-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः२०६४।१।२१

प्रेस विज्ञप्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका माननीय सामान्य प्रशासन राज्यमन्त्री श्री रामचन्द्र यादवको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।

माननीय सामान्य प्रशासन राज्यमन्त्री श्री रामचन्द्र यादव
अचल सम्पत्ति (घर जग्गा)
नहरा रिगौल, सिरहामा रामचन्द्र यादव र गौरीवती यादवको नाममा रहेको ४-८-१४ जग्गा । सोही ठाउँमा रहेको रामचन्द्र यादवको नाममा १-१३-७ १/२ जग्गा । त्यस्तै ठाडी विश्वास पट्टी, सिरहामा निजकै नाममा ०-१-१२ १/२ जग्गा, त्यस्तै महिसौथा, सिरहामा रामचन्द्र यादवकै नाममा रहेको ०-०-१६ १/२ जग्गा । स्व. सैनी यादवको नाममा नहरा रिगौल सिरहामा ०-२-१५ घडेरी र भुइतला भएको एक तले घर रहेको । यी जग्गाहरु पैतृक सम्पत्ति भएको र नहरा रिगौल सिरहामा नै स्वआर्जनको ०-१-२ जग्गा रामचन्द्र यादवको नाममा रहेको ।

नगद, जवाहरात, सुनचाँदी आदि
पैतृक श्रोतबाट प्राप्त १०.८ तोला सुन र ४.२८५ केजी चाँदी रहेको ।

शेयर र बैङ्क ब्यालेन्स
नेपाल बैङ्क लिमिटेड शाखा कार्यालय, लहानमा खाता नं. १५८०० मा रू. १०,००० स्वआर्जन नगद रहेको ।

ऋण लिएको र धितो दिएको
रामचन्द्र यादव र गौरीवती यादवको संयुक्त नाममा रहेको जग्गा कृषि विकास बैङ्क लहानमा धितो राखी खेतीपाती गर्न जम्मा रू.१,४९,४९५ रुपैयाँ ऋण लिएकोमा उक्त ऋणको भाखा नाघिसकेको।

(नारायण प्रसाद रेग्मी)
सहसचिव
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI