-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।२।३

प्रेसविज्ञप्ती

नेपालको ग्रामीण क्षेत्रमा रहेका नागरिकहरुलाई इन्टरनेट, इमेल र VSAT जस्ता दूरसञ्चार सेवा तथा सूचना प्रविधिमा पहुँच सर्वसूलभ गराउने सरकारको लक्ष्य रहेकोले सो लक्ष्यलाई सहयोग पुर्याउन दूरसञ्चार नियमावली, २०५४ मा इन्टरनेट (इमेल समेत) दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र दस्तुर वापत रु ३,००,००० (रु तीन लाख) र सो को नवीकरणको लागि रु २,७०,००० (रु दुइ लाख सत्तरी हजार) दस्तुर लाग्ने व्यवस्था भइरहेकोमा सो को सट्टा शैक्षिक र स्वास्थ्य संस्थाहरुको आन्तरीक प्रयोजनको लागि सम्बन्धित मन्त्रालयको सिफारीशमा सञ्चालन गरिने इन्टरनेट (इमेल सहित) र काठमाडौं उपत्यका र उपमहानगरपालिका, नगरपालिकासंग सीमाना जोडिएका गा.वि.स.हरु वाहेकका गा.वि.स.हरुमा संचालन गरिने इन्टरनेट (इमेल सहित) सेवाको लागि रु १०० (रु एक सय) अनुमतिपत्र दस्तुर र सो को नवीकरणको लागि नवीकरण दस्तुर रु ९० र VSAT प्रयोग कर्ताको लागि अनुमतिपत्र दस्तुर वापत रु २,५०,००० (रु दुइलाख पचास हजार) र सो को नवीकरणको लागि २,२५,००० (रु दुइ लाख पच्चीस हजार) दस्तुर लाग्ने व्यवस्था भइरहेकोमा सो को सट्टा शैक्षिक र स्वास्थ्य संस्थाहरुको आन्तरीक प्रयोजनको लागि सम्बन्धित मन्त्रालयको सिफारीशमा सञ्चालन गरिने इन्टरनेट (इमेल सहित) र काठमाडौं उपत्यका र उपमहानगरपालिका, नगरपालिकासंग सीमाना जोडिएका गा.वि.स.हरु वाहेकका गा.वि.स.हरुमा VSAT प्रयोग कर्तालाई VSAT प्रयोग कर्ताको अनुमतिपत्रको लागि रु १०० (रु एक सय) अनुमतिपत्र दस्तुर र सोको नवीकरणको लागि रु ९०।- (रु नव्वे) नवीकरण दस्तुर लाग्ने गरि उल्लेख्य रुपमा दस्तुर घटाइ नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा यस मन्त्रालयले नेपाल राजपत्र भाग ५ खण्ड ५७ संख्या ५ मिति २०६४।१।३१ मा सूचना प्रकाशन गरि सो नियमावलीको अनुसूचिमा हेरफेर गरेको व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइएको छ ।

यसवाट ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास र विस्तारमा सहयोग पुग्न गई ग्रामीण भेगका जनताहरुलाई दूरसञ्चार सेवा तथा सूचना प्रविधिमा सरल र सहज पहुँच सुनिश्चीत हुने विश्वास यस मन्त्रालयले लिएको छ ।

भक्तराज जोशी
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI