वस्थ मनोरञ्जन, ज्ञान एवं सूचनाको प्रवाह गराउने हेतुले प्रसारण क्षेत्रको समन्वयात्मक एवं प्रतिस्पर्धात्मक विकास तथा नियमन (Regulation) का लागि नियामक निकायका रूपमा राष्ट्रिय प्रसारण प्राधिकरणको स्थापना गरी रेडियो र टेलिभिजन प्रसारणलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
१३. उपयुक्त भौतिक पर्ूवाधारको विकास गरी रेडियो नेपाल तथा नेपाल टेलिभिजनलाई राष्ट्रिय प्रसारण संस्थाका रूपमा विकसित गर्ने ।
१४. राष्ट्रभाषा तथा राष्ट्रिय भाषाका नेपाली चलचित्रहरूको निर्माणमा प्राथमिकता दिई नेपाललाई अन्तर्रर्ााट्रय चलचित्र गतिविधि थलोका रूपमा विकसित गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
१५. विज्ञापन व्यवसायलाई राष्ट्रिय उद्योगको रूपमा सुदृढ गर्दै राष्ट्रिय अर्थतन्त्रमा यस व्यवसायको योगदानलाई प्रोत्साहन एवं व्यवस्थित गर्ने ।
१६. विज्ञापनमा प्रयुक्त भाषा, शैली एवं सांस्कृतिक विषयवस्तुको अनुगमन गरी विज्ञापनलाई रोचक र प्रभावकारी बनाउने ।

अ. हुलाक क्षेत्रसम्बन्धी दर्ीघकालीन नीति
१. उद्देश्य
१.१ हुलाकलाई स्वायत्त बनाई व्यावसायिक, प्रतिस्पर्धात्मक र ग्राहकका चाहना अनुसारका गुणस्तरीय सेवाहरू प्रदान गर्न सक्षम संस्थाको रूपमा विकसित गर्दै आर्थिक दृष्टिकोणले आत्मनिर्भर बनाउने ।
२. नीति / कार्यनीति
२.१ नीति
२.१.१ हुलाक सेवालाई व्यावसायिक, प्रतिस्पर्धात्मक, आत्मनिर्मर तथा स्वायत्त निकायका रूपमा संचालन गर्ने ।
२.१.२ विद्यमान सेवालाई भरपर्दो, प्रतिस्पर्धी बनाउने र ग्राहकको चाहनालाई प्राथमिकता दिदै हुलाक सेवामा विद्युतीय हुलाक ९भ्०उयकत० जस्ता नयाँ अन्य सेवाहरू संचालन गर्दै जाने ।
२.१.३ आधुनिकीकरणका लागि भौतिक पर्ूवाधार विकास गर्ने र यान्त्रीकरण, डाँक रेखा पुनरावलोकन तथा आफ्नै साधनबाट सतह डाँक ढुवानी गर्ने ।
२.१.४ जनशक्ति विकास गर्ने र कार्यरत जनशक्तिलाई उत्प्रेरित गर्न विविध उपाय अपनाउने ।
२.१.५ फिलाटेलिक पर््रवर्द्धनमा जोड दिने ।
२.१.६ हुलाकको चल अचल सम्पत्तिलाई व्यावसायिक प्रयोगमा समेत ल्याउने ।
२.१.७ हुलाक सेवा सञ्चालनमा स्थानीय निकाय तथा निजी क्षेत्रको सहभागिता गराउने ।
२.१.८ निजी क्षेत्रबाट सञ्चालित हुलाक प्रकृतिका सेवाहरूलाई नियमित र व्यवस्थित गरी त्यस्ता सेवाहरूको सञ्चालनमा निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने ।
२.१.९ विकेन्द्रीकरणको अवधारणा अनुसार स्थानीय तहमा सञ्चालित अतिरिक्त हुलाक सेवालाई सम्भव भएसम्म स्थानीय निकायबाट सञ्चालन गराउने प्रबन्ध मिलाउने ।

२.२ कार्यनीति

पहिलो चरण

२.२.१ सुरुमा सक्षम र अधिकार सम्पन्न हुलाक सेवा वोर्डको गठन गर्ने ।
२.२.२ विद्यमान हुलाक सम्वन्धी कानूनहरूमा समसामयिक परिवर्तन गरी व्यवसायिक रूपले संचालन गर्न सक्ने बनाउने ।
२.२.३ सवै गाउँ विकास समितिसम्म हुलाक सेवा विस्तार गर्ने र आवश्यकतानुसार संगठन एवं जनशक्तिमा पुनरावलोकन गरी कारोवारको आधारमा हुलाकको स्तर एवं जनशक्ति निश्चित गर्ने ।
२.२.४ ग्रामीण क्षेत्रमा संचालित हुलाकहरूलाई स्थानीय निकायबाटै संचालन गर्न सम्भाव्यता अध्ययन गरी सम्भाव्य देखिएमा संचालन गराउने ।
२.२.५ आन्तरिक द्रुत सेवालाई व्यापक रूपमा विस्तार गर्दै जाने ।
२.२.६ सबै जिल्ला हुलाकहरूमा वैदेशिक पुलिन्दा दर्ता र वितरण गर्ने व्यवस्था मिलाउदै जाने ।
२.२.७ अन्तर्राष्ट्रिय द्रुत डाँक सेवा (EMS) लाई विश्वव्यापीकरण गर्ने दिशामा अधिकभन्दा अधिक देशसंग सेवा विस्तार गर्दै लैजाने ।
२.२.८ द्रुत डाँकको लागि अलग्गै कार्यालय स्थापना गर्ने ।
२.२.९ अन्तर्राष्ट्रिय द्रुत डाँक सेवा (EMS) को दर्ता र वितरण गर्ने कार्य काठमाण्डौंका अतिरिक्त अन्य शहरहरूमा पनि क्रमशः विस्तार गर्दै जाने ।
२.२.१० आन्तरिक तथा अन्तर्रर्ााट्रय द्रुत सेवामा हुलाक वस्तुहरूको अवस्था जाँच गर्ने प्रणाली (Track and Trace System) लागु गर्ने ।
२.२.११ सम्पर्ूण्ा डाँक रेखाहरूको पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ डाँक रेखाको स्थापना र अनावश्यक डाँक रेखाहरू खारेज गर्ने ।
२.२.१२ हुलाक निर्देशिका तयार गर्ने ।
२.२.१३ हुलाक संकेत नम्वरलाई अनिवार्य रूपमा प्रभावकारी ढंगले कार्यान्वयन गराउने ।
२.२.१४ हुलाक सामग्री आपर्ूर्ति व्यवस्थामा प्रभावकारिता ल्याउने ।
२.२.१५ केन्द्रीय कार्यालयहरू, क्षेत्रीय निर्देशनालयहरू एवं जिल्ला हुलाक तथा इलाका हुलाकहरूको भवन निर्माण सुधार र विस्तार गर्ने ।
२.२.१६ हुलाक प्रशिक्षण केन्द्रको भौतिक पर्ूवाधार एवं क्षमता वृद्धि गर्ने ।
२.२.१७ धनादेश सेवालाई सुदृढ गरी अन्तर्रर्ााट्रय क्षेत्रमा समेत विस्तार गर्ने ।
२.२.१८ बचत बैंक सेवालाई सुदृढ गरी विस्तार गर्ने ।
२.२.१९ आन्तरिक तथा वैदेशिक धनादेश भुक्तानीको प्रभावकारी व्यवस्था गर्न चक्रकोषमा वृद्धि गर्दै जाने ।
२.२.२० राष्ट्रको संस्कृति एवं पर्यटकीय महत्व दर्शाउने खालका हुलाक टिकटहरूको प्रकाशनमा प्राथमिकता दिने र टिकटको डिजाइनमा प्रतिस्पर्धा गराउने ।
२.२.२१ सेवाको मापदण्ड कायम गर्ने ।
२.२.२२ हुलाक अपराधलाई कम गर्न निरीक्षण प्रक्रियालाई प्रभावकारी बनाउने ।
२.२.२३ हुलाकमा कार्यरत जनशक्तिलाई आकषिर्त गर्न र उत्प्रेरणा जगाउन विविध उपायहरू अपनाउने ।
२.२.२४ हुलाक वस्तुको घनत्वको आधारमा काठमाण्डौ बाहेक अन्यत्र पनि डाँक केन्द्र (Mail Centre) खोल्ने ।
२.२.२५ हुलाक सेवालाई प्रभावकारी बनाउने दिशामा फ्याक्स, मूल्यदेय (Cash on Delivery), पोष्टल जायरो (Postal Giro), इमेल, Electronic Data Interface (E.D.I.) र इन्टरनेट सेवा जस्ता विविध एजेन्सी सेवाहरू सञ्चालन गर्ने ।


दोस्रो चरण

२.२.२५ निजी क्षेत्रबाट संचालित कुरियर सेवाहरूलाई नियमित र व्यवस्थित गर्ने, आवश्यकता अनुसार निजी कुरियरहरूसंग सहभागिता बढाउने ।
२.२.२६ विद्युतीय हुलाक (E-post) सेवा विस्तार गर्ने ।
२.२.२७ हुलाकका जग्गा, भवन तथा अन्य चल अचल सम्पत्तिहरूको प्रयोग तथा विकासमा निजी क्षेत्रको सहभागिता जुटाउने ।
२.२.२८ बजार अध्ययन गरी सम्भाव्य नयाँ सेवाहरूको संचालन गर्ने ।
२.२.२९ हुलाक प्रशिक्षण केन्द्रलाई अन्तर्रर्ााट्रय स्तरको तालिम समेत संचालन गर्न सक्ने तुल्याई दक्ष जनशक्ति तयार गर्ने ।
२.२.३० नयाँ वित्तीय सेवाहरूको पहिचान गरी संचालन गर्ने ।
२.२.३१ फिलाटेलिक सेवाको व्यावसायिक विस्तार र प्रवद्धन गर्ने तथा सम्भाव्य ठाउमा फिलाटेलिक शाखा विस्तार गर्दै जाने ।
२.२.३२ हुलाक संग्राहलयको स्थापना गर्ने ।
२.२.३३ अन्तर्रर्ााट्रय विमान स्थल नजिक अन्तर्रर्ााट्रय स्तरको डाँक केन्द्र (Mail Centre) स्थापना गर्ने ।

तेस्रो चरण

२.२.३४ बोर्डले आत्मनिर्भरतातर्फपर्ूवाधारहरू खडा गरेपछि निजी क्षेत्रहरूसंग प्रतिस्पर्धा गर्न सक्ने किसिमको स्वायत्त संस्थानको रूपमा परिणत गर्ने ।
२.२.३५ आफ्नै साधन मार्फ सतह डाँक ढुवानी गर्ने व्यवस्था मिलाउने ।
२.२.३६ प्रमुख हुलाकहरूमा यान्त्रीकरण गर्ने ।

चौथो चरण

२.२.३७ आर्थिक दृष्टिकोणले आत्मनिर्भरता हासिल गर्ने ।
२.२.३८ ग्राहकको चाहना अनुसारका सेवाहरू स्तरीय ढंगले संचालन गर्दै जाने ।


आ. मुद्रण क्षेत्रसम्बन्धी दर्ीघकालीन नीति

१. उद्देश्य

१.१ सुरक्षण मुद्रणालयलाई स्वायत्त बनाई व्यावसायिक र स्तरयुक्त सेवा प्रदान गर्न सक्षम संस्थाको रूपमा विकसित गरी सञ्चालन गर्ने ।
१.२ पर्ूण्ा रूपमा सुरक्षण मुद्रण प्रणाली संचालन नभएसम्म सरकारी तथा गैरसरकारी निकायलाई व्यावसायिक मुद्रण सेवा प्रदान गर्ने ।
१.३ मुद्रण क्षेत्रको समन्वयात्मक विकासका लागि आवश्यक संयन्त्रको व्यवस्था गर्ने ।
१.४ निजी क्षेत्रका मुद्रणसम्बन्धी उद्योगहरूलाई विकास गर्दै लैजान प्रोत्साहन गर्ने ।

२. नीति / कार्यनीति

२.१ विद्यमान मुद्रण तथा प्रेस प्रविधिसम्बन्धी कानूनहरूमा समसामयिक परिवर्तन गरी समयानुकूल बनाउने ।
२.२ छपाइ सम्बन्धी श्री ५ को सरकारको नीतिमा दोहोरोपनको अन्त्य गर्ने ।
२.३ विभागको लागि आवश्यक पर्ने अत्याधुनिक भवनको प्रथम चरण ०सुरक्षण मुद्रणालय) को निर्माण कार्य नवौं योजना अवधिभित्र निर्माण गर्ने ।
२.४ मूलतः गोपनीयता कायम राख्नु पर्ने प्रकाशनहरू र हुलाक टिकट, हवाई पत्र, बैंक चेक, राहदानी, प्रवेश आज्ञा, हवाई टिकट, राजस्व स्टिकर तथा राजस्व रसिद जस्ता सुरक्षण मुद्रणका सामग्रीहरू मुद्रण गर्ने सुरक्षण छापाखानाको रूपमा सुरक्षण मुद्रणालयलाई विकास गर्ने ।
२.५ कच्चा पदार्थ तथा तयारी सामग्रीहरूको ढुवानीको लागि यातायात साधनको व्यवस्था नवौं योजना अवधिभित्र मिलाउने ।
२.६ सरकारी निकायका समसामयिक विषयसम्बन्धी विविध व्यावसायिक छपाइका कार्य नवौं योजना अवधिभर
गर्ने ।
२.७ दर्ुइरंगी हुलाक टिकट र राजस्व टिकटको छपाइ नवौं योजना अवधिभित्र प्रारंभ गर्ने ।
२.८ भविष्यमा मुद्रण विभागलाई अर्थ मन्त्रालय अर्न्तर्गत राखी प्रभावकारी रूपमा सुरक्षण मुद्रणालय सञ्चालन गर्ने ।
२.९ सक्षम र अधिकार सम्पन्न सुरक्षण मुद्रण बोर्डको गठन गर्ने ।
२.१० लेटर प्रेस प्रविधिलाई क्रमशः घटाउँदै लगी अफसेट ०वेट तथा ड्राइ) प्रेस प्रविधिको विकास गर्ने ।
२.११ नवौं तथा दशौं योजना अवधिमा मुद्रण सेवा संचालन तथा स्याहार सम्भारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने ।
२.१२ दशौं योजना अवधिमा सुरक्षण मुद्रणका सबै पर्ूवाधारहरू तयार गर्नुका साथै भवनको दोस्रो चरण ०मुद्रा मुद्रणालय) को कार्य पूरा गर्ने र कागजी मुद्राको छपाइका लागि आवश्यक मेसीनरी तथा उपकरणहरू आयात गरी जडानको समेत व्यवस्था मिलाउने ।
२.१३ छापाखानाको समयानुकूल सुधार गरी आर्थिक आत्मनिर्भरता हासिल गर्नेतर्फ क्रियाशील रहने ।
२.१४ दशौं योजना अवधिभित्र नेपाल राजपत्रको छपाइ कार्य कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई हस्तान्तरण गर्ने र सरकारी तथा अन्य निकायको सुरक्षण मुद्रण र चार रंगी स्तरीय छपाइवाहेकको छपाइ कार्य समेत छोड्ने ।
२.१५ अत्याधुनिक मुद्रण यन्त्रहरू स्थापना गरी थप सुरक्षण मुद्रण सेवा संचालन गर्ने ।
२.१६ दशौं योजना अवधि भित्रमा Mono type / Block making जस्ता कार्यहरूको सट्टा ल्थयि, Gravure तथा Intaglio Process जस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने ।
२.१७ दशौं योजना अवधिमा सुरक्षणका साथ साथै गोपनीय एवं स्तरीय व्यावसायिक मुद्रण कार्य गर्ने ।
२.१८ एघारौं योजना अवधि देखि कागजी मुद्राको छपाइ कार्य प्रारंभ गर्ने र सुरक्षण मुद्रण (Security Printing) को कार्य मात्र गर्ने ।
२.१९ बाह्रौं योजनामा अत्याधुनिक मुद्रण यन्त्रहरूको स्थापना गरी सबै प्रकारका सुरक्षण मुद्रण सेवा स्वदेशमा नै सञ्चालन गरी स्तरीय सुरक्षण मुद्रण सेवा प्रदान गर्ने र आत्मनिर्भर बन्ने ।
२.२० निजी क्षेत्रका मुद्रण उद्योगको विकास, विस्तार एवं पर््रवर्द्धन र मुद्रण क्षेेत्रको समन्वयात्मक विकासका लागि मुद्रणसम्बन्धी आधिकारिक संस्थाको प्रतिनिधित्व हुने गरी एउटा मुद्रण काउन्सिलको व्यवस्था गर्ने ।
२.२१ सुरक्षण मुद्रणका रूपमा विकसित श्री ५ को सरकारको छपाखानाबाहेक श्री ५ को सरकारले व्यावसायिक रूपमा अन्य छापाखानाहरू सञ्चालन नगर्ने ।
२.२२ नेपालमा छापाखानासम्बन्धी आवश्यक जनशक्ति तयार गर्न निजी क्षेत्रको सहभागितामा समय सापेक्ष प्राविधिक शिक्षालय खोल्ने ।

इ. दूरसञ्चार क्षेत्रसम्बन्धी दर्ीघकालीन नीति

१. उद्देश्य

१.१ क्षेत्रीय सन्तुलन कायम गर्ने गरी दूरसञ्चारका माध्यमहरूको विकास तथा विस्तार प्रतिस्पर्धात्मक रूपमा गराउने ।
१.२ आर्थिक विकासमा समेत सघाउ पुर्‍याउने किसिमबाट अधिराज्यका महत्वपर्ूण्ा स्थानहरूमा स्थानीय दूरसञ्चार सेवा तथा भरपर्दो ट्रंक सेवाको विस्तार गर्ने तथा बाह्रौं योजनाको अन्त्यसम्ममा प्रतिशय व्यtmि १५ लाइन टेलिफोनकोे लक्ष्य लिई दूरसञ्चार सेवालाई ग्रामीण स्तरसम्म पुर्‍याउने ।
१.३ सूचना सञ्चार प्रविधिको अनुसन्धान, प्रयोग र विस्तारमा जोड दिई समग्र सामाजिक तथा आर्थिक विकासको पर्ूवाधारका रूपमा यस क्षेत्रलाई विकास गर्ने ।

२. नीति / कार्यनीति

२.१ नीति

२.१.१ विद्यमान सेवाहरूको विस्तार, नयाँ सेवाहरूको थालनी र सेवाको गुणस्तरमा बृद्धि गरी प्रतिस्पर्धात्मक वातावरणमा दूरसञ्चार क्षेत्रको विकास गर्ने तथा ग्रामीण क्षेत्रमा पनि दूरसञ्चार सेवाको विस्तार गर्न निजी क्षेत्रलाई सहभागी गराउने ।
२.१.२ फि्रक्वेन्सी व्यवस्थापनलाई प्रभावकारी बनाउने ।
२.१.३ दूरसञ्चार क्षेत्रको विकासका लागि आवश्यक पूँजी आकषिर्त गर्न उपयुक्त रणनीतिको अनुसरण गर्ने ।
२.१.४ दूरसञ्चार सेवाको प्रतिस्पर्धात्मक विकासमा निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्न नियामक निकायलाई समसामयिक र सुदृढ बनाउँदै लैजाने ।
२.१.५ बाह्रौं योजनाको अन्त्यसम्ममा प्रतिशय व्यक्ति १५ लाइन टेलिफोन पुर्‍याउने किसिमले दूरसञ्चार सेवाको विस्तार गर्ने ।
२.१.६ दूरसञ्चार सेवाको विविधीकरण र स्तरमा वृद्धि गर्न आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरी देशभित्रै पनि क्रमशः आवश्यक साधन, स्रोत लगायत आयात घटाउन र सेवाको विश्वसनीयता बढाउन अनुसन्धान तथा विकासको कार्य गर्ने, गराउने ।
२.१.७ राष्ट्रिय सूचना पर्ूवाधार (National Information Infrastructure) तयार गरी देशको सामाजिक तथा आर्थिक क्षेत्रमा विभिन्न सञ्चार माध्यमबाट हुन सक्ने द्रुततर सूचना प्रवाहको सम्भाव्यतालाई ध्यानमा राखेर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग, वाणिज्य, हुलाक सेवा, सूचनाप्रविधि आदि क्षेत्रको विकासको लागि सहयोग पुर्‍याउने ।
२.१.८ दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने ।
२.१.९ नेपाल विश्व व्यापार संगठन (WTO) को सदस्य भएको अवस्थामा दूरसञ्चारका क्षेत्रमा आउने प्रतिस्पर्धालाई विचार गरी सोही अनुरूपको व्यवस्थापन मिलाउने ।
२.१.१० मुलुकको भौगोलिक विकटतालाई दृष्टिगत गरी उपयुक्त दूरसञ्चार प्रविधिको प्रयोग गर्ने ।



२.२ कार्यनीति

२.२.१ विद्यमान सेवाहरूको विस्तार, नयाँ सेवाहरूको थालनी र सेवाको गुणस्तरमा बृद्धि गरी प्रतिस्पर्धात्मक वातावरणमा दूरसञ्चार क्षेत्रको विकास एवं सञ्चालन गर्ने ।
२.२.२ फि्रक्वेन्सी आवश्यक पर्ने दूरसञ्चार प्रणालीको व्यापक प्रयोग हुन थालेको र तीब्र रूपमा यस्ता प्रणालीहरूको विकास भइरहेको पर्रि्रेक्ष्यमा फि्रक्वेन्सी व्यवस्थापनको सङ्गठनात्मक संरचनाको सुदृढीकरण गरी त्यसलाई प्रभावकारी बनाउने ।
२.२.३ राष्ट्रिय फि्रक्वेन्सी योजना (National Frequency Plan)मा पुनरावलोकन गरी अद्यावधिक गर्ने ।
२.२.४ अन्तर्रर्ााट्रय स्तरमा नेपालले प्रयोग गर्ने अर्बिटल स्लटको उपयोगसम्बन्धी कार्यको समन्वय तथा कार्यान्वयन गर्ने ।
२.२.५ दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धात्मक विकासका लागि उपयुक्त रणनीतिको अनुसरण गरी निजी क्षेत्रको पूँजी लगानीलाई आकषिर्त गर्ने ।
२.२.६ विश्वमा प्रादर्ुभाव भएका नयाँ नयाँ प्रविधिहरूको ज्ञान र उपयोग तथा दूरसञ्चार नियमनसम्बन्धी कार्यमा नेपाल दूरसञ्चार प्राधिकरणको क्षमता विस्तार गर्ने ।
२.२.७ टेलिफोन एक्सचेञ्जहरूको क्षमता विस्तार तथा नयाँ स्थापना गरी बाह्रौं योजनाको अन्तसम्ममा प्रतिशय व्यtmि १५ लाइन आधारभूत टेलिफोन पुर्‍याउने तथा आवश्यकतानुसार वायरलेस टेलिफोन सेवाको विस्तार गर्ने ।
२.२.८ अधिराज्यका हालसम्म दूरसञ्चार सेवा नपुगेका गाउँ विकास समितिहरूमा सेवा उपलब्ध गर्राई वडाहरूसम्म विस्तार गर्ने ।
२.२.९ दूरउपचार (Tele-medicine), दूरशिक्षण (Distance Learning), दूरप्रशोधन (Tele-processing) तथा विद्युतीय व्यापार (E-commerce) जस्ता कार्यलाई मद्दत पुर्‍याउने गरी निजी क्षेत्रको सहभागितामा जिल्ला सदरमुकाममा इन्र्टर्नेट केन्द्र (Internet Node) खडा गर्ने लगायत दूरसञ्चारको पर्ूवाधार विकास गर्ने ।
२.२.१० देशको समग्र विकासमा आवश्यक पर्ने सूचना प्रवाहका लागि अधिराज्यभर टेलिसेन्टर (Telecenter) को स्थापना गर्ने, गराउने ।
२.२.११ समग्र सूचना पर्ूवाधारको विकासका लागि अप्टिकल फाइबर, Wireless & Satellite Communications जस्ता आधुनिक प्रविधिको प्रयोगमा कार्यक्रमहरूको विकास र पर््रवर्द्धन गर्ने ।
२.२.१२ दूरसञ्चार क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न र विद्यमान प्रणालीको गुणस्तरमा वृद्धि (Upgrade) गर्न अनुसन्धान तथा विकास (R&D) कार्य गर्ने, गराउने ।
२.२.१३ कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग, वाणिज्य आदि क्षेत्रको विकासको लागि सहयोग पुर्‍याउन हाल विकसित भैरहेको प्रसारण, दूरसञ्चार र कम्प्यूटरको सम्मिश्रण (Convergence) लाई दृष्टिगत गरी राष्ट्रिय सूचना पर्ूवाधार (National Information Infrastructure) तयार गर्ने । राष्ट्रिय सूचना राजमार्ग तथा उत्तर दक्षिण सूचना राजमार्ग (Info Super Highway, North South Info Highway) निर्माण गर्ने र नेपाललाई विश्वका अन्य भागसँग Broad Band सूचना नेर्टवर्कसँग जोड्ने कार्य समेत गर्ने ।
२.२.१४ दूरसञ्चार क्षेत्रको लागि आवश्यक दक्ष जनशक्ति तयार पार्नर् निजी क्षेत्रलाई समेत प्रोत्साहन दिने ।
२.२.१५ प्रतिस्पर्धात्मक वातावरणमा कार्य गर्न सक्ने गरी नेपाल दूरसञ्चार संस्थानको सङ्गठनात्मक संरचनामा सुधार गर्ने ।
२.२.१६ सन् २००४ देखि सबै किसिमका दूरसञ्चार सेवाहरूमा पर्ूण्ा प्रतिस्पर्धा गराउने ।
र्
र् इ) सूचना प्रवाह तथा पत्रकारिता क्षेत्र

क) सूचना प्रवाह र पत्रकारिता


१. उद्देश्य

१.१ नेपाल अधिराज्यको संविधान, २०४७ द्वारा प्राथमिकताका साथ प्रत्याभूत विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा प्रत्येक नागरिकलाई र्सार्वजनिक महत्वको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको मूल मर्म अनुरूप सूचना र सञ्चार माध्यमहरूलाई प्रतिस्पर्ध्ाात्मक, विश्वसनीय, प्रभावकारी एवं सुदृढ बनाउने ।
१.२ स्वस्थ, मर्यादित व्यावसायिक तथा संस्थागत पत्रकारिताको विकास गर्ने ।
१.३ सूचना विभागलाई श्री ५ को सरकारका काम कारवाहीहरूबारे र्सवसाधारण जनता र स्वदेश तथा विदेशमा सूचना प्रवाहित गर्ने सूचना सम्प्रेषण केन्द्रको रूपमा विकसित गर्ने ।
१.४ प्रेेस काउन्सिललाई छापा माध्यमहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा विकसित गरी निश्चित आचार संहिता अनुकूल व्यवहार गराउने एवं मर्यादित र जिम्मेवार व्यावसायिक पत्रकारिताको विकास गर्न सक्ने सक्षम र साधन सम्पन्न निकाय बनाउने ।

२. नीति / कार्यनीति

२.१ संचारग्रामको अवधारणा अनुरूप सूचना विभागका साथै प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ समेतका सूचना प्रवाह र पत्रकारितासित सम्बन्धित निकायहरूलाई एकथलोमा राखी समन्वयात्मक रूपमा सञ्चालन गर्ने हेतुले ती संस्थाहरूको लागि आवश्यक पर्ूवाधारको विकास गर्ने र विकसित पर्ूवाधारलाई उक्त सङ्गठनहरूको लक्ष्यसित आबद्ध गरी एकीकृत ढङ्गमा उपयोग गर्ने गराउने ।
२.२ श्री ५ को सरकारका विभिन्न निकायका र्सार्वजनिक सूचना अधिकृत वा प्रवक्ताहरूको बीचमा समन्वय कायम गरी श्री ५ को सरकारको सूचना प्रवाह गर्ने प्रमुख निकायको जिम्मेवारी वहन गर्ने संस्थाको रूपमा कार्य गर्न सूचना विभागलाई सूचना सम्प्रेषण केन्द्रका रूपमा विकसित गर्ने ।
२.३ नेपाल अधिराज्यका प्रमुख स्थानहरूमा सक्षम र प्रभावकारी र्सार्वजनिक सूचना केन्द्रहरू (Public Information Bureau) को संचालन गरी त्यस्ता केन्द्र र सूचना विभागको बीचमा आधुनिक संचार सञ्जालको स्थापना र संचालन गर्ने ।

२.४ स्वदेशी तथा विदेशी पत्रकारहरूका बीचमा अध्ययन, अनुसन्धान, अन्तक्रिर्या तथा भ्रमणको आदान प्रदानसम्बन्धी व्यवस्था गर्ने ।
२.५ श्री ५ को सरकारका केन्द्रीय एवं स्थानीय निकायहरू तथा सूचना विभाग र संचार केन्द्रहरूको बीचमा आधुनिक सञ्चार नेर्टवर्कको स्थापना गर्ने ।
२.६ फोटो प्रयोगशाला सुदृढीकरण गर्ने र फोटो संग्रहालयको स्थापना गर्ने ।
२.७. सूचना विभाग एवं संचार केन्द्रहरूमा पुस्तकालय एवं वाचनालयको विकासद्वारा र्सवसाधारणले पत्रपत्रिका, पुस्तक, पुस्तिकाहरू अध्ययन गर्न पाउने व्यवस्था गर्ने गरी ज्ञानमा आधारित समाज (Knowledge Based Society) को विकास गर्न मद्दत पुर्‍याउने ।
२.८ पत्रकारिता क्षेत्रको व्यावसायिक दक्षताको विकासको निम्ति स्वदेश र विदेशमा पत्रकारहरूलाई तालीम र अध्ययनको अवसर उपलब्ध गराउने ।
२.९ सञ्चार माध्यमहरूलाई राष्ट्रिय पूँजी लगानीका उद्योगको रूपमा विकसित गर्ने ।
२.१० व्यावसायिक पत्रकारिताको प्रतिस्पर्धात्मक विकासको लागि अनुकूल वातावरण बनाउन लोक कल्याणकारी विज्ञापन प्रवाहलाई पर््रवर्द्धन गर्दै जाने ।
२.११ प्रेस काउन्सिललाई छापा माध्यमहरूको प्रतिनिधिमूलक स्वतन्त्र र सक्षम निकायका रूपमा विकसित गरी पत्रकार आचार-संहिता पालना गर्न गराउन सुदृढ बनाउने ।
२.१२ वितरण संपरीक्षण समितिलाई स्वायत्तता प्रदान गरी त्यसलाई सक्षम तथा सुदृढ बनाएर पत्रपत्रिकाको मूल्यांकन पद्धति एवं मूल्यांकनलाई वस्तुगत र पारदर्शी बनाउने ।
२.१३ संविधानद्वारा प्रदत्त सूचनाको हकलाई प्रत्याभूत गराउनको निम्ति सूचनाको हकसम्बन्धी कानूनको व्यवस्था गर्ने ।
२.१४ श्रमजीवी पत्रकारहरूको हक र हितको संरक्षण र सर्म्वर्द्धन गर्ने ।
२.१५ सूचना र सञ्चारको पहुँच आम जनतासम्म पुर्‍याउनको लागि स्थानीय सहभागितामा सामुदायिक सञ्चार केन्द्रको स्थापना गर्ने तथा सामुदायिक सञ्चार माध्यमहरूको विकास एवं सञ्चालन गर्न प्रोत्साहन दिने ।
२.१६ नेपाली सञ्चार माध्यमहरूको पहुँच क्रमशः विश्वव्यापी बनाउने एवं नेपालबाट प्रकाशित पत्रपत्रिकाहरू सहज रूपमा विदेशी बजारमा पनि जान सक्ने वातावरण तयार गर्ने ।
२.१७ मर्यादित, स्तरीय, जिम्मेवार र व्यावसायिक पत्रकारिताको पर््रवर्द्धन र प्रोत्साहन गर्न पत्रकारितासँग सम्बद्ध संस्थालाई विशेष सहयोग पुर्‍याउने ।
२.१८ फोटो पत्रकारिता, कार्टुन, सूचनामूलक प्रकाशन र प्रसारण इन्र्टर्नेट "अनलाइन" लगायत पत्रकारिताका अन्य विभिन्न विधाको विकासका लागि उपयुक्त वातावरण सृजना गर्ने ।
२.१९ कुनै पनि व्यक्ति, संस्था या कम्पनीलाई प्रकाशनगृह, समाचार एजेन्सी, रेडियो प्रसारण संस्था र टेलिभिजन प्रसारण संस्थामध्ये बढीमा कुनै दर्ुइवटा माध्यमको सञ्चालन गर्न अनुमति दिने । यसरी अनुमति दिँदा दोस्रो माध्यममा कूल लगानीको ४० प्रतिशतसम्म मात्र लगानी गर्न पाउने प्रावधान राख्ने ।
२.२० सूचना विभाग र र्सार्क क्षेत्रका राष्ट्रहरूका सूचना विभाग (Information Bureau) बीच सूचना अदानप्रदान (Data Excahnge) प्रणाली स्थापना गर्ने ।
२.२१ पत्रकारिता क्षेत्रमा संबद्ध जनशक्तिको क्षमता वृद्धिका लागि प्रशिक्षण/तालिम/अध्ययन आदिको प्रबन्ध गर्ने ।
२.२२ नेपाली पत्रकारिताको क्षेत्रमा पर्याप्त मात्रामा स्वदेशी लगानी प्रवाहित भइरहेको हुँदा छापा माध्यमको विकासका लागि विदेशी लगानी स्वीकार नगर्ने ।


ख) पत्रकारिता (गोरखापत्र संस्थान)
१. उद्देश्य
१.१ छापा माध्यम (Print Media) को सञ्चालन प्रतिस्पर्धात्मक रूपमा निजी क्षेत्रबाट गराउने ध्येय लिई गोरखापत्र संस्थानको सञ्चालनमा निजी क्षेत्रको सहभागिता गराउने ।
१.२ आधुनिक प्रविधिको प्रयोग गरी यसलाई प्रकाशन गृह (Publishing House) को रूपमा विकसित गर्ने ।
१.३ स्तरीय, स्वस्थ र वस्तुगत पत्रकारिताको संस्थागत विकासमा योगदान पुर्‍याई नेपाली वाङ्मयको विकास र सर्म्वर्द्धनमा क्रियाशील रहने ।
२. नीति / कार्यनीति

२.१ गोरखापत्र संस्थानलाई निजी क्षेत्रको सहभागितामा प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाई पहिलो चरणमा गोरखापत्र संस्थानको शेयर प्रवाहित गर्ने ।
२.२ गोरखापत्र संस्थानलाई प्रकाशन गृहको रूपमा विकसित गर्ने ।
२.३ निम्न अनुरूपको प्रकाशन नीति अवलम्बन गर्ने ।ः-
क) नेपाल अधिराज्यको संविधान २०४७ का आधारभूत मूल्य, मान्यता र संरचनाप्रति आस्था बढाउने पाठ्यसामग्री प्रकाशित गर्ने ।
ख) सबै क्षेत्र, वर्ग, व्यवसायका नागरिकहरूका निम्ति उपयोगी हुने लेख रचना तथा विभिन्न जात जातिको भाषा, संस्कृति, परम्परा र रीति रिवाजको जगर्ेना हुने सामग्रीहरू प्रकाशित गर्ने ।
ग) सामाजिक कुरीति, विकृति एवं असामाजिक गतिविधिहरू तथा अन्याय, अत्याचार जस्ता क्रियाकलापलाई निरुत्साहित पार्ने किसिमका सामग्रीहरू प्रकाशित गर्ने ।
घ) र्सवसाधारण जनतालाई राष्ट्रिय सम्पदाहरूको महत्वबोध गर्राई तिनीहरूको संरक्षण र सर्म्वर्द्धनमा सचेत हुन प्रेरणा दिने ।
ङ) देश निर्माणमा सृजनात्मक भूमिका निर्वाह गर्न नागरिकहरूमा जाँगर र आत्मविश्वास पैदा गराउने खालका सामग्री प्रकाशित गर्ने ।
च) पर्यावरण/वातावरण सन्तुलन र संरक्षण निमित्त वन-जंगलको सुरक्षा, वृक्षरोपण, प्रदूषण नियन्त्रण आदि कार्यहरूमा आमजनतालाई प्रेरणा दिने प्रकारका लेख रचनाहरू प्रकाशित गर्ने ।
छ) नेपाल बाहिर पनि विशेषतः नेपाली भाषा बोलिने क्षेत्रहरूमा नेपाली भाषा र साहित्यको उत्थानमा सहयोग पुर्‍याउने ।
ज) व्यक्तिगत स्वार्थ वा दुराग्रह राखी लेखिएका, कसैको चरित्र हत्या हुने, कुनै व्यवसाय वा संस्थाको विश्वसनीयतामा आघात पुग्ने र साम्प्रदायिक भावनालाई बढावा दिने जस्ता सामग्रीलाई स्थान नदिने ।
झ) राष्ट्रले अवलम्बन गरेका परराष्ट्र नीतिको प्रतिकूल हुने किसिमका समाचार वा लेख रचना आदि प्रकाशन नगर्ने ।
ञ) सरकारी वा गैरसरकारी निकायहरूको क्रियाकलापको वस्तुगत विश्लेषण गरिएका वा मर्यादित आलोचना भएका सामग्रीहरूलाई पनि स्थान दिने ।
२.४ संस्थानले आफ्नो आर्थिक तथा भौतिक क्षमता अनुसार स्वदेश तथा विदेशमा समेत आफ्नै सम्वाददाताहरू क्रमशः राख्दै जाने ।
२.५ दक्ष जनशक्तिको परिपर्ूर्तिको लागि तालिमको व्यवस्था गर्ने ।
२.६ संस्थानलाई आत्मनिर्भर बनाउन समयानुकूल प्रभावकारी उपायहरू अवलम्बन गर्ने ।

ग) पत्रकारिता ०राष्ट्रिय समाचार समिति)


१. उद्देश्य

१.१. समाचार संकलन, सम्पादन र वितरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै समितिको सेवा सुदृढीकरण र विविधिकरण गरी संस्थाको व्यवस्थापनमा निजी क्षेत्रको समेत संलग्नता गराउने ।

१.२. राससलाई बदलिंदो परिस्थिति अनुरूप प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने दृष्टिकोणले साधनस्रोत, दक्षजनशक्ति र आधुनिक प्रविधिले सम्पन्न समाचार समितिको रूपमा विकसित गर्ने ।
१.३ निष्पक्ष, आधिकारिक, विश्वसनीय, एवं यथार्थ समाचारको संकलन र वितरणद्वारा पत्रकारिताको विकासमा योगदान पुर्‍याउने ।

२. नीति / कार्यनीति

२.१ राष्ट्रिय समाचार समितिको भौतिक क्षमता वृद्धि गर्नका साथै सेवाको सुदृढीकरण एवं विविधीकरण गर्ने ।
२.२ क्रमिक रूपमा सरकारी सहभागिता कम गरी निजी क्षेत्रको सहभागिता बढाउन शेयर प्रवाहित गर्ने ।
२.३ राससलाई निष्पक्ष एवं वस्तुगत समाचार संकलन तथा वितरण गर्ने स्वायत्त एवं आत्मनिर्भर संस्थाको रूपमा विकसित गर्ने ।
२.४ राससबाट सङ्कलित समग्रीहरूको अभिलेख राख्ने र अभिलेखमा रहेका समाचार सामग्रीहरूमा ग्राहकहरूको पहुँच हुन सक्ने व्यवस्था मिलाउने ।
२.५ राससलाई मुद्रण तथा विद्युतीय सञ्चार माध्यमका लागि आवश्यक समाचार स्रोतको रूपमा समेत विकसित गर्ने ।
२.६ राष्ट्रिय हित र प्रजातन्त्रको संरक्षण, सर्म्बर्द्धन एवं सामाजिक उत्थानमा सघाउ पुर्‍याउने समाचारहरू संकलन, सम्पादन, वितरण एवं आदानप्रदान गर्ने ।
२.७ देशको सामाजिक, आर्थिक र राजनीतिक एवं साँस्कृतिक विषयका साथै अन्य जन अभिरुचिका समाचार र लेख उपलब्ध गराउने ।
२.८ राष्ट्रले अवलम्वन गरेका परराष्ट्र नीति अनुरूप राष्ट्रिय तथा अन्तर्रर्ााट्रय महत्वका समाचार संकलन र वितरण गर्ने ।
२.९ स्तरीय सेवा प्रदान गर्न दक्ष जनशक्तिको विकास र परिचालन गर्ने ।
२.१० स्तरीय समाचार एवं लेख, रचनाहरूको विक्री वितरण गर्ने र आय आर्जनका थप स्रोतहरू जुटाउन समयानुकूल सेवाहरू थप गर्दै जाने ।
२.११ प्रत्येक जिल्लामा राससका स्थायी समाचारदाता राख्ने र आवश्यकता अनुसार क्रमिकरूपमा विदेशका महत्वपर्ूण्ा स्थानहरूमा राससका समाचारदाताहरू राख्ने ।
२.१२ समाचार सेवाहरू उपलब्ध गराउन उपयुक्त प्रविधिको प्रयोग गर्दै जाने ।
२.१३ संचार माध्यमहरूका लागि उपयुक्त हुने तस्वीर तथा श्रव्यदृश्य सामग्रीहरू उत्पादन एवं विक्री वितरण गर्ने ।
२.१४ राससको विकास एवं आत्मनिर्भरताका लागि पर्ूवाधारको विकास गर्ने ।



उ) प्रसारण क्षेत्रसम्बन्धी दर्ीघकालीन नीति

क) प्रसारण क्षेत्र


१. उद्देश्य

१.१ नेपाल अधिराज्यको संविधानले प्रत्याभूत गरेको जनताको सुसूचित हुने अधिकारलाई पर्ूण्ा रूपले स्थापित गर्न समयानुकूल प्रसारण सामाग्रीहरूको विविधता र प्रभावकारिताको अनुगमन एवं प्रसारण प्रणालीको व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रशासनिक इकाईको संरचना गरी रेडियो, टेलिभिजन र इन्टर्रर्नेट सूचना प्रणालीलाई समानुपातिक रूपले अधिराज्यव्यापी बनाउंदै लैजाने ।
१.२ विद्युतीय प्रसारण माध्यमहरूलाई प्रतिस्पर्धात्मक र विश्वसनीय बनाई स्वस्थ मनोरञ्जन, ज्ञान एवं सूचनाको प्रवाह गराउने हेतुले प्रसारण क्षेत्रको समन्वयात्मक एवं प्रतिस्पर्धात्मक विकास तथा नियमन (Regulation) का लागि नियामक निकायका रूपमा राष्ट्रिय प्रसारण प्राधिकरणको स्थापना गरी रेडियो र टेलिभिजन प्रसारणलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने ।

२. नीति / कार्यनीति
२.१ श्री ५ को सरकारले प्रसारण क्षेत्रको विकासप्रति लिनु पर्ने दायित्व र प्रविधिगत विकासको समायोजनालाई दृष्टिगत गरी अपेक्षित उद्देश्य हासिल गर्न निजी क्षेत्रको सकृय सहभागितामा प्रतिस्पर्धात्मक वातावरण कायम गर्ने ।
२.२ प्रसारण संस्था तथा तिनका प्रसारणलाई नियमन गर्न निजी क्षेत्रको समेत सहभागिता रहने गरी राष्ट्रिय प्रसारण प्राधिकरणको स्थापना गर्ने ।
२.३ प्रसारण क्षेत्रमा द्रुतगतिले भएको प्रविधि विकास र यसको मूल्य संरचना (Cost Structure) लाई दृष्टिगत गरी रेडियो तथा टेलिभिजनको प्रसारण क्षेत्रलाई अभिवृद्धि (Enhance) गर्ने । विशेष गरेर ग्रामीण क्षेत्रहरूमा स्याटेलाईट रेसेप्सन जस्ता उपलब्ध नयाँ प्रविधिबाट कम खर्चमा श्रव्यदृष्य सामाग्रीहरू उपलब्ध गराउने व्यवस्था गर्ने ।
२.४ प्रसारण क्षेत्रको विकासको लागि निजी क्षेत्र र श्री ५ को सरकारको स्वामित्वमा रहेका संस्थाहरूको संयुक्त लगानी गराउन विभिन्न विकल्पहरूको अध्ययन गरी लागु गर्ने ।
२.५ नेपाली कार्यक्रमहरू उत्पादन गर्न, विशेष गरेर नेपालको प्राकृतिक विशेषता, धर्म, संस्कृति र सम्पदा सम्बन्धी विषयहरूलाई प्रोत्साहित गर्ने । कार्यक्रम उत्पादन गर्ने स्वदेशी/विदेशी संस्थाहरूसँग यस्ता संयुक्त कार्यक्रमहरू उत्पादन गर्ने सम्बन्धमा सहयोगात्मक सम्बन्धको विकास गर्ने । विश्ववजारमा नेपालको प्राकृतिक, धर्म विशेषता, संस्कृति र सम्पदासम्बन्धी गुणस्तरीय कार्यक्रमहरूको मागको मूल्याङ्कनगरी सो अनुरूपको व्यवस्था गर्ने ।
२.६ सरकारी तथा गैर सरकारी क्षेत्रको संलग्नतामा प्रसारणलाई दूर शिक्षा प्रणालीको लागि प्रयोग गर्ने ।
२.७ सूचना तथा सञ्चार प्रविधिको एकीकरण (Convergence) लाई दृष्टिगत गरी सरकारी र निजी क्षेत्रको स्वामित्व विषयमा प्रष्ट नीति तथा कानूनको व्यवस्था गर्न सहयोग पुर्‍याउने ।
२.८ निजी क्षेत्रमा प्रसारण संस्थाहरू सञ्चालन गर्दा तिनीहरूको उद्देश्य अनुकूल प्रसारण संस्थाहरूको वर्गीकरण तथा दिशानिर्देश गर्दै जाने । पर्ूण्ा व्यावसायिक वा नाफामूलक प्रसारण संस्थाले जनचेतना अभिवृद्धिका लागि वहन गर्नु पर्ने दायित्वका साथै समुदाय विशेषको उत्थानका लागि सञ्चालन हुने प्रसारण संस्थाहरूलाई राज्यले उपलब्ध गराउन सक्ने सुविधाहरूबारे पहिचान गरी चाहिँदो व्यवस्था मिलाउने ।
२.९ समय समयमा तालिम गोष्ठीको आयोजना गरी जनशक्ति विकास, प्रसारण समग्रीको स्तर अभिवृद्धि तथा समयानुकूल प्रसारण प्रविधिबारे अध्ययन अनुसन्धान गर्न स्वायत्त संस्थाको रूपमा प्रसारण प्रतिष्ठान (Broadcasting Academy) को स्थापना गर्ने ।
२.१० प्रसारण प्रविधिमा आएको विकाससँगै बढ्दो अन्तर्रर्ााट्रय स्तरका प्रसारणहरूबाट मुलुकको समृद्धिका लागि उपलब्ध अवसर उपयोग गर्ने, सम्भावित खतरा (Threats) बाट र्सतर्क रहने तथा राष्ट्रिय हितले माग गरे यस्ता प्रसारणलाई नियन्त्रित/प्रतिबन्धित गर्ने प्रबन्ध मिलाउने ।
२.११ स्थानीय तहका सामुदायिक सञ्चार माध्यमहरूको उपयोगलाई प्रोत्साहन गरी र्सवसाधारण जनतामा सूचनाको पहुँच विस्तार गर्ने अभ्रि्रायले टेलिभिजन, रेडियो, टेलिफोन, इन्र्टर्नेट जस्ता बहुआमसञ्चारका मध्यम उपलब्ध भई जनता लाभान्वित हुने गरी अधिराज्यका जिल्ला सदरमुकामहरूमा एकीकृत सूचना प्रणालीको स्थापना गर्न जोड दिने ।
२.१२ प्रसारणका क्षेत्रमा उपलब्ध आधुनिक प्रविधिको प्रयोगका लागि आवश्यक पर्ने लगानी हाल स्वदेशभित्रबाट मात्र पर्ूर्ति हुन सक्ने स्थिति नरहेको हुँदा सो स्थितिमा सुधार नआएसम्म प्रसारण क्षेत्रको विकासका निम्ति बढीमा २५% सम्म विदेशी लगानीको सहभागिता गराउने ।


ख) रेडियो प्रसारण ९रेडियो नेपाल)
१. उद्देश्य

१.१ उपयुक्त भौतिक पर्ूवाधारको विकास गरी रेडियो नेपाललाई राष्ट्रिय प्रसारण संस्थाका रूपमा विकसित गर्ने ।
१.२ रेडियो नेपालको प्रसारणलाई नेपाल अधिराज्यभरि र छिमेकी मुलुकहरूमा वसोवास गर्ने नेपालीहरूसम्म पुर्‍याउन समयानुकूल प्रविधिको उपयोग गर्ने ।
१.३ रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरू ज्ञानवर्द्धक, सूचनामूलक, स्तरीय एवं जनअभिरुचि अनुसारका हुनु नितान्त आवश्यक हुने कुरालाई ध्यानमा राखेर कार्यक्रमको निर्माण र प्रसारण गर्न आवश्यक व्यवस्था मिलाउने ।

२. नीति / कार्यनीति
२.१ उपयुक्त प्रविधिको प्रयोग गरी रेडियो नेपालको प्रसारण अधिराज्यब्यापी र र्सवसुलभ बनाउने ।
२.२ प्रभावकारी र लोकप्रिय रेडियो कार्यक्रम निर्माण गरी /गर्राई प्रसारण गर्ने ।
२.३ रेडियो प्रसारणको माध्यमबाट जनताको सुसूचित हुने अधिकारलाई संरक्षण गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान तथा प्रविधि, सुशासन जस्ता विकासमूलक र शिक्षाप्रद कार्यक्रम र सूचनाहरू जनता समक्ष पुर्‍याउने ।

२.४ मुलुकका विभिन्न आर्थिक, सामाजिक एवं सांस्कृतिक पक्षहरू बारे कार्यक्रम प्रसारण गरी राष्ट्रिय हित र एकताको अभिबृद्धि गराउने ।
२.५ निष्पक्ष, दक्ष, विश्वसनीय एवं व्यावसायिक ढंगले समाचार एवं विचार प्रसार गर्ने ।
२.६ विदेशी स्रोताहरूलाई नेपालबारे जानकारी प्रदान गर्न वैदेशिक सेवाको कार्यक्रम अन्तर्रर्ााट्रय भाषाहरूमा प्रसारण गर्ने ।
२.७ देशको जुनसुकै भागबाट तत्काल सूचना प्रवाह गर्ने किसिमको संयन्त्र खडा गर्ने ।
२.८ रेडियो प्रसारणलाई आर्थिक रूपले स्वावलम्वी र आत्मनिर्भर बनाउनेे दिशामा उपयुक्त कदम चाल्ने ।
२.९ रेडियो कार्यक्रमहरूको विविधीकरण गरी आम जनताका लागि शैक्षिक, सूचनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम अलग-अलग च्यानेलमा प्रसारण गर्ने र कार्यक्रम प्रसारण समय बृद्धि गर्दै जाने ।
२.१० रेडियो प्रसारणलाई प्रतिस्पर्धात्मक रूपमा विकास गर्न निजी क्षेत्रलाई समेत सहभागी गराउने ।
२.११ कार्यक्रमलाई स्तरीय, रोचक र प्रभावकारी तुल्याउन दक्ष, योग्य र तालीम प्राप्त जनशक्तिको व्यवस्था गर्ने ।
२.१२ कार्यक्रमबाट समाजमा परेको प्रभावबारे जनधारणा बुझी सोही अनुरूप कार्यक्रममा सुधार र परिमार्जन गर्ने ।
२.१३ मुलुकका विभिन्न राष्ट्रिय भाषाहरूको विकास गर्ने र मुलुकको हर क्षेत्रको संस्कृति, कला, सङ्गीत र साहित्यको विकास गर्न राष्ट्रिय भाषाहरूमा कार्यक्रमहरू सञ्चालन गर्ने ।
२.१४ उपयुक्त प्रविधिको प्रयोग र निजी क्षेत्रसँगको संयुक्त सहभागिताको प्रक्रिया अवलम्बन गरी शतप्रतिशत जनतालाई रेडियो सेवा पुर्‍याउने ।
२.१५ क्षेत्रीय प्रसारणलाई स्रोतामुखी बनाउनको लागि विभिन्न राष्ट्रिय भाषामा कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने ।
२.१६ नयाँ प्रविधिको प्रयोग गर्ने सिलसिलामा पुरानो प्रविधिलाई विस्तारै विस्थापित गर्दै लगी अन्तर्रर्ााट्रय बजारमा विकसित भएका दिगो गुणस्तरयुक्त प्रविधि प्रयोग गर्दै जाने ।
२.१७ आम जनतालाई सुसूचित हुने अवसर प्रदान गर्न सूचनामूलक, शिक्षामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू उत्पादन गरी प्रसार गर्ने ।
२.१८ ऐन नियमहरूमा समयानुकूल सुधार गरी स्वशासित र जिम्मेवार निकायको रूपमा रेडियो नेपाललाई विकसित गर्ने ।


(ग) टेलिभिजन प्रसारण (नेपाल टेलिभिजन)

१. उद्देश्य
१.१ उपयुक्त भौतिक पर्ूवाधारको विकास गरी नेपाल टेलिभिजनलाई राष्ट्रिय प्रसारण संस्थाका रूपमा विकसित गर्ने ।
१.२ नेपाल टेलिभिजनको प्रसारणलाई नेपाल अधिराज्यभरि र छिमेकी मुलुक लगायत अन्य राष्ट्रमा वसोवास गर्ने नेपालीहरूसम्म पुर्‍याउन समयानुकूल प्रविधिको उपयोग गर्ने ।
१.३ नेपाल टेलिभिजनलाई प्रविधियुक्त बनाइसकेपछि त्यसबाट प्रसारण हुने कार्यक्रमहरू स्तरीय हुनु र जनअभिरुचि अनुसारका हुनु नितान्त आवश्यक हुने कुरालाई ध्यानमा राखेर सुरुचिपर्ूण्ा सामग्रीको निर्माण गर्न आवश्यक व्यवस्था गर्ने ।

२. नीति / कार्यनीति
२.१ उपयुक्त प्रविधिको प्रयोग गरी नेपाल टेलिभिजनको प्रसारण अधिराज्यब्यापी र र्सवसुलभ बनाउने ।
२.२ जनअभिरुचि र आजको समय अनुसारको स्तरीय कार्यक्रमकको उत्पादनलाई बढाउन र भू-उपग्रहमार्फ प्राप्त हुने विदेशी च्यानलसँग प्रतिस्पर्धा गरी नेपाली संस्कृति, कला र जीवन शैलीका कार्यक्रम बढाउन दोस्रो च्यानलको अवधारणा राखी त्यही अनुरूप प्रभावकारी र लोकप्रिय कार्यक्रम निर्माण गरी/गर्राई प्रसारण गर्ने ।
२.३ टेलिभिजन प्रसारणको माध्यमबाट जनताको सुसूचित हुने अधिकारलाई संरक्षण गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान तथा प्रविधि, सुशासन जस्ता विकासमूलक र शिक्षाप्रद कार्यक्रम र सूचनाहरू जनता समक्ष पुर्‍याउने ।
२.४ मुलुकका विभिन्न आर्थिक, सामाजिक एवं सांस्कृतिक पक्षहरू बारे कार्यक्रम प्रसारण गरी राष्ट्रिय हित र एकताको अभिबृद्धि गराउने ।
२.५ निष्पक्ष, दक्ष, विश्वसनीय एवं व्यावसायिक ढंगले समाचार र विचार प्रसार गर्ने ।
२.६ देशको जुनसुकै भागबाट तत्काल सूचना प्रवाह गर्ने किसिमको संयन्त्र खडा गर्ने ।
२.७ टेलिभिजन प्रसारणलाई आर्थिक रूपले स्वावलम्वी र आत्मनिर्भर बनाउनेे दिशामा उपयुक्त कदम चाल्ने ।
२.८ टेलिभिजन कार्यक्रमहरूको विविधीकरण गरी शैक्षिक, सूचनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम अलग-अलग च्यानेलमा प्रसारण गर्ने र कार्यक्रम प्रसारण समय बृद्धि गर्दै जाने ।
२.९ टेलिभिजन प्रसारणलाई प्रतिस्पर्धात्मक रूपमा विकास गर्न निजी क्षेत्रलाई समेत सहभागी गराउने ।
२.१० कार्यक्रमलाई स्तरीय, रोचक र प्रभावकारी तुल्याउन दक्ष, योग्य र तालीम प्राप्त जनशक्तिको व्यवस्था गर्ने ।
२.११ कार्यक्रमबाट समाजमा परेको प्रभावबारे जनधारणा बुझी सोही अनुरूप कार्यक्रममा सुधार र परिमार्जन गर्ने ।
२.१२ ऐन नियमहरूमा समयानुकूल सुधार गरी स्वशासित र जिम्मेवार निकायको रूपमा नेपाल टेलिभिजनलाई विकसित गर्ने ।

ऊ. चलचित्र क्षेत्रसम्बन्धी दर्ीघकालीन नीति

१. उद्देश्य

१.१ राष्ट्रभाषा तथा राष्ट्रिय भाषाका नेपाली चलचित्रहरूको निर्माणमा प्राथमिकता दिई नेपाललाई अन्तर्रर्ााट्रय चलचित्र गतिविधि थलोका रूपमा विकसित गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
१.२ नेपाली भाषा, कला र संस्कृति को जगर्ेना गर्ने ।
१.३ नेपाललाई विश्वमा परिचित गराउने खालका नेपाली चलचित्रको निर्माण गर्ने ।
१.४ चलचित्र निर्माणको क्षेत्रमा विदेशी लगानीलाई समेत आकषिर्त गर्ने ।

२. नीति / कार्यनीति
२.१ नेपाली चलचित्र क्षेत्रको प्रतिस्पर्धात्मक एवं समन्वयात्मक विकास तथा पर््रबर्द्धनका लागि गठित चलचित्र विकास बोर्डको कार्यलाई प्रभावकारी बनाउने ।
२.२ स्वदेशी चलचित्र उद्योगलाई कच्चा पदार्थ आयात गर्न अरू उद्योगले पाए सरहको उपयुक्त सुविधा उपलव्ध गराउने ।
२.३ नेपाली चलचित्रहरूको निर्माण एवं प्रशोधन कार्य स्वदेशमै हुनसक्ने वातावरणको सृजना गर्ने ।
२.४ चलचित्र उद्योगमा संलग्न कलाकार एवं प्राविधिक जनशक्तिले आवश्यक प्रशिक्षण तथा प्रोत्साहन पाउन सक्ने वातावरण तयार गर्ने ।
२.५ राष्ट्रभाषा नेपाली र नेपालका राष्ट्रिय भाषाहरूमा निर्माण गरिने चलचित्रहरूको निर्माण एवं पर््रदर्शन क्षेत्रमा संलग्न सबै पक्षलाई प्रोत्साहन दिने ।
२.६ नेपाली चलचित्रको अध्ययन र अनुसन्धान गर्ने ।
२.७ चलचित्र निर्माणमा विदेशी लगानी वा संयुक्त लगानी आकषिर्त हुने वातावरण सृजना गर्ने ।

ऋ. विज्ञापनसम्बन्धी दर्ीघकालीन नीति

१. उद्देश्य

१.१ विज्ञापन व्यवसायलाई राष्ट्रिय उद्योगको रूपमा सुदृढ गर्दै राष्ट्रिय अर्थतन्त्रमा यस व्यवसायको योगदानलाई प्रोत्साहन एवं व्यवस्थित गर्ने ।
१.२ स्वच्छ तथा स्वतन्त्र सञ्चार माध्यमको विकास गर्न प्रमुख आयस्रोतको रूपमा विज्ञापनलाई पर््रवर्द्धन गर्ने ।
१.३ विज्ञापनमा प्रयुक्त भाषा, शैली एवं सांस्कृतिक विषयवस्तुको अनुगमन गरी विज्ञापनलाई रोचक र प्रभावकारी बनाउने ।

२. नीति / कार्यनीति

२.१ आदर्श विज्ञापनसँग सम्बद्ध सबै पक्ष-विज्ञापनदाता, विज्ञापन व्यवसायी, सञ्चार माध्यम र उपभोक्ताहरूको स्पष्ट अधिकार र कर्तव्य किटान गर्ने व्यवस्था मिलाउने ।
२.२ नेपाल अधिराज्यको संविधानको भावना अनुरूप नेपाली समाजका मूल्य, मान्यता, संस्कृति र आदर्शहरूको संरक्षण गर्न आचार संहिताको निर्माण गर्ने ।
२.३ नेपाली विज्ञापन व्यवसायीहरूको आधिकारिक संस्थालाई विज्ञापनसँग प्रत्यक्ष/परोक्ष रूपमा सम्बन्धित नीति निर्माण गर्ने कार्यमा सहभागी गराउने ।
२.४ विज्ञापन व्यवसायलाई उद्योगको रूपमा सूचीकृत गरी अत्यावश्यक सुविधा र सहुलियतहरू प्रदान गर्ने व्यवस्था मिलाउने ।
२.५ सञ्चार माध्यमहरूले विज्ञापन प्रवाह चक्रको मान्यता अनुरूप विज्ञापन बजार पर््रवर्द्धन गर्ने ।
२.६ विज्ञापन व्यवसायसम्बन्धी बहुराष्ट्रिय कम्पनीहरूलाई संयुक्त लगानीमा प्रवेश गराउँदा निश्चित लगानी र वैदेशिक विज्ञापनको प्रत्याभूतिका साथै न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता अनिवार्य गराउने तथा नेपाली श्रम, सीप र व्यवसायको सर्म्वर्द्धन हुने शर्तहरू पनि समावेश गर्ने ।
२.७ विद्युतीय सञ्चार माध्यम ०श्रव्यदृष्य), छापा माध्यम र डिजिटल माध्यममा प्रसारित/प्रकाशित तथा बाहृय विज्ञापनहरूको अनुगमन तथा मूल्याङ्कनकार्य सम्बन्धित संस्थाहरूमार्फ वा तिनको प्रतिनिधित्व हुने गरी गठित स्वतन्त्र निकायमार्फ् गराउने व्यवस्था मिलाउने । यस कार्यका निम्ति एक निष्पक्ष, स्वतन्त्र, प्रतिनिधमूलक विज्ञापन सेन्सर बोर्डको गठन गर्ने ।
२.८ विज्ञापन व्यवसाय गर्न चाहने विज्ञापन व्यवसायीहरूको निम्ति मान्यताप्राप्त विज्ञापन एजेन्सी संघ मार्फ् निश्चित योग्यता, क्षमता र पर्ूवाधारहरूको किटान गर्राई त्यसको आधारमा मात्र एकीकृत दर्ता प्रणाली लागु गर्ने ।

२.९ विज्ञापनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्नेतर्फपहल गर्ने र विज्ञापन स्कूल तथा विज्ञापन प्रशिक्षण संस्थाहरूको स्थापना गर्न प्रोत्साहन दिई विज्ञापन व्यवसायीहरूलाई प्रशिक्षण र अध्ययनको समुचित अवसर प्रदान गर्ने ।
२.१० विज्ञापनको उत्पादनमा राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्ने अभिप्रायले नेपाली श्रम, सीप र प्रविधिको उपयोगलाई प्राथमिकता दिने र विदेशमा उत्पादन भएका विज्ञापन सामग्रीहरूमा अतिरिक्त शुल्क लिने व्यवस्था गर्ने ।
२.११ विज्ञापनमा प्रयोग गरिने भाषा, उच्चारण र प्रस्तुतीकरणमा नेपालीपन हुनुपर्ने ।
२.१२ विज्ञापनको प्रकृति, विज्ञापनको उद्देश्य तथा यसको प्रभावलाई ध्यान राखी विज्ञापनलाई निम्नानुसार वर्गीकरण गर्नेः-
०क) व्यावसायिक विज्ञापनःःः- वस्तु तथा सेवाको विक्री पर््रवर्द्धनको उद्देश्यले गरिने विज्ञापन जस्तै नयाँ वस्तुको आगमनको विज्ञापन, फिल्मी विज्ञापन, मूल्य घटबढसम्बन्धी विज्ञापन, बोलपत्र, ठेक्का वा सूचनाहरू ।
०ख) लोककल्याणकारी विज्ञापन ः- व्यापारिक उद्देश्य नभई समाज कल्याणको दृष्टिले गरिने विज्ञापनहरू जस्तै कृषि, स्वास्थ्य, शिक्षा, र्सार्वजनिक हित एवं सूचना तथा शुभकामना र समवेदना आदि ।
२.१३ विज्ञापन सामग्रीको ट्रेडमार्क तथा संस्थासम्बन्धी प्रतिलिपि अधिकारको कानूनी व्यवस्था मिलाउनेे ।
२.१४ इन्टरनेट (Internet) जस्ता कम्प्युटर प्रविधिका माध्यमबाट गरिने विज्ञापनहरूलाई प्रोत्साहन गर्ने ।
२.१५ उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने सामग्रीहरू जस्तै ः खाद्यान्न, पेय पदार्थ, औषधि आदिको विज्ञापनमा बढाइ चढाइ गरी अनावश्यक भ्रम फैलाउने विज्ञापनहरूको प्रसारण रोक्न यस्ता वस्तुको विज्ञापन गर्नुपर्ूव सम्बन्धित आधिकारिक निकायको स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने ।
२.१६ सञ्चार माध्यमहरूकोे आर्थिक स्रोत बढाउनाका साथै विज्ञापनदाता र विज्ञापन व्यवसायीहरूको व्यवसायमा समेत टेवा पुर्‍याउने अभ्रि्रायले उत्पादनको वर्गीकरण गरी निश्चित समयावधिभित्र विज्ञापन प्रसारण गर्न पाउने व्यवस्था मिलाउने र विश्व स्वास्थ्य सङ्गठनद्वारा निर्धारित मापदण्ड अनुसार मदिराजन्य तथा सर्ूर्तिजन्य वस्तुहरूको विज्ञापन विद्युतीय माध्यममा प्रसारण गर्न लगाइएको वन्देजमा पुनर्मूल्याङ्कन गर्ने ।
२.१७ नेपालमा विज्ञापन एजेन्सीहरू ठूला उद्योग, मझौला उद्योग तथा साना तथा घरेलु उद्योगको रूपमा दर्ता भए पनि कारेाबार, आयकर तथा अन्य सामाजिक दायित्वको हिसाबले यिनीहरूको वर्गीकरण हुन वाञ्छनीय भएकोले सुरुको पूँजी लगानी, वार्षिक कारोबार, एजेन्सीमा कार्यरत कर्मचारीको संख्या, विभिन्न सञ्चार माध्यमसँगको संलग्नता, भौतिक संरचना आदिका आधारमा एजेन्सीहरूको वर्गीकरण गर्ने । सामान्यतया एजेन्सीहरूलाई घटीमा ४ वटा वर्गीकरण गर्नु उपयुक्त हुने ।
२.१८ नेपाली सञ्चार माध्यमले विज्ञापन हुने सामग्रीको ध्वनीकरण (Dobbing) नेपाली भाषामै गर्ने व्यवस्था मिलाई श्रव्य नेपाली तर दृष्य विदेशी हुने कार्यलाई निरुत्साहित गर्ने ।
२.१९ कथानक चलचित्र, वृत्तचित्र र लोक कल्याणकारी तथा व्यावसायिक विज्ञापन उत्पादनको इजाजत प्रणालीलाई व्यावहारिक बनाई बेग्लाबेग्लै शुल्क निर्धारण गर्ने ।
२.२० बाहिरी विज्ञापन (Outdoor Advertisement) माध्यमहरूको हकमा नियोन साइन, ग्लो साइन, होर्डिङ्ग र व्यानरलाई उपयुक्त आकार र स्थान तोकी र्सार्वजनिक जीवनमा प्रत्यक्ष असर नपर्ने गरी व्यवस्थित बनाउने र भित्ते पोष्टर, भित्ते लेखन (Wall Painting) गरी विज्ञापन गर्ने कार्यलाई बन्द गर्ने ।
२.२१ पत्रपत्रिका तथा प्रसारण माध्यमलाई वर्गीकरणको आधारमा विज्ञापन उपलब्ध गराउनाका साथै अन्य सहुलियत पनि सोही अनुपातमा प्रदान गर्ने व्यवस्था मिलाउने ।
२.२२ सरकारी वा निजी क्षेत्रका उद्योग व्यवसाय वा निकायबाट निजी क्षेत्रका पत्रपत्रिकालाई वर्गीकरणको आधारमा विज्ञापन उपलब्ध हुन सक्ने वातावरण सृजना गर्ने ।
२.२३ पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक र अर्ध-वाषिर्क रूपमा प्रकाशित भैरहेका साहित्यिक तथा विषयगत पत्रपत्रिकाहरूलाई पनि अन्य पत्रपत्रिकाहरू सरह वर्गीकरणको आधारमा लोककल्याणकारी विज्ञापन एवं अन्य सहुलियतहरू उपलब्ध गराउने ।
२.२४ पत्रपत्रिकाहरूलाई उपलब्ध गराइने सरकारी लोककल्याणकारी विज्ञापन वा सूचनाहरू सम्बन्धित निकायले सूचना विभाग मार्फ पत्रपत्रिकालाई उपलब्ध गराउने प्रक्रियाको अवलम्बन गर्ने ।
२.२५ कुनै पनि विदेशी उत्पादकले अधिकृत विक्रेता नियुक्त गरी नेपालमा कारोवार गरेको छ भने नेपाली बजारलाई लक्ष्यित गरिएको विज्ञापन राष्ट्रिय सञ्चार माध्यमहरूबाट नै प्रकाशन प्रसारण गराउनु पर्ने कानूनी व्यवस्था गर्ने ।
२.२६ मुलुकको भौगोलिक विविधतालाई ध्यानमा राखी स्थानीय सञ्चार माध्यममा समेत विज्ञापनको पहुँच हुने प्रक्रिया अपनाउने ।
२.२७ कुनै पनि सञ्चार माध्यमले प्रकाशन आकारको कूल क्षेत्रको ४०% र कूल प्रसारण समयको ४०% भन्दा बढी विज्ञापन गर्न नपाउने व्यवस्था गर्ने ।
२.२८ कुनै व्यापारिक वा औद्योगिक र्फम, कम्पनी तथा प्रतिष्ठानले आफ्नो कारोवारको वार्षिक नाफाको न्यूनतम ५% हिस्सा राष्ट्रिय सञ्चार माध्यमहरूमा विज्ञापनमा खर्च गर्नुपर्ने प्रावधान मिलाउने ।