नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सिंहदरबार
मितिः २०६५।७।२४
प्रेस विज्ञप्ति
नेपाल सरकारद्वारा गठित समानुपातिक विज्ञापन नीति सुझाव कार्यदल २०६५ ले हालै नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा पेश गरेको समानुपातिक विज्ञापन नीति सम्बन्धी प्रतिवेदन २०६५ लाई सर्वसाधारणको जानकारी गराउने र सो प्रतिवेदनमा सुझाव लिने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयको वेभ साइट www.moic.gov.np मार्फत सार्वजनिक गरिएको छ । यस प्रतिवेदनमा कुनै सुझाव भए २०६५ मंसिर १० गतेभित्र यस मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखामा उपलब्ध गराइदिनु हुन अनुरोध गरिएको छ ।
(परशुराम अर्याल)
उपसचिव