-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सिंहदरबार

मितिः २०६५।१०।९

प्रेस विज्ञप्ति

नेपालका विभिन्न हलहरूमा हाल प्रदर्शन भै रहेको हिन्दी कथानक चलचित्र "चाँदनी चोक टु चाइना" मा गौतम बुद्ध भारतमा जन्मेका थिए भन्ने व्यहोराको संवाद र दृश्य भएको कारणले केन्द्रीय चलचित्र जाँच समितिले उक्त चलचित्रबाट उक्त दृश्य र संवाद हटाई मात्र सो चलचित्र सार्वजनिक प्रदर्शनका लागि अनुमति दिएको थियो । वैधानिक वितरकमार्फत वितरण हुने चलचित्रहरूमा मात्र जाँच समितिले सेन्सर गर्ने तर अबैध भिडियो वा अन्य माध्यमबाट ल्याइएका चलचित्रमा जाँच समितिले सेन्सर गर्न नसक्ने व्यहोरा जानकारी गराउँदछौ ।

हाल आएर उक्त चलचित्रको प्रदर्शनमा भएको बढ्दो जनविरोधलाई ध्यानमा राखी नेपालको ७५ वटै जिल्लाहरूमा उक्त चलचित्र प्रदर्शन रोक्ने सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशनका लागि गृह मन्त्रालयमा अनुरोध भै सकेको  छ । साथै अन्तर्राष्ट्रिय रूपमा नै उक्त चलचित्रको प्रदर्शन रोक्नका लागि कुटनैतिक पहल गरिदिनका लागि परराष्ट्र मन्त्रालयमा अनुरोध भै सकेको सन्दर्भमा यस विषयमा सर्वसाधारणलाई भ्रममा नपरी वास्तविकताको आधारमा संयमित भई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।

 

(नारायणप्रसाद रेग्मी)
प्रवक्ता

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI