-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।४।११

प्रेस विज्ञप्ती

नेपाल सरकार (माननीय मन्त्रिस्तर) को मिति २०६४।३।२७ को निर्णयानुसार गठित पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समिति एवम् उजूरी समिति सम्बन्धमा देहाय बमोजिम थप तथा हेरफेर गर्ने गरी तथा राष्ट्रिय समाचार समितिको सदस्य पदमा नियुक्ति सम्बन्धमा नेपाल सरकार माननीय मन्त्रीस्तरबाट मिति २०६४।४।१० मा तपसिल बमोजिम निर्णय भएकोले आवश्यक जानकारीको लागि प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समिति एवम् उजूरी समिति सम्बन्धमा ।
श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ को दफा ११ बमोजिम गठित पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समितिमा सूचना तथा सञ्चार मन्त्रालयको प्रतिनिधिको रुपमा सहसचिव श्री नारायण प्रसाद रेग्मीलाई तोक्ने र श्रम तथा यातायात व्यवस्था मन्त्रालयबाट समेत सहसचिव स्तरको प्रतिनिधि रहने गरी निर्णयमा हेरफेर गर्ने साथै सो समितिमा श्री निर्मला शर्मा-काठमाडौं, श्रीमती विष्णुकुमारी शर्मा-काठमाडौं, श्री धर्मेन्द्र कर्ण-काठमाडौं र श्री विष्णु रिजाल-काठमाडौंलाई बढीमा २ वर्षको पदावधि रहने गरी सदस्यमा नियुक्ति गर्ने, सो समितिको सचिवालय हाललाई सञ्चारग्राममा रहने र आवश्यक भौतिक सुविधा सूचना विभागले उपलब्ध गराउने । पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समितिको सिफारिशलाई नेपाल सरकारको पूर्व स्वीकृति लिई कार्यान्वयन गर्ने जिम्मेवारी पनि सोही समितिलाई दिने । साथै श्रमजीवी पत्रकार सम्बन्धी नियमावली २०५३ बमोजिम मिति २०६४।३।२७ को निर्णयानुसार गठित उजूरी समितिको सचिवालय सूचना विभागमा रहने र आवश्यक भौतिक सुविधा सूचना विभागले उपलब्ध गराउने ।

पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समिति एवम् उजूरी समितिको लागि सम्बन्धित समितिको सिफारिशमा बजेट र भौतिक सुविधाको लागि आवश्यक पर्ने रकम अर्थ मन्त्रालयसँग माग गरी पठाउने ।

२. राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यमा नियुक्ति गरिएको बारे ।
राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य पदमा श्री रत्नप्रसाद मैनाली मच्छे-३, काभ्रेपलाञ्चोकलाई बढीमा २ वर्षको लागि नियुक्ति गर्ने ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI