-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः २०६४।४।२४

प्रेस विज्ञप्ति

सार्वभौम नागरिकको सूचना माग्ने र पाउने नैसर्गिक हकको प्रत्याभूत गर्न सूचनाको हक सम्बन्धी कानूनी व्यवस्था आवश्यक भएको तथ्यलाई मध्येनजर गरी नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने र नागरिक हितमा तथा राज्यको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचना संरक्षण गर्ने समेत उद्देश्यले 'सूचनाको हक सम्बन्धी ऐन, २०६४' व्यवस्थापिका-संसद्ले पारित गरी प्रमाणिकरण भैसकेको र २०६४ भाद्र २ गतेदेखि लागू हुन गैरहेको छ । सो ऐनको उद्देश्य कार्यान्वयन गर्न नियम बनाउन आवश्यक भएकोले नेपाल सरकार मन्त्रीस्तर निर्णयानुसार वरिष्ठ कानून विद् श्री काशीराज दाहालको संयोजकत्वमा देहाय बमोजिम 'सूचनाको हक सम्बन्धी नियम मस्यौदा कार्यदल, २०६४' गठन गरिएको छ । सो कार्यदललाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को प्रावधान एवम् भावना कार्यान्वयनको सिलसिलामा आवश्यक पर्ने सूचनाको हक सम्बन्धी नियमावलीको मस्यौदा तयार गरी सात दिन भित्र पेश गर्ने एवम् वैयक्तिक गोपनीयताको हक सम्बन्धी विधेयक मस्यौदा तयार गरी १५ दिन भित्र पेश गर्ने गरी कार्यक्षेत्र निर्धारण गरिएको छ । कार्यदलको सचिवालय सूचना तथा सञ्चार मन्त्रालयमा रहने छ ।

कार्यदलको गठन यस प्रकार रहेको छ ।

१.

श्री काशीराज दाहाल, वरिष्ठ कानून विद्

संयोजक

२.

श्री तारानाथ दाहाल, वरिष्ठ पत्रकार

सदस्य

३.

श्री शिव गाउँले, उपसभापति, नेपाल पत्रकार महासंघ

सदस्य

४.

श्री कोमल बराल, सल्लाहकार, क्रान्तिकारी पत्रकार संघ

सदस्य

५.

श्री बालकृष्ण चापागाई, अध्यक्ष, प्रेस चौतारी नेपाल

सदस्य

६.

श्री मुरारी कुमार शर्मा, अध्यक्ष, नेपाल प्रेस युनियन

सदस्य

७.

श्री बविता बस्नेत, अध्यक्ष, सञ्चारिका समूह

सदस्य

८.

श्री राजेन्द्र नेपाल, कानून अधिकृत (उपसचिव), सूचना तथा सञ्चार मन्त्रालय

सदस्य सचिव

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI