-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको

मितिः २०६४।५।१०

प्रेस विज्ञप्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री शशी श्रेष्ठको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।

अचल सम्पत्ति
का.म.न.पा. वडा नं. ३५ कोटेश्वर, काठमाडौंमा आफ्नै नाममा रहेको दुई आना दुई पैसामा बनेको घर र कम्पाउण्ड सहितको जग्गा (०,०६०.४० वर्ग मिटर) आफ्नै जागीरको वचत, विदेश भ्रमण गर्दा प्राप्त हुन आएको वचत, श्रोत व्यक्तिका रुपमा कार्यक्रम सञ्चालनबाट वचत भएको आयश्रोतबाट प्राप्त भएको तथा आफू समेत दाजु कृष्णराज श्रेष्ठको नाममा रहेको सगोलको ०-३-०-० (तीन कट्ठा) जग्गा कमलामाई न.पा. सिन्धुलीमा रहेको ।

नगद, जवाहरात, सुनचाँदी आदि
सुन चाँदी अन्दाजी १० तोला बिहे तथा छोराको पास्नीमा प्राप्त, चाँदीको एकजोर कल्ली विदेश जाँदा प्राप्त रकमबाट खरिद गरेको ।

बैक ब्यालेन्स
हिमालयन बैंकमा आफ्नै नाममा रू. १,०८,६२४।- रहेको । छोरा विप्लवको नाममा कृषि विकास बैंक, कोटेश्वरमा रू. १,१७,०७९।- ब्यालेन्स रहेको, छोरा विभुषणको नाममा कृषि विकास बैंक कोटेश्वरमा रू १,९४,९५०।- रहेको । सो ब्यालेन्स रकमहरु जग्गा विक्री, जागीर, पुरानो वचत, विदेश भ्रमण, कार्यक्रम सञ्चालन र घर भाडा वापत प्राप्त भएको । छोराहरुको नाममा रहेको खातामा शिक्षा आर्जन गर्ने फण्डका रुपमा हरेक सानातिना आम्दानी जम्मा गर्ने गरेको । विकल्प सहकारी संस्थामा रू. ५०००।- बराबरको आफ्नै नाममा शेयर रहेको । साथै, विदेश भ्रमणबाट वचत रहेको १५०० डलर र १०० पाउण्ड रहेको ।

ऋण
छैन ।

ऋण दिएको र अरुबाट धितो दिएको ।
लिला बहादुर क्षेत्री, गुन्सी रामेछाप लाई आफ्नो घर निजको ब्यापारको लागि कोल्याटरल राख्न दिएको तर फर्छ्यौट नगरेपछि आफैँ गरेको । कोल्याटरल वापत रकम वापतको लिनुपर्ने रू. ८,६०,०००।- बाँकी । त्यसैगरी, रामकुमार श्रेष्ठलाई घरायसी काम काजको निमित्त रू. ४०,०००।- र चन्द्र लाल श्रेष्ठलाई रू. ४,००,०००।- व्यवसायमा लगानी गर्न ऋण दिएको ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI