नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।२।३
प्रेस विज्ञप्ति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री गिरिराजमणी पोखरेलको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।
१. अचल सम्पत्ति (घर जग्गा)
विराटनगर उपमहानगरपालिका वडा नं. ५ मा गिरिराजमणी पोखरेलको नाममा ७ कठ्ठा ७ धूर खेत पैतृक सम्पत्ति साथै, खार्पा हुलाकीमा चन्द्रमणि पोखरेलको नाममा करिब ४० रोपनी पाखोबारी सगोलको वण्डा नभएको पैतृक सम्पत्ति रहेको ।
२. धितो दिएको
वि.न.उ.म.नं. वडा नं. ३ का इश्वरी कुमारी पोखरेललाई २०६४ असार मसान्तसम्ममा फिर्ता गर्ने गरी अन्दाजी ५ लाख मूल्य बराबरको जग्गा व्यवसाय गर्न मन्जुरी दिएको भए पनि सो फिर्ता गर्ने निश्चित नभएको ।
(भक्तराज जोशी)
सहसचिव
सूचना तथा सञ्चार मन्त्रालय