नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।८।२७
प्रेस विज्ञप्ति
सूचनाको हक सम्बन्धी ऐन, २०६३ को दफा ५ को उपदफा (३) को प्रयोजनको लागि यस मन्त्रालयबाट सार्वजनिक गर्नु पर्ने सूचनाहरु मन्त्रालयको वेभसाइट www.moic.gov.np र मन्त्रालयको नागरिक वडापत्रमा राखिएको साथै सूचना पाटीमा टाँस गरी सार्वजनिक समेत गरिएको व्यहोरा जानकारी गराइन्छ ।
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता