नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
मितिः २०६४।२।११
प्रेस विज्ञप्ती
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका माननीय भूमिसुधार तथा व्यवस्था मन्त्री श्री जगत बहादुर वोगटीको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।
अचल सम्पत्ति
अछाम कुन्ती मण्डाली-३, मिस्तुरुगाउँ स्थित अंशबण्डाबाट प्राप्त ३० रोपनी जति खेत पाखोवारी भएको जग्गा सहित ३ तले एक सानो खरले छाएको घर, बौनिया गा.वि.स. कैलालीमा १ विघा १८ कठ्ठा श्रीमती जानकी वोगटीको नाममा रहेको जग्गा, टिकापुर टाउनप्लानिङ्गमा आफ्नै नाउँमा रहेको १ कठ्ठा ५ धूर रहेको जग्गा, ललितपुर टिकाथली गा.वि.स. वडा नं. ४ मा श्रीमती र आफ्नो नाममा रहेको १ रोपनी ७ आना जग्गा र घर ।
नगद, जवाहरात, सुनचाँदी आदि
पुख्र्यौली सम्पत्तिबाट प्राप्त सुन १३ तोला, चाँदी १०० तोला जति ।
बैंक ब्यालेन्स
राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार र नयाँबानेश्वरमा गरी ९० हजार जति नगद ।
ऋण
प्रेम वोगटी र मदन वोगटीबाट घर खर्चको लागि क्रमशः रु. ३० हजार र ५० हजार ऋण लिएको ।
ऋण दिएको र अरुबाट धितो दिएको
टिकाथली ४ ललितपुरकी सरस्वती कुँवर अमेरिका जाँदा रु. ३ लाख सकेको बेला तिर्ने गरी ऋण दिई र धितो नलिएको ।
(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय