-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।२।२९

प्रेस विज्ञप्ती

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका माननीय शान्ति तथा पुननिर्माण मन्त्री श्री रामचन्द्र पौडेलको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।

अचल सम्पत्ति
तनहुँ रिस्तीमा पैतृक अंशबाट प्राप्त आफ्नै नाउँको एकतले घर, व्यास नगरपालिका २ तनहुँमा आफ्नै नाउँको पैतृक अंशबाट प्राप्त साढे दुइ तले घरघडेरी, का.म.न.पा. १६ मा श्रीमती सबिताको नाममा निर्माणाधिन साढे दुइ तले घर घडेरी (स्वआर्जन), रिस्ती, तनहुँमा घरबारी, पाखो र धानखेत गरी ३९.५ रोपनी जग्गा (पैतृक अंश) र रत्ननगर नगरपालिका-१२, चितवनमा ६ कठ्ठा पाखो जमिन (पैतृक) ।

नगद, जवाहरात, सुनचाँदी आदि
सुन १० तोला पैतृक र २० तोला स्वआर्जन र पेवा, चाँदी १५ तोला पैतृक र ७५ तोला स्वआर्जन र पेवा, छोरा चिन्तनको नाउँमा मारुती कार-१ ।

शेयर र बैंक ब्यालेन्सको विवरण
श्रीमती सबिताको नाउँमा श्रीमतीको पैतृक पेवाबाट ४ आना सेयर श्रृङ्खला अफसेट प्रेस, कृषि विकास बैंकमा रु. ६ लाख बैंक व्यालेन्स आफ्नै नाममा (स्वआर्जन) र लक्ष्मी बैंकमा रु. ७५ हजार बैंक ब्यालेन्स श्रीमती सबिताको नाममा (छोराको जागिरबाट आर्जित) ।

ऋण लिएको र धितो दिएको विवरण
कृषि विकास बैंकबाट घर निर्माणका लागि बालाजु बोहराटारको घर जग्गा धितो राखी लिएको ऋण र हाल आफ्ना इष्टमित्र, साथीभाइबाट सर-सापट लिई तिरिएको र लालपूर्जा बैंकबाट फिर्ता लिन बाँकी रहेको जम्मा रु. १५,००,०००।- (पन्ध्र लाख), बैंकमा ऋण तिर्नका लागि विभिन्न व्यक्तिबाट लिएको रु. १,००,००,०००।- (एक करोड), अन्य प्रसंगमा लिएको रु. ५,००,०००।- (पाँच लाख) ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI