• प्रेश र आमसञ्चार सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • प्रेश र आमसञ्चार माध्यमहरूलाई सहयोग, समन्वय सहजीकरण सम्बन्धी कार्य गर्ने,
  • श्रव्यदृष्य प्रशारण, विज्ञापन, चलचित्र सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा नियमन सम्बन्धी कार्य गर्ने,
  • सञ्चार उद्योग, चलचित्र उद्योगलाई प्रोत्साहन, छुट सुविधा सिफारिश सम्बन्धी कार्य गर्ने,
  • चलचित्र जाँच र नियमन सम्बन्धी कार्य गर्ने।

(क) श्रव्यदृष्य शाखा

  • श्रव्यदृष्य, चलचित्र सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा नियमन सम्बन्धी कार्य गर्ने
  • विदेशी डकुमेन्ट्री/चलचित्र छायाँकन सम्बन्धी नीतिगत तथा कानूनी विषयमा सम्बन्धित निकायहरुसँग समन्वय सहजीकरण सम्बन्धी कार्य गर्ने।
  • चलचित्र सम्बन्धी नीतिगत तथा कानूनी विषयको कार्यान्वयनमा भएका कठिनाइहरूको अध्ययन गरी सुधारात्मक उपायहरुबारे राय दिने।
  • चलचित्र जाँचपास र प्रदर्शन इजाजतपत्र तथा नियमन सम्बन्धी कार्य गर्ने।
  • केन्द्रिय चलचित्र जाँच समितिको सचिवालयको कार्य गर्ने।
  • चलचित्र प्रदर्शन सम्बन्धी संघ, संस्था, उद्योग, फर्म दर्ता गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने।
  • अन्तराष्ट्रिय चलचित्र महोत्सव सञ्चालनको लागि कर छुट तथा जाँचपास अधिकार प्रत्यायोजन गर्ने।
  • चलचित्र विकास बोर्डसँग समन्वय गरी चलचित्र क्षेत्रको विकासको लागि सहयोग, समन्वय सहजीकरण सम्बन्धी कार्य गर्ने।
  • नेपालमा विदेशी डकुमेन्ट्री/चलचित्र छायाँकन कार्यको प्रवर्द्धन र विकासका लागि सहयोग, समन्वय सहजीकरण सम्बन्धी कार्य गर्ने।
  • विदेशी डकुमेन्ट्री/चलचित्र छायाँकन अनुमति दिने।
  • विदेशी डकुमेन्ट्री/चलचित्र छायाँकनको लागि आउने छायांकन सामाग्रीको भन्सार सिफारिस सम्बन्धी कार्य गर्ने।
  • चलचित्र उद्योगलाई प्रोत्साहन, छुट सुविधा सिफारिश सम्बन्धी कार्य गर्ने।

(ख) प्रेस तथा सूचना समन्वय शाखा

  • नेपाल सरकारको प्रेस र आमसञ्चारसम्बन्धी नीति र कार्यक्रमको तर्जुमासम्बन्धी कार्य गर्ने।
  • प्रेस नीतिको कार्यान्वयनमा भएका कठिनाइहरूको अध्ययन गरी सुधारात्मक उपायहरूबारे राय दिने।
  • सूचना विभागसँग समन्वय राखी प्रेस सूचनासम्बन्धी कार्य गर्ने।
  • अनलाइन सञ्चार माध्यमको नियमन सम्बन्धी कार्य गर्ने।
  • नेपाल सरकार र प्रेसबीच सुमधुरसम्बन्ध विकसित गर्न आवश्यक तथा सामयिक उपायहरू पत्ता लगाउने।
  • नेपाल सरकारको नीति र कार्यक्रम तथा विभिन्न निकायहरूको क्रियाकलापबारे राष्ट्रिय अखण्डता¸ साम्प्रदायिक सद्भाव¸ शान्ति सुरक्षा खलल हुने गरी प्रकाशित भएका भ्रमात्मक समाचारहरूको खण्डन गराउने परिपाटीलाई विकसित गर्दै लैजाने।
  • राज्यभर प्रेस सेवाको वर्तमान स्थितिको मूल्याङ्कन गरी आवश्यकताअनुसार सम्बन्धीत ऐन नियमहरूमा सुधार गर्न आवश्यक व्यवस्था मिलाउने।
  • विभिन्न सूचना सामग्रीहरूको योजना, उत्पादन, प्रकाशन र वितरणसम्बन्धी नीतिका लागि रायसल्लाह दिने।
  • सञ्चारको हक र सूचनाको हक सम्बन्धी कार्यमा समन्वय गर्ने।

(ग) कानून तथा फैसला कार्यान्वयन शाखा

  • मन्त्रालय र सम्बद्ध निकायको ऐन/नियम/नीति/कार्यविधि/गठन आदेश तर्जुमा तथा समय सापेक्ष संसोधन/परिमार्जन गर्ने।
  • मन्त्रालयसँग सम्बन्धित विषयमा निर्मित ऐन/नियम/नीति/कार्यविधि/गठन आदेशहरूमा कानूनी राय परामर्श दिने।
  • विभिन्न तहका अदालतमा मन्त्रालय विरूद्ध परेका मुद्दामा लिखित जवाफ सम्बन्धी कार्य गर्ने।
  • अदालतबाट भएका मन्त्रालयका सम्बद्ध फैसला कार्यान्वयन गर्ने।