नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।९।१७
प्रेस विज्ञप्ति
नेपाल सरकारले सरकारी सञ्चार माध्यमले सूचना र समाचारको प्रसारण गर्दा पालना गर्नुपर्ने आचार संहिताका विषयमा सुझाव पेश गर्न मा. मन्त्रीस्तरीय २०६४।९।१७ को निर्णयबाट कार्यदल गठन गरी एक महिनाभित्र सुझाव प्रतिवेदन पेश गर्न कार्यादेश समेत भएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
कार्यदलको गठनः
१. श्री राजेन्द्र दाहाल, अध्यक्ष, प्रेस काउन्सील नेपाल - संयोजक
२. श्री नारायण प्रसाद रेग्मी, सहसचिव, सूचना तथा सञ्चार मन्त्रालय - सदस्य
३. डा. श्री ऋषिराज बराल, अध्यक्ष तथा महाप्रवन्धक, नेपाल टेलिभिजन - सदस्य
४. श्री रामशरण कार्की, कार्यकारी निर्देशक, रेडियो नेपाल - सदस्य
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता