नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सिंहदरबार
मितिः २०६५।०२।१०
प्रेस विज्ञप्ति
मर्यादित, स्वच्छ, निष्पक्ष एवं जनमुखी पत्रकारिताको विकासका लागि यसै वर्षदेखि स्थापना भएको रु. दुई लाख पुरस्कार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारिता क्षेत्रमा र नेपालको लोकतान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रही गरेको योगदानको उचित मूल्याङ्कन गर्दै स्व. कृष्ण सेन 'इच्छुक' लाई 'राष्ट्रिय पत्रकारिता पुरस्कार २०६४' द्वारा मरणोपरान्त पुरस्कृत गर्ने नेपाल सरकार (मा.मन्त्रिस्तरीय) मिति २०६५।२।१० को निर्णय भएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता