नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
प्रेस विज्ञप्ति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका (क) माननीय परराष्ट्र मन्त्री श्री सहाना प्रधान, (ख) माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्णबहादुर महरा, (ग) माननीय शिक्षा तथा खेलकूद मन्त्री श्री प्रदीप नेपाल (घ) माननीय स्थानीय विकास मन्त्री श्री देवप्रसाद गुरुङ्गको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।
माननीय परराष्ट्र मन्त्री श्री सहाना प्रधान
१. अचल सम्पत्ति
ललितपुर उ.म.न.पा.वार्ड नं.२ मा २०४२ सालमा निर्माण गरिएको १७०० वर्गफिट क्षेत्रफलको अढाई तले घर छोरा उमेश लाल श्रेष्ठको नाममा रहेको सो घर आफ्नो पुरानो ठहिटीको घर बेचेर एवम् छोराको कमाईबाट बनाइएको ।
२. नगद, जवाहरात, सुनचाँदी आदि
आफू प्राध्यापक हुँदाको कमाईबाट किनिएको, सुनको गहना ५ तोला र छोरा बुहारीको कमाई दाइजो समेतको सुन ५० तोला रहेको ।
३. शेयर र बैक ब्यालेन्स
फ्ल्योर हिमालयन लिमिटेडको रू. १० लाख र Quest Pharmaceuticals को रू. १० लाख बराबरको शेयर छोराको नाममा रहेको उक्त शेयरहरू Simca Lab को शेयर बिक्री तथा छोराको कमाई र ऋण समेतबाट खरिद गरिएको ।
४. ऋण
श्री उत्तम कुमार श्रेष्ठबाट रू. ६ लाख रकम लगानी तथा अन्य प्रयोजनको लागि ऋण लिएको ।
माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्ण बहादुर महरा
१. अचल सम्पत्ति
रोल्पा जिल्ला लिवाङ गा.वि.स. वार्ड नं. ६ मा रहेको नेपाली शैलीको २ तले घर -१ र एकतले गोठ-१ भएपनि विगत ११ वर्षदेखि प्रयोजन विहिन अवस्थामा हुँदा जीर्ण हुन गएको हाल उक्त घर आफू संलग्न पार्टिलाई बुझाएको । रोल्पाकै अन्दाजी २० रोपनी सुख्खा पाखोबारी प्रयोजन विहिन भई बाँझो सार्वजनिक घाँसबारी भएको सो पनि हाल आफू संलग्न रहेको पार्टीई बुझाएको । रोल्पामै रहेको अन्दाजी १० रोपनी खेत काकाले प्रयोग गरिरहेको ।
बहाली पदबाट प्राप्त पारिश्रमिकको नगद बाहेक अन्य कुनै नगद वा जिन्सी नरहेको ।
शेयर बैंक ब्यालेन्स नभएको, ऋण लगानी नगरिएको तथा ऋण समेत नलिएको ।
माननीय शिक्षा तथा खेलकूद मन्त्री श्री प्रदीप नेपाल
१. अचल सम्पत्ति
पत्नी झुमा देवानको नाममा का.जि.का.म.न.पा. वार्ड नं. १५ चागलमा रहेको ११ आना जग्गामा बनेको ४ तलाको घर स्वआर्जनबाट निर्माण गरेको साथै नबिल बैंकको ऋणबाट का.जि.मातातिर्थ गा.वि.स.मा ४ आना जग्गामा १ तले घर निर्माणधिन रहेको ।
२. नगद, सुनचाँदी, जवाहरात आदि
मातृ पक्षबाट उपहार तथा स्वआर्जनबाट ४० तोला सुनको गरगहना रहेको ।
३. शेयर र बैंक ब्यालेन्सको विवरण
श्रीमती झुमा देवान (नेपाल) को नाममा ऋण तथा व्यावसायिक मुनाफा, व्यावसायिक कारोवार र स्वआर्जन समेतबाट रू ८० लाख बराबरको कञ्चनजंघा माध्यामिक विद्यालय र सो को प्रयोजनको लागि बनेको घर, रू. ५।५ लाख बराबरको अरुणभ्याली र गौतमबुद्ध नामक जलविद्युत कम्पनीमा शेयर, रू. २ लाख बराबरको अमरावती आवास कम्पनीमा शेयर रहेको । त्यसैगरी स्वाआर्जन एवम् संसदबाट प्राप्त पारिश्रमिक आयबाट प्रदिप नेपालको नाममा रू. १ लाख बराबरको शिद्धपोखरी चियावगान र रू. ३ लाख बराबरको रेडियो सप्तकोशी एफ.एम.मा शेयर रहेको ।
४. ऋण लिएको र धितो दिइएको
विद्यालय संचालनका लागि विद्यालय रहेको घरजग्गा कृषि विकास बैंकमा धितो राखी रू. २० लाख र अमरावती आवासको घरजग्गा १५ वर्षको लागि नविल बैंकमा धितो राखी रू. १५ लाख ऋण लिएको ।
माननीय स्थानीय विकास मन्त्री श्री देवप्रसाद गुरुङ
१. अचल सम्पत्ति
मनाङ जिल्लाको धारापानी गा.वि.स. वार्ड नं ८ मा आफ्नै नाममा पैतृक सम्पत्ति अंशबन्डा गरी प्राप्त भएको एउटा कच्चि घर र अन्दाजी ५० रोपनी पाखोबारी भएपनि २०५७ सालमा नै उक्त घर जग्गा पार्टीको स्वामित्वमा हस्तान्तरण गरी सकिएको छ ।
नगद, सुनचाँदी, शेयर, बैंक ब्यालेन्स, ऋण लगानी तथा ऋण लिएको समेत नभएको ।