-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।४।२१

प्रेस विज्ञप्ती

२०६४।४।२० गते सूचना तथा सञ्चार मन्त्रालयका का.मु. सचिव श्री शंकर प्रसाद कोइरालाको अध्यक्षतामा बसेको मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुको बैठकबाट हालैका दिनहरुमा तराई तथा देशका विभिन्न भागहरुमा बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिहरुलाई सूचना तथा सञ्चार मन्त्रालयको तर्फबाट मन्त्रालयका सहसचिवहरुले २ (दुइ) दिन र अन्य कर्मचारीहरुले १ (एक) दिनको तलब प्रधानमन्त्री राहत कोष मार्फत् सहयोग स्वरुप प्रदान गर्ने निर्णय गरियो ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI