नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।५।३
प्रेस विज्ञप्ति
सूचनाको हक सम्बन्धी ऐन, २०६४ गत श्रावण ५ गते प्रमाणित भै यहि भाद्र २ गते २०६४ देखि लागू भैसकेको छ । उक्त ऐनको दफा ६ को उपदफा १ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्ने र सोही दफाको उपदफा ३ बमोजिम सार्वजनिक निकायले सूचना प्रवाह गर्ने प्रयोजनको निम्ति आवश्यकता अनुसार सूचना शाखाको व्यवस्था गर्न सक्ने समेतको प्रावधान छ । उल्लेखित प्रावधान बमोजिम नेपाल सरकार मन्त्रीस्तरबाट मिति २०६४।४।३१ को निर्णयानुसार सूचना तथा सञ्चार मन्त्रालयको सूचना अधिकारीमा यस मन्त्रालय प्रेस तथा सूचना समन्वय शाखाका उपसचिव श्री परशुराम अर्याललाई तोकिएको र प्रेस तथा सूचना समन्वय शाखालाई सूचना शाखाको रुपमा तोक्ने निर्णय भएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय