नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।११।०३
प्रेस विज्ञप्ति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भए अनुसारका माननीय स्थानीय विकास राज्यमन्त्री नवीनकुमार विश्वकर्माको सम्पत्ति विवरण देहाय बमोजिम सार्वजनिक गरिएको छ ।
अचल सम्पत्ति
जि.कालिकोट, गा.वि.स. कोटवाडा, वडा नं.७ गणेशपुर स्थित ढुङ्गा माटोले बनेको घर-१ र दुई मुरी अन्न हुने पाखो जग्गा पैतृक सम्पत्ति बुवा व्याँसी विश्वकर्माको नाममा रहेको ।
नगद, जवाहरात, सुनचाँदी आदि
चार आनामा बनेको सुनको गहना ।
शेयर र बैंक ब्यालेन्स
उल्लेख नगरिएको ।
ऋण लिएको र धितो दिएको भए सोको विवरण
उल्लेख नगरिएको ।
ऋण दिएको र अरुबाट धितो दिएको
उल्लेख नगरिएको ।
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता