नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सिंहदरबार
मितिः २०६५।७।१०
प्रेस विज्ञप्ति
रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको मिति २०६५।७।७ मा बसेको १२ औँ बैठकले ब्रोडबैण्ड वायरलेस एक्सेस प्रणाली (जस्तै Wi Max) को लागि हाललाई 2.3 - 2.4 GHz र 3.3 - 3.4 GHz फ्रिक्वेन्सी वैण्ड निर्धारण गर्ने निर्णय गरेको छ ।
साथै, यस मन्त्रालय अन्तर्गत रेडियो प्रसार सेवा विकास समिति, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र राष्ट्रिय समाचार समितिको आचार संहिता तर्जुमा भैसकेकोले सो ब्यहोराका सम्बन्धमा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता