-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।३।२१

प्रेस विज्ञप्ती

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका माननीय भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमीको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।

अचल सम्पत्ति
आफ्नो नाममा कुनै अचल सम्पत्ति नभएको तर छोरी (मानुषि यमी भट्टराई) को नाममा बेलवास गा.वि.स. खोपलाङ ४ गोरखामा ७-१२-१-० जग्गा खाली रहेको र सोही गा.वि.स. अन्तर्गत १५-७-५-५ पाखा, २-०-०-० जग्गा ससुरा भोजप्रसाद भट्टराईको नाममा रहेको ।

नगद, जवाहरात, सुनचाँदी आदि
३ ग्राम जति दिदीबाट प्राप्त कानमा रहेको १ जोडी टप ।
मन्त्री भए बापत दिएको पैसाको करिब रु. १०,०००।- तरलता रहिरहन्छ ।

बैंक ब्यालेन्स
नेपाल बैंक लिमिटेडमा रु. १२,००० र राष्ट्रिय वाणिज्य बैंकमा छोरी मनुषि यमीको नाममा काठमाडौंमा घर बेचेबापत रु. १०,००,००० रहेको छ ।

ऋण
छैन ।

ऋण दिएको र अरुबाट धितो दिएको ।
छैन ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI