नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।१०।१४
प्रेस विज्ञप्ति
निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ बमोजिम निर्वाचन आयोगले मिति २०६४।५।२ मा जारी गरेको संविधानसभा सदस्य निर्वाचन आचार संहिता २०६४ देहाय बमोजिम लागू हुन निर्वाचन आयोगबाट अनुरोध भई आएकोले सोको जानकारी एवं कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प.सं. सा.प्र. ०६४।०६५ च.नं. ७३२ मिति २०६४।१०।८ को पत्रबाट लेखिआएको हुँदा सोही बमोजिम सम्बन्धित सबै पक्षहरुको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
क) नेपाल सरकार, सरकारी तथा अर्धसरकारी संस्था र स्थानीय निकायका हकमा २०६४ साल माघ २ गतेदेखि,
ख) राजनैतिक दलका हकमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूची पेश गरेको मितिदेखि,
ग) उम्मेदवारको हकमा निर्वाचनको मनोनयन पत्र दर्ता भएको मितिदेखि,
घ) निजी सञ्चार माध्यमका हकमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको मितिदेखि ।
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता