नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयको
सूचना
(नोटः दरखास्त यस मन्त्रालयको नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले रेडियो संचार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो संचालक लाइसेन्सको लागि मिति २०७४, माघ २० मा लिखित परीक्षा तथा २०७४, फागुन १२मा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हुँदा निम्नानुसार योग्यता पुगेका इच्छुक व्यक्तिहरुले २०७४, पुस २८ गते भित्र उक्त नियमावली को अनुसूची-१(घ) बमोजिम दरखास्त भरी परीक्षा दस्तुर रु. ४००।– बुझाएको नगदी रसिद, २ प्रति auto साइजको फोटो र एक प्रति नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी यस मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन शाखामा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
क. १६ वर्ष उमेर पुगेको नेपाली नागरिक ।
ख. नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो बोल्ने र लेख्न सक्ने ।
ग. इलेक्ट्रोनिक्स एण्ड टेलिक्म्यूनिकेशन बिषयमा सामान्य ज्ञान भएको ।
Website: http://moic.gov.np बाट डाउनलोड गर्न सकिनेछ)